पीडित परिवारले पाए मृत्युदावीको १५ लाख


भाद्र २१, दैलेख
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. दैलेखसँग बिमा गराएका एक परिवारले मृत्युदावी बापत १५ लाख रकम प्राप्त गरेका छन् ।
नारायणा नगरपालिका ६ की कृष्णा कुमारी कटुवालले १२ लाखको विमा गरेकी थिईन् । उनले नियमित पाँच किस्ता रकम बुझाएकी थिईन् । कृष्णा कुमारी कटुवालको मृत्यु भएपछि उनको मृत्यु दावी रकम मृतकका श्रीमान हस्त वहादुर कटुवाले गरेका थिए । कुल विमाङक रकम १२ लाख र ५ वर्षको वोनस रकम गरी जम्मा रु १५ लाख ७२ हजार ८ सय रकम भुक्तानी भएको हो । मृतकले दुइ वर्ष अगाडी २ लाख ऋण लिएकोले उक्त रकमको साँवा व्याज कटाईएको शाखा प्रमुख रिमालले बताए । कटुवालले १३ लाख ३२ हजार बढी रकम प्राप्त गरेका छन् ।
शनीवार पञ्चकोशी होटलमा आयोजित कार्यक्रममा नेशनललाईफा इन्स्योरेन्स कम्पनीका दैलेख शाखा प्रमुख विवाखर रिमाल, नारायण नगरपालिका दैलेखका मेयर श्री रत्न वहादुर खड्का र नेकपा दैलेखका नेता तेज वहादुर चन्द लगायतको उपस्थितीमा रकम हस्तान्तरण गरिएको हो ।
नेशनललाईफ इन्स्योरेन्स कम्पनी दैलेख शाखाको आयोजनामा शनिवार नै अभिकर्ता क्षमता अभिवृद्धि तालीम सुरु भएको छ । तालीममा कम्पनीले हालै संचालनमा ल्याएको संजीवनी (सावधिक) वीमा योजनाको वारेमा तालिम संयोजक विवाखर रिमालले अभिकर्ताहरुलाई जानकारी गराएका छन् । तालीममा आ.व.७५÷७६ मा उत्कृष्ट व्यवसाय गर्न सफल २० जना अभिकर्ताहरुलाई सम्मान सँगै १७ लाख २८ हजार ९ सय ५५ रुपैयाँ ४५ पैसा वरावरको रकम कामको आधारमा इन्सेन्टीभ प्रदान गरिएको छ । कार्यक्रको संचालन यमुना कुमारी थापाले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार