प्रथम मेयरकप भलिवल सकियो पहिलो उपाधी आर्मीलाई


जेष्ठ २९, दैलेख
दैलेखमा प्रथम मेयर कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ । नारायण नगरपालिका दैलेखले आयोजना गरेको उक्त खेलमा नेपाल आर्मीले पहिलो स्थान हासिल गरेको छ । दुई वटा समूह बनाएर भलिवलमा भाग लिएको इन्द्र दल गुल्म कांडाचौर व्यारेकको समूह ‘ए’ ले पहिलो उपाधी पाएको हो ।
इन्द्र दल समूह ‘ए’ र नारायण समूह ‘ए’ बीच भएको खेलमा दुई÷दुई सेट वरावर भएपछि फाईनल खेल निकै रोमान्चक भएको थियो । अन्तिम खेलमा आर्मिले नारायणलाई १५–१२ अंकको अन्तरले हराएको थियो । नारायण समूह ‘ए’ दोस्रो भएको छ ।
खेल समापनमा बोल्दै नगर प्रमुख रत्न बहादुर खड्काले नगरपालिकाले खेल क्षेत्रको विकास गर्न यो वर्षबाट अझै प्रभावकारी कार्यक्रमहरु संचालन गरिने बताए ।
‘ एउटा नागरिक स्वस्थ हुन र एउटा विद्यार्थी अनुशासित हुन खेल निकै महत्वूर्ण मानिन्छ । ग्रामिण क्षेत्रमा लुकेका प्रतिभाहरुको खोजी गर्दै देश विदेशमा खेलको माध्यमबाट खेलाडीहरुको क्षमता विकास गराउने र जिल्लाको पहिचान गराउने काममा सम्बन्धित सबै निकायहरु लाग्नु पर्ने खड्काको भनाई थियो ।
भलिबल प्रतियोगिताको समापनमा वोल्ने अधिकांस वक्ताहरुले नगरपालिकाले भलिबल प्रतियोगिताको आयोजना गरेकाले ग्रामिण क्षेत्रमा खेलकुदका गतिविधि बढ्ने विश्वास व्यक्त गरे । उनीहरुले स्थानीय तहका जनप्रतिनिधिले खेलकुद क्षेत्रमा चासो राखेकोमा खुसी व्यक्त गरे । यसले सबै नागरिकलाई फाइदा हुने उनीहरुको विश्वास छ ।
प्रतियोगितामा महावु गाउँपालिका, ग्रिनल्याण्ड चुप्रा, नारायण ‘ए’ र ‘वि’ इन्द्र दल गुल्म काँडाचौर व्यारेकको ‘ए’ र ‘वि’ गरी ६ टिमको सहभागिता रहेको थियो । प्रथम हुनेले नगद ५० हजार नगद सहित कप, दोश्राले ३० हजार, तेश्रोले नगद २० हजार र सान्तवनाले नगद १० हजार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार