कविता शुभकामना


बिहानीको उ सँगै
स्वणिम खबर वोकेर आउने
तिम्रो यात्रा निरन्तर बनोस
तिम्रो सफलताले सगरमाथा
चुम्ने अदम्म साहस बटुल्न सकोस
न्यायको खोजिमा भौतारीएकाहरुको
न्याय बनेर आउनु शुभकामना मेरो
सदाचार, शुसासन र सभ्यताको
पाठ बोकेर सबैको मनमा छाउनु
देश द्रोही, भ्रष्टचारी र बलत्कारीका
विरुद्ध तिम्रो धमाका निरन्तर रहोस
अनगिन्ती शुभकामना
प्रिय धमाका तिमीलाई
कृष्ण देवकोटा (भावुक)
अध्यक्षः– कला साहित्य उत्थान प्रतिष्ठान नेपाल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार