दशंै अघि बिभिन्न पालिकाबाट १८ हजार क्यून्टल चामल माग


भाद्र २३, दैलेख
खाद्यन्नको समस्या झेल्दै गाउँमा निकै महंगोमा पसलको चामल किन्नुपर्ने बाध्यता हरेको दैलेखको दुर्गम ठाँटीकाँधका स्थानीयहरुले अहिले सस्तो दरमा गाउँमै चामल पाएपछि खुसी भएका छन् ।
दैलेखको निकै दुर्गम ठाँटीकाँधमा गत वर्ष असिना पानीले गहुँवाली पूर्ण रुपमा नष्ट ग¥यो, करिव २२ करोडको क्षति भएको बिवरण जिल्ला दैवी प्रकोप तथा उद्धार समितिमा गाउँपालिकाले पेश ग¥यो । गाउँपालिका अध्यक्ष धिरबहादुर शाही समेत प्रदेशका बिभिन्न मन्त्रालयमा पुगे राहत तथा क्षतिपूर्तिका लागि पहल गरिदिन सवैसँग कुरा गरे । केन्द्र सरकारको संसदमा समेत यो कुरा उठ्यो । गाउँपालिकाभरी खाद्यान्न अभाव हुन थालेपछि नेपाल खाद्य संस्थान दैलेखका प्रमुख रणबहादुर ऐरीको पहलमा जिल्लामा बिस्थापित खाद्य डिपो पुनस्र्थापनाको तयारी सुरु भयो । जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्ष प्रेम थापा, प्रमुख जिल्ला अधिकारी, प्रतिनिधि सभाका सदस्य रविन्द्रराज शर्मा लगायतको टोलि केन्द्रमा पुग्यो । अहिले दैलेखको ठाँटीकाँधमा दैलेख सदरमुकामकै दररेटमा स्थानीयले खाद्य संस्थानको चापल पाएपछि खाद्यन्न समस्या समाधानमा सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । एक महिना अघि ५ सय क्यून्टल चामल ठाँटीकाँध पुगेर बिक्रि भैसकेको गाउँपालिकाले जानकारी दिएको छ ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पनि गत वर्षकै असिना पानीले गहुँवाली पूर्ण रुपमा क्षति गरेको भन्दै करिव २२ करोड बढीको क्षतिको बिवरण नगरपालिकाले जिल्ला दैवीप्रकोट उद्धार समितिलाई बुझाएको छ । दशंै नजिकिदै गर्दा खाद्यान्न समस्या समाधान गर्न डिपोमै चामल उपलब्ध गराईदिन नगरपालिकाले खाद्य संस्थान दैलेखमा माग गरि पठाएको छ ।
दैलेखको दुल्लू र टाँठीकाँधबाट बिस्थापित भएका खाद्य डिपोहरु सँगै नौमूले, बेस्तडा र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा खाद्य डिपो स्थापनाको अन्तिम तयारी भैरहेको नेपाल खाद्य संस्थान दैलेखले जानकारी दिएको छ ।
दशैंलाई मध्यनजर गर्दै १८ हजार क्यून्टल चामल माग
सोमवार खाद्य व्यवस्था समिति दैलेखको बैठकले जिल्लाका बिभिन्न स्थानहरुमा १४ हजार क्यून्टल चामल आवस्यकता रहेको भन्दै माग गर्ने निर्णय गरेको छ । बिभिन्न पालिकाबाट समितिमा आएको माग अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ९ हजार क्यून्टिल, नौमूलेमा ३ हजार, ठाँटीकाँधमा २ हजार र दुल्लूमा ४ सय ५० क्यून्टिल चाम माग भएकोले दशैं अघि बिश्वासिलो ढुवानीकर्तासँग समन्वय गरेर भएपनि चामल आपूर्ति गरिदिन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानको प्रधान कार्यालयलाई अनुरोध गरेको छ । दैलेख सदरमुकामको पूर्वी क्षेत्र जाजरकोट नजिक सिमानाका जनतालाई सहज हुने गरि भगवतीमाई गाउँपालिकाको बेस्तडामा नयाँ डिपो स्थापना सँगै ४ हजार क्यून्टिल चामल आवश्य भएको भन्दै माग गर्ने निर्णय गरिएको छ ।
सदरमुकाम दैलेख बजारमा ५ सय क्यून्टल चामल भण्डारण गर्ने क्षमता भएको पाँच कोठाको गोदाम घर, कम्पाउण्ड वाल, निर्माण गरि हाल ढुवानी भैरहेको नेपालगंज र सुर्खेतबाट भन्दा दैलेखबाट कर्णालीका बिभिन्न जिल्लामा ढुवानी बन्दोबस्त भए ७९ किलोमिटर सडक दुरी कम हुने र सरकारको ढुवानी लागत घट्ने भएकोले सोको व्यवस्थापनका लागि पनि प्रधानकार्यालय काठमाण्डौंलाई पनः अनुरोध गरिएको खाद्य व्यवस्था समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख दुर्गम स्थानका नागरिकहरुका लागि खाद्य संस्थानको सस्तो दरमा चामल आपूर्ति हुन सके जनताको लाखौं रकम बचत हुने भएको र दशै अघि सवै स्थानमा खाद्यन्न आपूर्तिबारे पहल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार