पहिचान र अस्तित्व विनाको ‘लोकतान्त्रिक चौक’


धनबहादुर के.सी.
दैलेख जिल्ला स्थित नारायण नगरपालिका वडा नं. १ पुरानो बजारको स्थानीय टुडिखेल मूल प्रवेश द्धारमा नामाकरण सम्म रहेको ‘लोकतान्त्रिक चौक’ ।
लोकतान्त्रिक जनआन्दोलन वर्ष २०६२÷ ०६३ मा तत्कालिन राष्ट्र अध्यक्ष श्री ५ ज्ञानेन्द्र विरविक्रम शाहदेवको राज्य कालमा देशमा निरञ्कुश शासन विरोधमा राजनितिकदलहरु, शुभचिन्तक नागरिक आदिको समर्थन र सहयोगमा भएको लोकतान्त्रिक जन–आन्दोलनको क्रममा दैलेखका वर्तमान सांसदहरु (रविन्द्रराज शर्मा, राजबहादुर बुढा)र नेपाली काँग्रेस पार्टीका प्रतिनिधिहरुलाई राजद्रोह मुद्धामा दैलेख जिल्ला कारागारमा हिरासतमा राखिएका व्यक्तिहरुद्धारा लोकतान्त्रिक जन–आन्दोलन सफलता प्राप्ती पश्चात हिरासत मुक्त भएर अविरजात्राको खुसीयाली संगै बजार परिक्रमाको शुरुमै स्थानीय टुडिखेल मुल प्रवेशद्धारमा कोणसभा सम्बोधनको क्रममा उक्त स्थानलाई ‘लोकतान्त्रिक चौक’ घोषणा हर्षोल्लासको संस्मरणलाई जिवित राख्न ‘लोकतान्त्रिक चौक’को पहिचान सर्वव्यापक एवं अस्तित्वको स्तरोउन्नतीमा प्रभावकारी भूमिकामा ठोस पहल गर्न नारायण नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्री तिर्थनारायण श्रेष्ठ लाई पटक–पटक अनुरोध गर्दा उहाँबाट ओठे जवाफ मात्र पाउँदा यसको विकल्पमा आ.व. ०७६÷०७७ को नारायण नगरपालिका वडा स्तरीय विकास बजेट कार्यक्रममा प्रस्तावित योजना संकलनमा समेत यस लोकतान्त्रिक चौकको आधुनिक मोडल निर्माण बाट स्थापना गर्न विकास बजेट कार्यक्रममा प्रस्ताव पेश गरियता पनि यसप्रति कत्तिपनि सहानुभुति नहुँदा म सहित अन्य शुभचिन्तकहरु अत्यन्त दुखित छौ ।
लोकतान्त्रिक जन–आन्दोलनमा सम्बद्ध राजनितिक पार्टी प्रतिनिधि, शुभचिन्तक नागरिक तथा राष्ट्रिय÷अन्र्तराष्ट्रिय शुभचिन्तकहरु निरास हुनुको साथै लोकतान्त्रिक जन–आन्दोलन समर्थक राजनितिक पार्टी प्रमुख तथा प्रतिनिधि आदिको अपमान भएको छर्लङ्ग हुन्छ ।
तसर्थः वर्तमान संघिय सभा प्रतिनिधि, प्रदेश सभा प्रतिनिधि तथा स्थानीय निकायका जनप्रतिनिधी र नेकपा पार्टी र नेपाली काँग्रेस पार्टी प्रमुख प्रतिनिधि ज्यूहरुलाई यस ‘लोकतान्त्रि चौक’ स्थानको स्थलगत अनिवार्य अवलोकन गरी आवश्यक सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।
धनबहादुर के.सी.
नारायण नगरपालिका–१ लोकतान्त्रिक चौक (पुरानो बजार) दैलेख

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार