कानून कार्यान्वयन गर्ने निकायको सक्रियता बढाउनुपर्छः बिशुन्के


जेष्ठ २१, दैलेख
प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले छुवाछुत तथा बिभिन्न बिभेदमा परेका नागरिकहरुको कानुनी उपचारका लागि लागेका निकायहरुले कानून कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएकी छन् । कानून कार्यान्वयनको महत्वपूर्ण निकायको रुपमा रहेको प्रहरी प्रशासनको सक्रियता अझैंं बढी क्रियाशीलता बढाउन सके विभेद अन्त्यमा सहयोग पुग्ने बिशुन्केको भनाई छ ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन सम्वन्धी राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तरसम्वाद कार्यक्रममा उनले नियम कानून भएर पनि कार्यान्वयन निकायको चासो कमी रहेको बताएकी हुन् ।
सांसद बिशुन्केले स्थानीय सरकारहरूले आवश्यकताका आधारमा लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुग्ने नीति तथा कार्यक्रम बनाइनुपर्ने सुझाव दिएकी छन् ।
कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले अधिकार प्राप्त गर्ने काम निरन्तर भएको बताउँदै अव समस्या मात्र छन् भनेर बस्नुभन्दा पनि दलित समुदायका अगुवाहरुले बस्ति बस्तिबाट समाधानका उपायहरु ल्याएर नगरमा योजना माग्न आउनुपर्ने सुझाव दिए ।
कुन दलित समुदायको विद्यार्थी विद्यालय गएको छैन् त्यसलाई कसरी विद्यालय पु¥याउन सकिन्छ योजना सहित आउनु प¥यो । अहिलेपनि दलित समुदायभित्र ठाँटाबाठाहरुकै धेरै पकड भएकोले बास्तविक पीडित सम्म पनि अधिकारकर्मीहरुले अधिकारको आवाज पुर्याउन खड्काले सुझाव दिएकाा छन् ।
महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले विभेद हटाउन ग्रामीण स्तरसम्म सचेतना अभियान सञ्चालन हुनुपर्ने बताए ।
कार्यक्रममा ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, नेमकिपाका सचिव लक्ष्मीकुमार बिक, दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार बानियाँ लगायतले जातीय विभेद हटाउन राज्य र सरोकारवाला सबैको अग्रसरता जरुरी रहेको बताए ।
अधिकारकर्मीहरु रमा श्रेष्ठ, गीता बस्याल, बखत नेपाली, मोहन सुनार र प्रभाकुमार बिकले स्थानीय सरकारले दलित लक्षित कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् ।
तत्कालिन प्रतिनिधिसभाले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दिनलाई उत्सवको रुपमा मनाउन नेपाल सरकारले सार्वजनिक विदा नहुने दिवसको सूचीमा राखेपछि यसलाई सरकारी दिवसको रुपमा मनाउन सुरु गरिएको छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा छुवाछुत विरुद्ध राष्ट्रिय दिवसको अवसरमा दलित अगुवा र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा दलित समुदायबाट दलितको हक हितको सावलमा उल्लेखनिय योगदान पु¥याउने १० जनालाई सम्मानित गरिएको छ ।
सम्मानित हुनेमा प्रतिनिधि सभा सदस्य पार्वती विशुन्के, चामुण्डाविन्द्रासैनी नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत तिलक बि.क., दलित अधिकारकर्मि एवम् पत्रकार अमर सुनार, चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. २ का लक्ष्मी विक, वडा १ का हर्कबहादुर विक, वडा नं. ३ का धिर्जबहादुर विक, वडा नं. ३ का अमरकुमार नेपाली, वडा नं. ६ बाट उजिरबहादुर विक, वडा नं. ६ का देउचने कामी र वडा नं. ५ का बसन्तकुमार विक रहेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार