दैलेखको आकाशमा प्याराग्लाईडिङ्ग : महिलाहरु पनि आकाशमा उडे

  • फोटो फिचर....मान्छे पनि चिल जस्ता भए........

  • विगत पाँचदिनदेखि दैलेखको आकाशमा प्याराग्लाईडिङ्ग उडाएको देखेका ६५ बर्षै जैमल नेपालीले भने मान्छे पनि चिल जस्ता भएर उड्न थाले जमाना धेरै परिवर्तन भएछ । आफुहरुले नुनको डोको सुर्खेतबाट बोकेर १५ दिन लगाएर दैलेख आएको सम्झना गर्दै उनले भने मुलुक धेरै परिवर्तन भएको छ । हाम्रो पालाजस्तो छैन् ।
    दैलेखमा तीन चार बर्षअघि एक दुई पटक प्याराग्लाईडिङ्गको परिक्षण गरिएको भएपनि नियमित रुपमा उडान यो बर्ष भएको छ । दैलेख महोत्सवको अवसर पारेर आयोजकले पाँचदिन सम्म प्याराग्लाईडिङ्गका लागि व्यवस्थापन गरेको थियो । महोत्सवको सवैभन्दा आर्कषकनै प्याराग्लाईडिङ्ग रहेको दैलेख उद्योग बाणिज्य संघका कोषाध्यक्ष शैलेस श्रेष्ठले जानकारी दिएका छन् ।
    दैलेखमा प्याराग्लाईडिङ्गको व्यवसायिक उडान गर्नका लागि र पंचकोशी क्षेत्र भ्रमणमा आउने धार्मिक पर्यटकहरुका लागि पनि दैलेख बजारबाट प्याराग्लाईडिङ्गको उडानको संभावना रहेको कोषाध्यक्ष श्रेष्ठले बताए ।

    प्याराग्लाईडिङ्गका पाईलट दैलेखकै बुढा


    दैलेखमा यसपाली ३ वटा प्याराग्लाईडिङ्ग गरिएको थियो । दैलेखको महावु गाउँपालिका ३ का नबिन बुढाले बिगत २ बर्षदेखि प्याराग्लाईडिङ्गको उडान गरिरहेका छन् । भारतमा कोर्ष पुरा गरेर नेपालमा आधिकारी उडानको जिम्मेवारी पाएका उनले द एड्भेन्चर प्याराग्लाईडिङ्गमा काम गरेको बताए । अहिले दैलेखका बिभिन्न संभावना भएका स्थानहरुमा आफुले परिक्षण उडान गरेको बुढाको भनाई छ ।


    दैलेखका धेरै स्थानहरु, ईट, महावु, सदरमुकाम दैलेख बजारको पुरानो बजार, गिताचौर लगायतका स्थानहरुबाट उडान गर्न सकिन्छ । उडान सँगै लेन्डिगंका लागि पनि भू भागको आवश्यकता पर्दछ । चैत्र बैशाषमा अलि धेरै जोखिम हुने बुढाको भनाई छ , दैलेख सदरमुकाम टाकुरोमा भएकोले उडान गरेका सवै व्यक्तिहरु आकाशमाथिबाट दैलेख बजार देख्दा निकै मोहित भएको बुढाको भनाई छ ।
    महिलाहरु पनि आकाशमा


    शाहसिक पर्यटनको नाम दिईएको प्याराग्लाईडिङ्गको उडान दैलेखमा महिलाहरु समेत गरेका छन् ।
    पहिलोपटक दैलेखका महिलाहरुले आकाशमा उडेको अनुभव सुनाउँदै भने, निके रमाईलो हुँदो रहेछ, आकाशमा उडेकी कमला थापाले पोखरा पुगेर ८ हजार खर्च गरेर आकाशमा उड्ने धोको दैलेखमै पुरा भएको बताईन् । आकाशमा उडेकी धना खड्काले पनि नयाँ अनुभव भएको बताएकी छन् , दैलेखमा प्याराग्लाईडिङ्गको व्यवसायिक उडान सुरु गर्नुपर्ने माग बढेको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार