संविधान दिवस दैलेखमा भब्य मनाउने तयारी

भाद्र २५, दैलेख
दैलेखमा असोज २ देखि ४ गतेसम्म संविधान दिवस भब्य रुपमा मनाउने तयारी गरिएको छ ।
जिल्ला समन्वय समिति दैलेखको सभाहलमा सम्पन्न बैठकले संविधान दिवसको अवसरमा हरेक सरकारी कार्यालय, राजनीतिक दल, उद्योगी व्यापारी, गैर सरकारी संस्थाहरुले आफ्नो घर, कार्यालयमा नेपाली झण्डा फहराउने निर्णय गरिएको छ । तीनैदिन दिपावली गर्ने, बजार सरसफाइ गर्ने निर्णय समेत गरिएको छ । असोज ३ गते बिहान स्थानीय गणेशचौकबाट राष्ट्रिय झण्डासहित प्रभातफेरी गर्ने, बजार परिक्रमा पश्चात स्थानीय देवकोटा चौकमा संविधान बारे बहस गर्ने, साँझ देवकोटा चौकमा संयुक्त दिप प्रज्वलन गर्ने, असोज ४ गते रेडक्रस माविमा रहेका फरक क्षमता भएका विद्यार्थी बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्ने, जिल्ला अस्पतालमा फलफूल वितरण गर्ने लगायतका निर्णय भएको जिल्ला समन्वय समिति दैलेखका अधिकृत पदम सापकोटाले जानकारी दिएका छन् । संविधान दिवसको लागि आवश्यक सहजिकरण गर्न नारायण नगरपालिका, सरकारी कार्यालय, दैलेख उद्योग वाणिज्य संघ, सामाजिक सेवा केन्द्र सोसेक, एभरेष्ट क्लव लगायतलाई कामको जिम्मेवारी समेत तोकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार