ठेक्का पाए ठेकेदार नत्र पत्रकार


दैलेखको पत्रकारिताको इतिहास भिन्न छ । द्धन्द्धका बेलामा दैलेखको पत्रकारिताले महान योद्धा पत्रकारलाई गुमाएको छ । यो इतिहासले नेपाल मात्र हैन देश बिदेशमा दैलेखका पत्रकारहरुले गरेको योगदानको अहिले पनि चर्चा हुने गरेको छ । दैलेखका पत्रकार भन्नसाथ छुट्टै पहिचान बोकेको पत्रकारिता हिजो आज ‘म पत्रकार हँु भन्न समेत लाज मान्नु पर्ने अवस्था सृजना भएको छ ।’ छोटो समयमा पत्रकारिताको रहर बोकेका केहि व्यक्तिहरुले ठेक्कापट्टा र पत्ररकारको लाइसेन्ससंगै बोके । छोटो समयमा चर्चामा आउन दुवै खुट्टा फरक–फरक नाउँमा राखेका केहि पत्रकारले संमग्र पत्रकारिता जगतमा आच आइरहेको छ । ठेक्का पाउदा ठेकेदार बन्ने र ठेक्का नपाउदा पत्रकार बन्नेहरुले गर्दा आवाज बिहिनहरुको आवाज बनेको राज्यको चौथो अंग पत्रकारको कलम कमजोर बन्दै गएको पाइएको छ । जनताको समस्या सुल्झाउन एउटा पत्रकारले आफ्नो ज्यान आहुती दिएको दैलेखको परिस्थितीलाई नेपालका सबै राजनीतिक दलहरुले नजिकबाट बुझेका छन् । तत्कालिन समयमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने नाममा दैलेखका पत्रकारहरुले गरेको न्यायको लडाँईको बिषय अहिलेका सत्ता संचालन गरेका दल वा अन्य दलहरुले चटक्कै बिर्सन हुँदैन् मैले यो प्रसंग यहाँ उठाई रहँदा स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाले जनताको खानेपानी समस्या समाधानका लागि बार्तामा बोलाईए पछि उहाँको हत्या, हत्या पछि परिवारलाई शव नदिएर लुकाएर राखेको बिषय र त्यसपछि पनि दैलेखका पत्रकारहरुले आफ्ना सहकर्मीको शव खोजेर परिवारलाई दिएको सांस्कृतिक अधिकार र संलग्न केहीलाई कानुन अनुसारको सजाए ।
यती ठूलो इतिहास रचेको दैलेखको पत्रकारिता पछिल्ला वर्षहरुमा आचरण बिपरित गएको छ भनेर बहस गर्ने धेरै ठाउँहरु देखिन थालेका छन् । हरेक पत्रकार र संचार संस्थाहरुका आ–आफ्ना मर्यादाहरु रहेका हुन्छ, आचार सहिंताहरु रहेका हुन्छ । व्यवसायिक रुपमा प्रतिश्पर्धा स्वभाविक मानिन्छ । समाचारको खोजी गर्ने, अनियमितता को खोजीगर्ने, गरिव र पीडित जनताको आवाज खोजी गरेर समाचारको माध्यम बाट प्रकाशन र प्रसारण गर्न प्रतिस्पर्धा गर्नुपर्नेमा अहिले त्यसको बिपरित कामहरु धेरै हुन थालेका छन् । समग्रतामा यस्तो नदेखिएको भएपनि केही व्यक्ति र संस्थाका यस्ता गतिविधिहरुले व्यवसायिक रुपमा काम गर्ने पत्रकारहरुमाथि चुनौती थपिदै गएका छन् । ठेक्कामार्फत काम लिएका निर्माण कम्पनीहरुले गरेका कमि कमजोरी हरुको खोजी गर्ने उनीहरुका कमि कमजोरी औल्याउने काम पत्रकार र संचार माध्यामहरुको हो । बिडम्बना संचारकर्मीहरुनै आफै ठेकेदार भएर काम खोज्न हिडेपछि अव उनिहरुको कमि कमजोरी कसले औल्याईदिने हो भनेर थुप्रै प्रश्नहरु सृजना भएका छन् काम पाए ठेकेदार नत्र पत्रकार भनेर भ्रम सृजना गर्दा दैलेखको पत्रकारिताको इतिहास बोकेका व्यवसायिक पत्रकारहरुमाथि समेत यसले प्रश्न चिन्ह खडा गरेको छ । प्छिल्ला दिनहरुमा ठेकेदारको भाग माग्ने अनि पत्रकार महासंघको नाम बेचेर समेत भाग उठाउने गरेका कतिपय तत्थ्यहरु बहिर आउन थालेका छन् । पत्रकार महासंघका अध्यक्ष लगायत जिम्मेवार पदाधिकारी हरुलाई भने यसवारे कुनै कुरो थाहा हुँदैन् । केही सिमित व्यक्तिहरुले संस्थाको नाममा बदनाम गर्ने काम गर्दै गर्दा यसको असर दैलेखका सबै पत्रकारहरुलाई परेको छ । यस्ता बिषयहरुमा पत्रकार महासंघ चुप लागेर बस्न नमिल्ने अवस्था देखिन्छ ।
पत्रकारिता गर्ने छुट सवैलाई छ तर पत्रकारिता भित्रको दलाली गर्ने छुट, आचार सहिंता बिपरित कार्य गर्ने छुट कसैलाई छैन् । ठेक्का पाए ठेकेदार नत्र पत्रकार भनेर अव खोल ओड्ने जो कोहीलाई व्वयसायिक पत्रकारहरुले पहिचान गरेर व्यवसायिकता जोगाउने नयाँ रणनीति तयारी गर्नुपर्ने देखिन्छ ।

ज्योती कटुवाला संवाददाता कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार