लोक संगितमा जम्दै शैलेन्द्र र आशा


दैलेख जिल्ला भगवतीमाइ गाउँपालिका १ का गायक शैलेन्द्र भण्डारी सलु र दैलेख जिल्ला नौमुले गाउँपालिका बडा न ८ चौराठा र हाल भगवति माई गाउँपालिका वडा न २ मा जन्मनु भयकी गायिका आसा कुमारी शाही चन्दको वियोगान्त गित ‘निस्ठुरी’ सार्वजनिक भएको छ । टि टाईम म्युजिक प्रालि द्धारा आएको गितको शब्द गायक शैलेन्द्र भण्डारी र गायिका आशा कुमारी चन्द शाहीर लय भने सानू बिपिन सप्लाङ्गी मगरको रहेको छ । गितको मोडलिङमा अहिलेका चर्चित मोडेल पुजाना प्रधान, आकाश ठकुरी र राम बहादुर शाही गरेका छन । टि टाइम म्युजिक प्राली बाट तयार गरिएको गितको भिडियो टि टाइमले नै बजार ब्यवस्थापन गरेको छ । गितमा गायक तथा सर्जक इन्द्र जिसि को एरेन्ज र सल्लाहकार सहयोगिमा तारा बहादुर शाही र प्रीती भण्डारी रहेको बताइएको छ ।


भगवतिमाई गाउँपालिकमा जन्मीएर कर्मथलो मलेसिया बनाएका गायक शैलेन्द्र भण्डारीले थुप्र गितहरु बजारमा ल्याएका छन । पहिलो चोटी गायिका आशा कुमारी चन्द शाही सगं गाएका भण्डारीले दर्शक तथा स्रोताले मन पराएमा अन्य थुप्रै गितहरु ल्याउने बताएका छन । गायिका आशा कुमारी चन्द शाहीले गित अत्यन्तै मार्मिक भएको भन्दै बास्तविक रुपमा धेरै जनाको जीवनमा मेल खाने र धेरै भन्दा धेरै स्रोताको मन जित्ने बताईन । उनले आगामी सांगितिक यात्रालाई साथ दिन आम स्रोत तथा दर्शकलाई आग्रह गरेकी छिन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार