डोल्पाका लागि उडेको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण


भाद्र २३, दैलेख
सुर्खेतबाट डोल्पाका लागि उडेको माउन्टेन एयरको नाइनएन (ए.एलडी) हेलिकप्टर खराव मौसम भएपछि दैलेखको बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । सोमबार बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा फिउल भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । बिहान ७ः३० बजे दैलेखको बारुदथानको खुल्ला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिव ढेड घण्टापछि पुनः उडान भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् ।
हेलिकप्टरमा चालक दलका तीन जना सदस्य मात्र रहेका थिए । हेलिकप्टर दैलेख देखि नेपालगंज तर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगंजबाट पुन उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिएका छन् । दैलेखमा सोमवार बिहानैदेखि लगातार बर्षा भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार