संरचना परिवर्तन सँगै काम गर्ने तरिका पनि बदल्नुपर्छ ः थापा


भाद्र २२, दैलेख
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी र जनप्रतिनिधिको काँधमा आएको बताउँदै संरचना सँगै अव काम गर्ने तरिका पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
निजामती सेवा दिवसको अवसरमा जिल्ला समन्वय समितिमा भएको कार्यक्रममा बोल्दै थापाले अव सवै परिवर्तन हुनुपर्ने बेला आएको बताए । सुरुवातीका दिनमा धेरै पालिकामा भौतिक संरचनाको अभाव हुँदा हुँदै पनि परिवर्तनलाई संस्थागत गर्न जसरी खटेका छौं अँझै प्रभावकारी रुपमा खट्नुपर्ने बेला आएको छ । स्थानीय तहमा खटिएका कर्मचारीहरुलाई स्थानीय सरकारले थप प्रोत्साहन प्रदान गर्नुपर्ने बारेमा जिल्ला समन्वय समितिले बिगत बर्षदेखिनै समन्वय गरेको जानकारी गराउँदै अव सरकारले पनि सुविधा प्रदान गरेको र सोही अनुसार जनताको काममा सवै खट्नुपर्ने सुझाव दिए । हाम्रो ठूलो सत्रु भष्टाचार र गरिबी हो अव भ्रष्टाचारको अन्त्य गर्छौ भनेर सबैले प्रण गर्नुपर्ने बेला आएको थापाले बताए । भ्रष्टाचार सँगै गरिवीको अन्त्य गर्ने, गाउँमै रोजगारी दिने काम गरे मात्र मुलुक आर्थिक समृद्धितर्फ अगाडी बढ्छ ।
दिवसकै अवसरमा बोल्दै नगरप्रमुख रत्नबहादुर खड्काले संघीय संरचना परिवर्तन सँगै जनताले उठाएको करबाट निर्वाचित जनप्रतिनिधिहरुले सेवा सुविधा लिईरहेकाले जनप्रतिनिधि र कर्मचारी सबै राष्टसेवक रहेको बताउँदै अव निजामती कर्मचारी प्रशासन र निर्वाचित जनप्रतिनिधिहरुले हातेमालो गरेर मुलुकको समृद्धितर्फ लाग्नुपर्ने बताए । बिकास र समृद्धिमा सवैको नारा एउटै हुनुपर्ने देखिएको छ । गाउँ गाउँमा सिंहदरवार आएको अनुभूति जनतालाई दिनुपर्ने छ । सो पूरा गर्ने काम राष्टसेवक कर्मचारी र जनप्रतिनिधिको हो । केही असमझदारीहरु होलान तर सवैले बहस र छलफल गरेर मुलुक निर्माणमा लाग्नुपर्ने बेला आएको खड्काले बताए ।
जिल्ला न्यायाधिस डण्डपाणी लामिछानेले विकास र समृद्धिमा सुशासन कायम गरेर राष्टसेवक कर्मचारीको नारा सार्थक बनाउनुपर्ने सुझाव दिएका छन् । आ–आफ्नो स्थानमा पदिय दायित्व र जिम्मेवारी पूरा गर्न कर्मचारी लाग्नुपर्दछ । हामी जुन स्थानमा बसेर सेवा प्रवाह गरेका छौं सबै स्थानमा कानून लागू भएको हुन्छ । सबैले कानुन अनुकूलको सेवा प्रदान गर्दै सुशासन र पारदर्शीता अभियान थाल्नुपर्ने सुझाव लामिछानेले दिएका छन् ।
जिल्लामा रहेका कर्मचारीहरुका बिभिन्न संघ संगठनमा आवद्ध नेताहरुले ट्रेड यूनियनहरु संकुचित अवस्थामा पुगेको, कर्मचारीका बृती विकास सेवा सुविधा, कर्मचारीका परीवारको पालन पोषण लगायतका बिषयमा राज्य गम्भिर हुनुपर्ने सुझाव दिएका छन् ।
राजनीतिक परिवर्तन सँगै तीनवटा सरकारको बिभाजन कर्मचारीमा पनि भएको छ । कर्मचारीहरु पनि तीनवटै सरकार अन्तर्गत रहेका छन् । संघीय निजामती सेवा ऐन आउने तयारीमा रहेको छ । नेपाल सरकारले बेला बेलामा थिचोमिचो गर्ने काम भएका बेला कर्मचारीहरुका बिभिन्न मागबारे ट्रेड यूनियनले खवरदारी गरिरहेको बताए ।
कार्यक्रममा आधिकारीक ट्रेड यूनियनका अध्यक्ष भिमबहादुर बिष्ट, कर्मचारी मिलन केन्द्रका अध्यक्ष तेजबहादुर थापा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष तिर्थ जिसी, नेपाल कर्मचारी यूनियन संघका अध्यक्ष तुलसी प्रसाद उपाध्याय, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष जीतबहादुर खत्री लगायतले सुझाव सहितको मन्तब्य राखेका छन् ।
कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले हामिले दिएको सेवा साँचो अर्थमा जनताको आर्थिक अवस्था सुधारका लागि भएको छ कि छैन्, सुशासन भएको छ कि छैन्, जनताले राम्रो काम भएको अनुभूति गरेका छन् कि छैनन गहिरो रुपमा जाँच गर्नुपर्ने बेला आएको बताएका छन् । राष्ट्रसेवकका आचार सहिंता छन्, नियम कानून छन् त्यही भित्र रहेर हामीले नागरिकको सेवाका लागि खट्नुपर्ने छ । अव कार्यालय समयभन्दा १० मिनेट अगाडी कार्यालयमा पुगौं, जनता टेवुलमा आएका बेला सहजै रुपमा काम गरौं, वातावरण रमाईलो बनाऔं, नागरिकहरु बाध्यताले टेवलमा आएका हुन्छन् यो कुरा बुझांै । हामीले जनतालाई आहा कस्तो राम्रो व्यवहार गरेको भन्ने कुरालाई ध्यान दिऔं । व्यवसायिक नैतिकता र सदाचारितालाई सँधै ख्याल गरौं यति गरेपछि जनताप्रति उत्तरदायि भएको मानिने छ । काममा गुणस्तरता हुने छ र मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार