दैलेख एक परिचय

विश्वमान चित्रमा नेपाल दक्षिण पूर्वि देशका रुपमा रहेको छ । २६० २२’ देखि ३०० २७’ सम्म उत्तरी अक्षांश र ८०० देखि ८८०१२ पूर्वी देशान्तरमा रहेको नेपालका क्षेत्रफल १४७१८१ वर्ग कि.मी.(५६२२७ माइल) विश्वको करिव ०.००३ प्रतिशत भू–भाग ओगटेको नेपालले एशियाको ०.०३ भू–भाग ओगटेको छ । नेपालको पूर्व पश्चिम ८८५ कि.मी. र उत्तर दक्षिण १४५ कि.मी. रहेको छ । नेपाल देखि समुन्द्र ११२७ कि.मी. टाढा रहेको छ । भने नेपालको अग्लो भू–भाग सगरमाथा ८८४८ मी. र होचो भू–भाग झापाको केचनाकलन समुन्द्रदेखि ६० मी. होचो रहेका छ । सयमको हिसावले गौरीशंकर हिमालको ८६०१५ पूर्वी भागमा र हेको हिमालको आधारमा समय निर्धारण गरिएको छ । ग्रीनवीच देखि ५ घण्टा ४५ मी. समय नेपालको छिटो छ । राजनितिक विभाजनका आधारमा हाल नेपालका ७७ जिल्ला ७ प्रदेश मध्य कर्णाली प्रदेशको दैलेख एक जिल्ला हो । दैलेख जिल्लाको चिनारी यस प्रकार रहेको छ ।
१. भौगोलिक बनावट
दैलेख कर्णाली प्रदेशको झण्डै मध्य क्षेत्रमा दैलेख अवस्थित छ । दैलेख जिल्ला २८० ३० उत्तर देखि २९० अक्षांशमा रहेको छ । यस जिल्लाको क्षेत्रफल १५०२ वर्ग कि.मी.अथवा १५००२०० हेक्टर भूमीमा रहेको छ । यस जिल्लाको भौगोलिक विभाजनलाई हेर्दा २० प्रतिशत समथर ठाउ र ८० प्रसितशत पहाडी भू–भाग रहेको छ । कर्णाली नदी ,रामाघाट खोला ,पादुका खोला छामघाट खोला,लोहोरे खोला र पराजुली खोला यहाका मुख्य खोला हुन् । वनजंगलको हिसावले ५२ प्रतिशत भू–भाग ओगटेको देखिन्छ । जसमध्य घासे मैदान २.४६ प्रतिशत ,पशुचरन क्षेत्र २८.७० प्रतिशत, बाकी क्षेत्र भीरपाखाको जंगल रहेको छ । कृषि भूमी २८.७० रहेको छ भने बाकी भूमी खोलाको बगर र उच्च हिमश्रृंखला तथा चटानले बनेको छ । जलवायुको हिसाले हेर्नेहो भने उपोष्ण क्षेत्र ५४४ मी. देखि १२०० मी.,समशितोष्ण क्षेत्र १२०० मी. देखि १८०० मी. सम्म ,शितोष्ण क्षेत्र १८००मी.देखि २३००मी. सम्म र ठण्डा लेकाली क्षेत्र २३०० मी माथिको भू–भागलाई मानिएको छ ।
२.दैलेखको राजनीतिक विभाजन
नेपालको संविधान २०७२ अनुसार देशलाई २४० निर्वाचन क्षेत्र घोषणा गरिएको छ । जसमध्य दैलेखलार्य २ संसदिय निर्वाचन क्षेत्र,४ प्रदेशको क्षेत्र र ११ वटा स्थानिय तहमा विभाजन गरिएको छ । जस मध्य ७ वटा गाउपालिका र चार वटा नगरपालिका रहेका छन् । जुन निम्नानुसार छन् । २०७४ साल वैशाख २९ गते भएको स्थानिय निर्वाचन वाट निर्वाचित प्रमुख र उपप्रमुख निम्नानुसार रहनुभएको छ ।
१. नारायण नगरपालिका –प्रमुख रत्न बहादुर खड्का ,उपप्रमुख सावित्री मल्ल)
२.दुल्लू नगरपालिका –प्रमुख घनश्याम भण्डारी ,उपप्रमुख
३.चामुण्डाविन्द्रासैनी नगरपालिका–प्रमुख सुर्य बहादुर शाही ,उपप्रमुख
४.आठविस नगरपालिका–प्रमुख खड्क प्रसाद उपाध्याय उपप्रमुख दीपा वोहोरा)
५.महावु गाउ“पालिका–अध्यक्ष जंग वहादुर शाही उपाध्यक्ष पे्रम कुमारी वुढा)
६.नौमूले गाउ“पालिका–अक्ष्यक्ष भदे बुढा ,उपाध्यक्ष अमृता सिंह)
७. भगवतिमाई गाउ“पालिका–अक्ष्यक्ष दान वहादुर थापा, उपाध्यक्ष कृष्णा कुमारी रेग्मी)
८.डुङ्गेश्वर गाउ“पालिका–अक्ष्यक्ष नगेन्द्र मल्ल ,उपाध्यक्ष सीतादेवी ज्ञवाली)
९. गुरा“स गाउूपालिका–अध्यक्ष खेम राज वली ,उपाध्यक्ष दीपा वि.सी.)
१०.भैरवी गाउ“पालिका(अध्यक्ष पे्रम वहादुर बुढा,उपाध्यक्ष
११. ठा“टीका“ध गाउ“पालिका– अक्ष्यक्ष धीर वहादुर शाही उपाध्यक्ष सुस्मीता सिंह)
सबै गाउ“पालिका तथा नगरपालिका गरी जम्मा ९० वटा वडाहरु रहेका छन् । साथै जिल्ला स्तरीय कार्यालयहरु जिल्ला सदरमुकाममा रहेका छन् भने अन्य विकासी कार्यालयहरु स्थानिय तहमा क्रियाशिल रहेका छन् ।
३. सामाजिक अवस्था
दैलेख जिल्लाको वसोवास पुरानो भएको मानिन्छ । विशेष गरी जातजातिको उद्गम स्थलको रुपमा यस जिल्लालाई मानिएको छ । विशेश गरी भूगोल र तात्कालीन कर्मचारीको पदलाई आधार मानि जातिको नामाकरण गरिएको छ । जस्तो भूर्तिबाट भू्रर्तेल,कटी बाट कटेल,पराजुल बाट पराजुली, चाल्स बाट चालिसे,लम्सुबाट लम्साल, दुल्लूबाट दुलाल,रिजुबाट रिजाल, नेपाबाट नेपाल, दवडाबाट दवाडी,बासीबाट वस्याल, कोइरालगाउबाट कोइराला, जस्ताठाउ विशेषबाट जातिय प्रचार भएको पाईन्छ । यसै गरी तात्कालिन राजनितिक पद कार्की,महतरा, थापा, विस्ट,अधिकारी,रोकाय जस्ता पदबाट जातिय थरमा परिणत भएको पाईन्छ जस्तै थापा बाट वीर,अधिकारी इलाका प्रभुख ,महतरा रोकाया गाउ“को प्रमुख र उपप्रमुख,कार्की आर्थिक कारोवारमा संलग्न भएको सिजा राज्यको इतिहासबाट थाहा हुन्छ धार्मिक हिसावले यस जिल्लामा ९७ प्रतिशत हिन्दु जातिहरु वसोवास गरेको पाइन्छ भने ३ प्रतिशत अन्य धर्म मान्य जनसंख्या रहेको पाइन्छ । जनसंख्याको हिसावले दैलेखको जनसंख्या २,६१,७७० मध्य १२६९९० (४९ प्रतिशत पुरुष ) र १३४७२० (५१ प्रतिशत) महिलाको जनसंख्या रहेको छ । यस जिल्लामा व्राह्रमण, क्षेत्री, गुरुङ,मगर,विभिन्न थरका दलितहरुले वसोवास गरेको पाइन्छ । घरधुरीको हिसावले २०६८को जनगणना अनुसार ४८९१९ घर रहेको छ । लैंगिक अनुपात ९४÷१०० मध्य ९४ पुरुष र १०० महिलाको अनुपातमा रहेको छ । औसत १ परिवार भित्र ५.३ जनाको छ । जन घनत्वको हिसावले १ वर्ग कि.मि. क्षेत्रभित्र १७४ जनाले वसोवास गरेको पाइन्छ । साक्षरताको हिसावले ६५ प्रतिशत साक्षर जनसंख्या रहेको छ । मानवविकास सूचांक ०.३ मात्र छ । यस जिल्लामा विद्यालयहरुमा वाल विकास केन्द्र आधारभूत विद्यालयहरु, माध्यमिक विद्यालयहरु र स्नातक सम्मको पढाई हुन्छ भने प्राविधीक विद्यालयको अभाव देख्न्छि । कृषि र पर्यटन क्षेत्रको विसकासलाई जोड दिन आवश्यक छ कृषिमा झण्डै ९२ प्रतिशत जनसंख्या संलग्न छन् भने अन्य क्षेत्र व्यापारवैदेशिक रोजगा र अन्य रोजगारीमा ८ प्रतिशत जनसंख्या रहेको छ ।
४. सांस्कृतिक अवस्था
धार्मिक सांसकिृतिक अवस्थालाई यो जिल्लामा वसोवास गदै आउनुभएका वासिन्दा वसोवास गदैछन । सनातन हिन्दु धर्ममा आधारित संस्कारहरु वढी प्रचलनमा भएको पाइन्छ । मुसिलम धर्मका प्रचलन पनि छन् । यसै गरी क्रिसियन धर्मका संसकारहरुवाट पनि संचालनमा रहेका छन् । दोरा सुरुवाल कोट गुन्यू चोलो यहा“को पुराने पैरहन हो भने ,आधुनिक लुवाइ खुवाई पनि प्रभाव पारेको छ । धेरै जसो संस्कारहरु हिन्दु धर्म अनुसारका चलेका छन् । जाति र धर्म अनुसार संस्कार चलेका छन् । रवानिय रितिरिवाज चालचलन ,लोक संस्कृतिमा आधारित लोक गीत देउदा दोहोरी गीत रामायणका गीत धर्मशास्त्र मा आधारित गीत भजर्न आइरहोको छ ।
५. आर्थिक अवस्था ः
उधोग धन्दा खासै यो जिल्लामा पेशा व्यवसायको हीसावले खेती प्रर्णली पुरानै शैलीको छ । झण्डै ९२ मानिस खेती प्रर्णाली मा दिन विताई रहेको छन् । खेती प्रणैली पुरानौ रहेको छ । आधुनिक खेती प्रर्णलीको सुरुवात गर्न खेजे पनि भिरालो जमिन सिचाइको अभाव आधुनिक कृषि औजारको अभाव पुरानै खालको वीउ विजन आदि कारणले गर्दा खेतीपाती वाट खासै जिल्ला खाद्यान्नमा अत्म निर्भर हुन सकेको छैन् । ता पनि धान,मकै ,कोदो, गहु,जौ,भटमास,तरकारी वालीमा दैलेख मात्म निर्भर हुन लागि रहोके छ । युवा जनशक्ति विदेश पलाएनका कारण खेतियोग्या जमिन वाजो रहेको छ । यसका कारण आयतित खाद्यान्नमा निर्भर रहदा यस जिल्लाको पु“जी पलाएन भइरहेको छ । अन्न वाली भन्दा पनि अन्य खाद्यान्नको आयतले गर्दा जिल्लाको आय वाहिरिएको पाईन्छ । जिल्लामा खासै उघोग घन्दा स्थापना हुन सकेको छैन् । उघोग स्थापनको पहल गर्न आवश्यक देखिन्छ ।
पशुपालनका लागि यो जिल्ला प्रखात थियो । हाल युवा शक्ति विदेश पलायन हुने वढेकाले पशुपालनको क्षेत्र कमजोर देखिएको छ । यति मात्र नभइ चरन क्षेत्रको अभाव व्यसायक कृषि नभएको कारण काम गर्ने युवाहरु विदेशियका छन् । आय आर्जनको हिसावले प्रमुख मानिएको कागज उघोग लोक्ताको अभावले वन्द हुन पुगेको छ । लेक्ता संरक्षण गरि कागज उघोगको संचालन र्गन अति आवश्यक रहेको छ । त्यसै गरि सिन्के धुप उत्पादनका लागि सुन काउलोको वुरुवाको उत्पादन र्गन नर्सरी निर्माण गर्न सरोकार वालाको ध्यान जान आवश्यक रहेको छ । पुराना काउलाका रुखहरु तष्ट हुन गइ गाऊ घरमा रहेका घरेलु उघोगहरु संकटमा परेका छन् । यसको गगेन ागर्न आवश्यक रहेको छ । विशेष गरि आयआर्जनमा गाऊँ घरमा रहेका घरेलु हाते उघोगबाट निर्माण गरिने मकैको भुल्ताबाट वनाईएको चकटी परालको परालवाट निर्माण गरिने गुन्द्री वासबाट वनाइने मान्द्रे डोका डाला,राक जस्ता घरेलु उघोगलाई प्रथमिता दिई आय आर्जन गर्न प्रसोत्हान गर्न जरुरि रहेको छ । खानी भित्र रहेका काइनाइट, गोमोट, टरमालिट,सेलिट,तामा खानी,पलाम खानी,पेट्रोलिय पदार्थको सही उपयोग गरि जिल्लामा यसको उतखन्न गरि यी कच्चा पदार्थमा आधारित उघोगहरु स्थापना गर्न जरुरी रहेको छ । यस जिल्लामा रहेको चुन ढुङ्गामा आधारित उघोगहरु सञ्चालन भएको खण्डमा निर्माणमा उपयोग गरिने सिमेन्ट उघोग सञ्चालन गर्न सकिन्छ । फलफुको दृष्टिकोणले यो जिल्ला आत्मा निर्भर हुन छ तापनि परापुर्व कालदेखि फस्टाउदै आएको सुन्तला खेति हाल आएर विग्रन थालेको छ । उपयुक्त प्रविधिको खोजी गरी सुन्तला खेतीलाई मजबुद बनाउनु पर्छ साथै अन्य अमिला जातका फलफूल खेतिलाई प्राथमिकता दिनुपर्छ दैलेखको पहाडी भूमिलाई फलफूल खेतिको लागि उपयुक्र मानएिको छ ।
चुनौति र अवसर
यो जिल्ला भौगोलि रुपमा विकट जिल्ला होईन । यहाको भू–वनोट ,धरा तलिय स्वरुपले गर्दा खेतीपाति उद्योग धन्दा संचाल गर्न उपयुक्त मानिन्छ । केही स्थानमा मात्र यातायातको अभावले विकट मानएिको छ । यसलाई छिटो भन्दा छिटो पूरा गर्नुपर्छ यो जिल्ला विभित सम्भावना वोकेको जिल्ला हो । विशेष गरी पुरातात्विक वस्तुहरुले भरिपूर्ण भएता पनि यसको उत्खनन् गरी पर्यटन उद्योगलाई टेवा पु¥याउनु पर्छ । परापूर्वकाल देखि रहेका देवीदेवताका मन्दिर,मानव निर्मित गढी,ढुङ्गेधारा, पञ्चदेवल प्राकृतिक रुपले रहेको द्धारी झर्ना,विभित सम्भावना वोकेको कर्णाली नदी तथा अन्य सहायक नदीहरुको अधिकतम उपयोग गरी यस जिल्लामा रहेको गरिवीलाई कमगर्न सकिने देखिन्छ । साथै जिल्लामा रहेको जडीबुटीको उचित उपयोग र प्रशोधन गरी व्यवसायिककरण गर्न पहल गर्नु पर्दछ । विशेष गरी महावु लेक,कचालीको लेक,हाउडीको लेक वरपर रहेको वस्तीलाई उपयुक्त स्थानमा वसोवास गराई उक्त क्षेत्रलाई आरक्षको रुपमा उपयोग गर्न सकेको खण्डमा बढ्दै गएको जलवायु परिवर्तनलाइ कम हुने देखिन्छ भने सो क्षेत्रका वन तथा वन्यजन्तु र जडीवुटीको व्यवस्थापन गर्न सहज हुने देखिन्छ । यो जिल्लामा रहेका पुरातात्विक वस्तुहरु तथा शिलालेखको संरक्षण गरी इतिहास अध्ययनमा सहयोग पुग्ने देखिन्छ । जिल्लाको आर्थिक ,भौतिक सामाजिक संरक्षण गर्न निम्न कार्य गर्न सकेको खण्डमा यस जिल्लामा साहदद प्राप्त गरेका सहिदहरुको सपना साकार हुने र सच्चा श्रद्धान्जली अर्पण गरेको महसुस हुनेछ । जिल्लाको विकास गर्न सकेको खण्डामा यस कर्णाली प्रदेशको विकासमा टेवा पुग्नेछ ।
१. प्रदेश ५ को कोहलपुर देखि मानसरोवर सम्म पुग्ने पक्की खुला राजमार्ग निर्माण गर्ने ।
२. दैलेख जिल्लाको भू–भागबाट बग्ने कर्णाली नदीको पानी सही उपयोग गरी जलव्यापारलाई प्रोत्साहन गर्ने ।
३.एकिकृत वस्ती विस्तार गरी जडीबुटी तथा जंगली जनावरको संरक्षण गर्ने र व्यापार विस्तार गर्ने ।
४. जडीवुडी संरक्षण र प्रशोधन गरी निर्यात गर्ने ।
५. जिल्लाको मध्य भागमा फलफूल खेतिको विकास ,विस्तार तथा यसमा आधारित उद्योगहरु संचालन गर्ने ।
६. साना नदीहरुबाट साना जल विद्युत आयोजना निर्माण गरी विद्यूत व्यापार विस्तार गर्ने ।
७. शैक्षिक विकासका लागि प्रविध सुहाउदा आवासिय विद्यालयहरु तथा महा विद्यालय स्थापना गने ।
८. युवा जनशक्तिलाई व्यवसाियक सामुहिक खेति प्रणाली तथा सामुहिक उद्योग संचालन गर्न आकर्षण गर्ने ।
९. भौतिक विकास गर्दा भूवनोटलाई मध्यनजर गरी जैविक विविधताको संरक्षण गरी आधुनिक मेशीनको उपयोग गर्ने ।
१०. माटोको परीक्षण गरी उपयुक्त स्थानमा उपयुक्त वालीहरुको खेती संचालन गर्ने ।
११. दक्ष जनशक्तिलाई स्वस्थानमा नै काममा संलग्न गराउने ।
१२. स्थानिय सरकार प्रदेश सरकार तथा केन्द्रीय सरकारले संचालन गर्ने कार्यक्रमहरुमा जवाफदेहिता,पारदर्शिता, जनसहभागितामा संचालन गर्ने ।
माथि उल्लेखित कार्य गर्न सकिएको खण्डमा २००७ साल २०१७ साल २०३६ साल २०४७ साल र २०६२÷०६३ सालमा साहादात प्राप्त गरेका वीर सहिदहरुको सपना पूरा हुने देखिन्छ ।
सन्दर्भ सामग्री
१. नेपालको ११ औं जनगणना २०६८ ,तथ्यांक विभाग
२. जि.वि.स.दैलेखद्धारा प्रकाशित बुलेटिनहरु
३. जिल्ला वन कार्यालय दैलेखबाट प्रकाशित बुलेटिन
४.हर्क गुरुङद्धारा प्रकाशित कृतिहरु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार