You cannot copy content of this page

डेढ वर्षभित्र गाउ“भरी बत्ती बाल्ने तयारी भैरबी गाउ“पालिकाले ग¥यो दश करोडको सम्झौता

धमाका संवाददाता
माघ ६, दैलेख

 


७ वटा वडा रहेको भैरवी गाउँपालिकामा अहिले १५ प्रतिशत घरमा मात्रै विद्युत सेवा उपलब्ध छ । आगामी ढेड वर्षभित्र पुरै गाउँपालिकाभरी विद्युतीकरण गर्ने अभियान थाल्दै दैलेखको भैरवी गाउँपालिकाले सामुदायिक ग्रामीण बिधुतिकरण साझेदारी कार्यक्रम अन्तरगत नेपाल विद्युत प्राधिकरण काठमाडौं सँग १० करोड ३१ लाखमा काम गर्ने स्वीकृत पाएको छ । यो नेपालकै पहिलो गाउँपालिकाको रुपमा रहेको छ ।

९० प्रतिशत रकम नेपाल सरकार र १० प्रतिशत रकम गाउँपालिकाले बोहेर्ने प्रावधान अनुसार सम्झौता गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिएका छन् । अहिले बितरक संस्था गाउँपालिका रहेको छ । सुरुमा स्रोतको खोजी ग¥यो, कार्यपालिका बैठकले निर्णय ग¥यो, संचालक समिति गठन भयो, त्यसपछि प्राधिकरणले लागत स्टिमेट निकाल्यो अव ठेक्का प्रक्रिया मार्फत काम सुरु हुन्छ अध्यक्ष बुढाले बताए ।


आर्थिक वर्ष २०७५ र ०७६ का लागि सम्झौता भएको छ, अव गाउँपालिकाले विद्युत शाखा गठन गरेर कार्य अगाडी बढाउँछ, गाउँपालिकाले अनुगमन सँगै प्रभावकारी काम भए नभएको बारेमा कामको जिम्मेवारी पाएका निर्माण कम्पनीहरुलाई ताकेता गर्दै जसरी भएपनि १४ महिनामा बत्ती बाल्ने योजनामा गाउँपालिका रहेको भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन देवकोटाले जानकारी दिएका छन् ।


नेपाल विद्युत प्राधिकरण सामुदायिक ग्रामीण विद्युतिकरण नियमावली २०७१ मा कुनैपनी स्थानीय तहले विद्युतिकरणका लागि १० प्रतिशत रकम बिनियोजन सहित आबश्यक अन्य प्रक्रिया पूरा गरि माग राखेमा बाकी ९० प्रतिशत रकम नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराउने उल्लेख भएअनुसार कामको सुरुवात गरिएको र यसले भैरवी जनताको जीवनस्तर सुधारमा प्रत्यक्ष टेवा पुग्ने प्रेस सल्लाहकार गोविन्ददेव भारतीले बताए ।


नेपालका ७ सय ५३ स्थानीय तह मध्ये भैरबी गाउँपालिका यो कार्य गर्ने पहिलो गाउँपालिका भएकोले चुनौती पनि सँगसँगै रहेको सामुदायिक विद्युत उपभोक्ता महासँघका अध्यक्ष नारायण ज्ञवालिले जानकारी दिए । मापदण्ड पूरा गरि आएमा दैलेखका अन्य स्थानीय तहहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्ने ज्ञावालीको भनाई छ ।


भैरबी गाउँपालिकाबाट सुरु भएको यो कार्यक्रमले उज्यालो दैलेख अभियानको समेत सुरु भएको आफुले महशुस गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार