दैलेखका बिष्णु शर्मा देशभरकै उत्कृष्ट संवाददाता छनौटः पुरस्कार सहित सम्मान पत्र


साउन १०, दैलेख
नेपाल टेलिभिजनमा बिगत लामो समयदेखि दैलेखबाट काम गर्दै आएका बिष्णु शर्मा देशभरकै उत्कृष्ट संवाददातामा छनौट भई पुरस्कार सँगै प्रमाणपत्रद्धारा सम्मानीत भएका छन् । नेपाल टेलिभिजनले देशभर रहेका एक सय बढी संवाददाताहरु मध्ये उत्कृष्ट रुपमा काम गरेका ८ जनलाई उत्कृष्ट संवाददाताको रुपमा पुरस्कार सँगै सम्मान गरेको हो । संचार मन्त्री गोकुल बास्कोटाले उत्कृष्ट सवैलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।
नेपाल टेलिभिजनको आर्थिक वर्ष २०७५ । ०७६ को वार्षिक प्रगति समिक्षा सँगै उत्कृष्ठ कर्मचारी र संवाददाताहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेर यस्तो पुरस्कार प्रदान गरिएको हो ।


बिगत १४ वर्षदेखि नेपाल टेलिजिभनमा काम गर्दै आएका बिष्णु शर्मा बिगत १२ वर्षदेखि नयाँ पत्रिका दैनिकमा पनि दैलेख जिल्ला संवाददाताको रुपमा काम गर्दै आएका छन् । दैलेखको पत्रकारिताको इतिहासमा पहिलो निर्वाचित पत्रकार महासंघ दैलेखको अध्यक्ष बनेका शर्मा दैलेखको पहिलो पत्रिका धमाका दैनिकका सम्पादक समेत रहेर पत्रकारिता गरिरहेका छन् । दैलेखका बिभिन्न बिषयहरुलाई समाचार र रिपोर्टको माध्यामबाट नेपाल टेलिभिजन मार्फत उजागर गर्दै आएका छन् ।
दैलेखको पत्रकारितामा व्यवसायिक, निश्पक्ष र स्वतन्त्र पत्रकारको रुपमा शर्माको पहिचान रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार