सीप र क्षमतासँगै व्यवहारिकता पनि आवश्यक छ ः खड्का


असार २८,दैलेख
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्न बहादुर खड्काले सीप र क्षमता विकास गरेर युवाहरुले त्यसको व्यवहारिक कार्यान्वयन गर्नुपर्ने बताएका छन् । युवाहरु खाली भएकै कारण दिनप्रतिदिन कुलतमा फसि रहेको बेला युवाहरुलाई सीपमुलक तालिम दिन आवश्यक रहेको र सीप मानव जीवनको लागि नभई नुहेन अभिन्न अंग भएकाले सीप र क्षमता मात्र नभएर व्यवहारिकता समेत हुनुपर्ने खड्काले बताएका हुन् ।
नारायण नगरपालिका दैलेखको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् दैलेखले संचालन गरेको १५ दिने हाउस वाइरिङ्ग सीप मुलक तालिम समापन कार्यक्रममा बोल्दै खड्काले सीप र क्षमता आफ्नै ठाउँमा विकास गरेर रोजगारी सृजना गर्ने अवस नगरपालिकाले प्रदान गरेको बताए । विभिन्न बाहानामा प्रस्तावहरु नगरमा ल्याउने र कार्यक्रम स्वीकृति भए पश्चात काम प्रभावकारी नगर्ने गुनासो नगरमा धेरै आएकोले यस्ता प्रवृति रोक्नेतर्फ नगरपालिका लागेको पनि खड्काले बताएका छन् ।
नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् दैलेखका उपाध्यक्ष दिपकारी पुनले शुभकामना मन्तव्य दिदै जनजातीले गरेको सीपमुलक तालिममा आदिवासी जनजाती मात्र नभएर अन्य विपन्न वर्गलाई समेटेको र आगामी दिनमा पनि यस्ता कार्यक्रममा सबैलाई समेटेर लाने बताइन । नेपाल आदिवासी जनजाती महासंघ महिला कर्णाली प्रदेशका उपाध्यक्ष सुर्य कुमारी श्रेष्ठ, नेपाल आदिवासी जनजाती महासंघ दैलेखका अध्यक्ष खगेन्द्र पुन लगायतले आ–आफ्नो भानाई राखेको थिए ।
सीप मुलक तालिममा नगर भित्रका ११ वटै वडाबाट २२ जना प्रशिर्थीहरुको उपस्थित रहेको थियो । हाउस वाइरिङ्ग तालिम दिई सकेपछि परीक्षा समेत लिएको र परीक्षामा प्रथम कृष्णा थापा मगर, द्धितीय कुसुम थापा, तृतीय राम कुमार गुरुङ्ग भएका थिए । नेपाल आदिवासी जनजाती महासंघ नगरसमन्वय परिषद् दैलेखका अध्यक्ष लाल बहादुर गरुङ्गको अध्यक्षतामा सीप मुलक तालिम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार