संचार माध्याम र संचारकर्मीहरु अँझै निष्पक्ष नभएको विश्लेषण




बिश्लेषण
कात्तिक २८, दैलेख

दैलेखका संचार माध्याम र संचारकर्मीहरु अँझै निष्पक्ष हुन नसकेको बिश्लेषण गरिएको छ । पत्रकारले समाचार खोज्ने र लेख्न बिषयलाई महत्व दिनुपर्नेमा दैलेखमा विज्ञापनलाई धेरै महत्व दिदै विज्ञापन माग्नेहरुको होडवाजी चल्नु, सानो विज्ञापनको लाखौं रकम हालेर धम्काएर पैसा माग्नु, राजनीतिक रुपमा पुर्वाग्राही भएर समाचार लेख्ने कार्य गर्नु जस्ता बिषयहरुमा पत्रकारहरुले ख्याल गर्नुपर्ने बिश्लेषण गरिएको छ ।
नेपाल पत्रकार महासंघ दैलेखको आयोजनामा नागरिकको नजरमा संचार माध्याम र संचारकर्मी बिषयक सार्वजनिक सुनुवाईमा बोल्दै सांसद, स्थानीय सरकारका प्रमुख र अन्य निकायहरुले यस्तो सुझाव दिएका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले देशको परिवर्तनका बेला तत्कालिन समयमा संचार माध्याम र संचारकर्मीहरुले खेलेको भूमिका महत्वपूर्ण भएको भएपनि अहिलेसम्म त्यही भूमिकालाई भजाएर खाने काम भएको प्रति व्यँग्य गर्दै, व्यवसायिक, निश्पक्षता, अध्ययनसिलता पत्रकारितामा जरुरी रहेको बताएका छन् ।
स्थानीय सरकारका प्रमुखहरुले गल्ति सानो भेट्टाएपछि तीललाई पहाड बनाउने, समाचार खोज्नुको साटो विज्ञापन माग्न जाने र नदिए पूर्वाग्राही भएर समाचार लेख्ने चलन दैलेखमा धेरै बढेकोले पत्रकारहरुले समाजप्रति आफ्नो जिम्मेवारी भुल्न नहुने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार