पंगेनीले केहीलाई रुवाए,केहीलाई हँसाए

लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवं चर्चित गाएक बद्री पंगेनीले यसपटक पनि चर्चा कमाएका छन् । हरेक वर्ष हुने मेला र महोत्सवमा सबैभन्दा धेरै दर्शकहरु बद्री पंगेनी आएका बेलामा हुने गरेको छ ।

बिगत तीन वर्षदेखि संचालन भएका महोत्सवको टिकट कारोवार पनि पंगेनी आएकै दिनमा धेरै हुने गरेको छ । यसपाली छुट्टीमा आउन पाईन भन्दै छोरो विदेश गएको सन्र्दभ जोडेर गीत गाउँदा धेरै महिलाहरुका आँखा रसाएका थिए । पंगेनीले पुनः दोहोरी गीत मार्फत दर्शकहरुको माझमै पुगेर गाएपछि धेरै दर्शकहरु रमाएका थिए


बद्री पंगेनीले दिए शिरिस्थानको व्यवस्थापन गर्न आयोजकलाई ५ सय
गायक पंगेनीले दैलेखको शिरिस्थान सँगै सिंगो जिल्लाको चर्चा गरेर यहाँका सम्पदाहरुको संरक्षण संर्वद्धन गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् । शिरिस्थानमा रहेका दाहसंस्कार स्थलको प्रभावकारी निर्माण गर्ने अभियानको थालनी गर्न भन्दै बद्री पंगेनीले ५ सय रकम दिएर आयोजकलाई अभियान थाल्न अनुरोध गरेका छन् । यो अभियानमा स्थानीय सरकारले साथ दिनुपर्ने पंगेनीले बताए ।


वडा नं. १ का वडा अध्यक्ष तीर्थ नारायण श्रेष्ठले दैलेख शिरिस्थान सडक छिट्टै कालोपत्रे गर्ने भन्दै प्रतिबद्धता देखाएका छन् ।
महोत्सवमा सपना शाही सहित अन्य चर्चित कलाकार तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिदै दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार