दैलेखको जंगलदेखि अमेरिकासम्मको यात्रा तय गरेका राजन रिजाल निशुल्क उच्च शिक्षा पढ्न तान्जेनिया तर्फ (भिडियोसहित)


दैलेखको काँशिकाँधमा जन्मेर २ बर्षको बाल्यकाल देखि जंगलमा बस्नुपर्ने बाध्यता बोकेका राजन रिजाल अहिले उच्च शिक्षाका लागि तान्जेनिया हुँदै अकेरिकाको यात्रा तय गरेका छन् ।
नावालक हुँदा आमाको काख खोसिएपछि उनि जनयुद्धकै समयमा बुवा नविन रिजालले तत्कालिन समयमा माओवादी सेनाले संचालन गरेको बालआश्रममा केही समय बिताए त्यसपछि उनि दाङस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा पढ्न सुरु गरे । उनले त्यहीबाट आमा र बावाको मायाँ प्राप्त गरे, विद्यालयका शिक्षक शिक्षिकाहरुले उनको लालनपालनको जिम्मा लिए उनि सहिद स्मृति आवासीय विद्यालयबाट एसईई उत्तीर्ण गरी पोखरामा एघार कक्षा पढ्ने सुरसार गर्दागर्दै युनाइटेड वर्ल्ड कलेज (युडब्ल्युसी) को छात्रवृत्तिका लागि परिक्षामा समावेश भए ।

पढाईमा निकै मेहनती भएका कारण र एसएलसिमा निकै राम्रो नतिजा ल्याउन सफल भएको निशुल्क अध्ययन कोटामा उनको नाम सिफारिस भयो । सोमवार उच्च शिक्षा हाँसिल गर्नका लागि उनि काठमाण्डौबाट तान्जानिया प्रस्थान गरेका छन् ।
उनका निम्ति त्यहाँबाट उच्चमाध्यमिक शिक्षा पूरा गरेर छात्रवृत्तिमै उच्च शिक्षाका लागि अमेरिका जाने बाटो खुलेको छ ।
तत्कालिन द्धन्द्धमा धेरैले घरबार गुमाए, आमाबावु गुमाए, सम्पती गुमाए, सयौं व्यक्तिहरु अहिलेपनि अपाँग र घाईते जीवन बिताउन बाध्य छन् तर दैलेखका राजन रिजाल भने एक युद्धपीडित बालक भएर पनि आफ्नो उज्जवल भविष्य निर्माणका लागि अमेरिका सम्मको यात्रा तय गरेका छन् ।
उनको संघर्षपुर्ण कथा यस्तो थियो यो भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार