गायक जिसीको कर्णाली पारी सार्वजनिक

पछिल्लो समयमा नेपाली गीत संगीतको बजारमा कलाकारहरु फरक–फरक धारमा देखिन थालेका छन सबैले आफ्नो–आफ्नो कला छुट्टै किसिमले प्रस्तुत गर्ने र गित तथा म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम जारी रहेको देखिन्छ ।
भखरै मात्र एक पछि,अर्को गीत बजारमा ल्याउने क्रममा दैलेखमा जन्मिएका गायक,सर्जक,मोडल,लोकेन्द्र जिसी कुमारले ‘तम्रा घर कर्णाली पारी) नामक देउडा गीतको म्युजिक भिडियो वजारमा सार्वजनिक गरेका छन । उनले कर्णाली प्रदेशमै पहिलो पटक ड्रोन क्यामरावाट छायाँकन गरिएको देउडा गीतको म्युजिक भिडियो दैलेख जिल्लाका विभिन्न पर्यटकीय स्थलहरु रमणीय ठाउँहरु वेलासपुर मन्दिर, दैलेख सदरमुकाम, कोतगढि, लोहोरे र छामघाटको संगम स्थल चुप्रा दोभान, लगाएतका ठाउँमा छायांकन गरिएको हो । मंगलबार देखी सार्बजनिक भएको गायक जिसीको ‘तम्रा कर्णाली पारी बोलको देउडा गीतमा सुरेस रानामगरको लय, शब्द सिर्जना रहेको छ, भने उक्त गीतमा स्वर दिएका छन, यस गीतका प्रस्तुत कर्ता गायक लोकेन्द्र जिसी कुमार र पछिल्लो समय निकै चर्चित कलाकार टिका पुन रहेको छ । चन्द्र मन्दिर मगरको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनय पवन कुमार योगी, प्रेमा वि क, मदन रेग्मी र सुमित्रा चौधरीको रहेको छ । भने, मानवहादुर ओलिको छायाङ्कनमा तयार पारिएको उक्त म्युजिक भिडियो चानस पुनमगरको सम्पादन रहेको म्युजिक भिडियो सुरेस रानाको अफिसियले युटुब च्यानल बाट बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार