माधव नेपाल र श्रीलंकाली नेताहरुबीच भेटघाट


काठमाडौँ

श्रीलंका भ्रमणमा रहनुभएका नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरु सँग भेटघाट गरेका छन । उनि श्रीलंका कम्युनिष्ट पार्टी द्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भागलिनको लागी लम्बो पुगेको अबसरमा उत्त भेट गरेका हुन ।
विहीबार बरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिलविक्रमसिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रप तिमहिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजाकोलुर लगायतसँग भेटघाटभएको थियो ।


भेटकाअवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धकाबारेमाचर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंका बीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।
लामो समय द्वन्द्व भोगेका दुबै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवहरुका बारेमा चर्चा गरेका थिए ।
भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता रहेको थियो ।
असार २३ गते कोलम्बो प्रस्थान गरेका बरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार