हेलिकप्टर कुर्ने समयभित्र कर्णाली अस्पताल पुग्छन् बिरामी दैलेखका दुर्गममा हेलिकप्टरको पहुँचै छैन्


भाद्र २५, दैलेख
जिल्ला अस्पताल दैलेखले पाएको स्वीकृती १५ शैयाको हो तर अहिले ५० शैयामा संचालन छ । बिरामी खचाखच भरिएका हुन्छन् । एक स्थायी डाक्टर र ४ अस्थाई डाक्टर जिल्लामा कार्यरत छन् । जिल्ला अस्पताल दैलेखमा विशेषज्ञ सहितको सेवा आवश्यक भएपनि १५ सैयाकै दरबन्दी अभाव छ । स्थायी डाक्टरकै दरबन्दी पूरा हुन सकेको छैन् । बिगतको तुलनामा अस्पताले दिने सेवा सुविधा धेरै विस्तार भएको छ । दैलेख सदरमुकाममा स्थायी डाक्टरका रुपमा रहेका डाक्टर निरन्जन पन्त आफै प्रसूती बिशेषको काम गर्दछन् । जिल्ला अस्पतालमा सुत्केरी समस्या भए हेलिकप्टर बोलाउँदा र कुर्दा लाग्ने समयभन्दा एम्बुलेन्समा बिरामी राखेर कर्णाली प्रदेश अस्पताल साढे २ घण्टामा पुग्न सकिन्छ । जटिल अवस्था आए हो नत्र हामीले नसक्ने देखेपछि तुरन्त अस्पतालकै एम्बुलेन्समा सुर्खेत पठाउँछौं आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क रुपमा पठाउने गरेको निरन्जन पन्तले बताए ।
दैलेखमा गत आर्थिक वर्षमा ५ सय देखि ६ सय सुत्केरी भएका आमाहरु मध्ये ४० प्रतिशत आमाहरु किशोरी थिए, कम उमेरमै बिहे गर्ने अनि बच्चा जन्माउने दैलेखमा रोगनै बसेको पन्तको भनाई छ । यो समस्या जिल्लाभरी रहेको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । हाम्रो पालिकामा पनि ४० प्रतिशत बढी किशोरी आमाहरु उमेर नपुग्दै बच्चा जन्माउने गरेका छन् ।
कम उमेरमा बच्चा जन्माउने समस्याले किशोरिहरुमा मानसिक तनाव बढ्ने, बच्चाको कम तौल हुने र यसले गर्दा बच्चाहरु कुषोपित धेरै हुने समस्या रहेको छ । नारायण नगरपालिका वडा नं. १० भवानीमा आमा र बच्चाहरुलाई पोषण आहार वितरण गर्ने कार्यक्रममा अधिकाँस कम उमेरका आमाहरु देखिए सबै बच्चाको तौल नियमित रुपमा स्वास्थ्य संस्थाहरुले जाँच गर्ने गरेका छौं । तौल पनि कम देखिएको छ । कुपोषित बालबालिकाहरुका लागि अस्पतालमै उपचारको व्यवस्था छ । जटिल समस्या देखिएका बालबालिकाहरुलाई उपचार केन्द्रमा पठाउँछौं । कम उमेरमै बच्चा जन्माउने समस्या बढ्दै गएपछि यसको निराकरण गर्न जनचेतना अभियान जरुरी देखिएको भवानी स्वास्थ्य चौकी प्रमुख नवराज सुवेदीले बताए ।
हेलिकप्टरमा पहुँच पुग्दैन, एम्बुलेन्स हाम्रो हेलिकप्टर हो
जिल्ला अस्पताल मात्र हैन स्थानीय स्वास्थ्य संस्थाहरुसँग पहुँच नभएका दैलेखका दुर्गम बस्तिहरु धेरै छन् । यहाँका महिलाहरु प्रसव पीडाले च्यापेपछि सडक राम्रो नभएका कारण स्टेचरमा बोकेर नजिकको स्वास्थ्य संस्थामा ल्याउने र त्यहाँ पनि नभए एम्बुलेन्समा बोकेर सुर्खेत वा दैलेख सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ ।
आठबिस नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायले भने दैलेखका दुर्गम क्षेत्रका बासिन्दाको हेलिकप्टर भनेको एम्बुलेन्स हो । सबैभन्दा दुर्गम मानिने पिपलकोटबाट सुर्खेत सम्म बिरामी पु¥याउन करिव ७ घण्टा लाग्ने गर्दछ । भगवान भरोसामा सुत्केरी महिलाहरु एम्बुलेन्समा लैजानुपर्ने समस्या छ । खैर दुई वर्ष यता ठूलो विपत्ती भोग्नु परेको छैन् । तीन वर्ष अघि एकजना महिलाको सुत्केरी हुन नसकेर मृत्यु भएको थाहा छ । हेलिकप्टर पनि पहुँचवाला वा जिल्लामा मन्त्री भएका स्थानमा छिटो पुग्छ हामीलाई समेत पहुँच पुग्न मुस्किल छ उपाध्यायको गुनासो छ ।
दैलेखको सबैभन्दा दुर्गम मानिएको नौमूले गाउँपालिकाको द्धारी र कालिका पनि हुन् यहाँका बासिन्दाहरुको पहुँच हेलिकप्टर सम्म नपुग्ने गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । दुर्गमका धेरै स्थानहरुमा प्रसुती सेवा उपलब्ध भएकोले धेरै सहज भएको स्थानीय सरकारको भनाई छ ।
ठाँटीकाँध गाउँपालिकामा दुई महिना अघि जीप दुर्घटना हुँदा ४ जना गम्भिर घाईतेको उद्धारका लागि हेलिकप्टरको व्यवस्थापन गर्नुपर्ने भयो, सुमित ऐयर सँग कुराकानी ग¥र्यौं उनिहरुले स्थानीय सरकारको बिश्वास गरेनन्, ४ लाख रकम लाग्ने भयो । तत्कालिन प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटा रोहवर बसेर हेलिकप्टर आयो । स्थानीय सरकारको पहुँच पुग्दैन जनताको सहज पहुँच त कता हो कता ? शाहीले गुनासो गरे ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका पनि दुर्गम नगरपालिका भित्र पर्दछ । आपत परेका सुत्केरी महिलाहरुलाई एम्बुलेन्समै सुर्खेतसम्म पु¥याउने गरेको नगर प्रमुख सुर्यबहादुर शाहीले बताए । सरकारले हेलिकप्टर सेवा उपलब्ध गराएको हो कि रकम तिर्नुपर्ने हो सेवा लिनेवारेमा दैलेखका दुर्गमका स्थानीय सरकारहरु यसवारे अनविज्ञ रहेको बताउँछन् ।
सरकारले निशुल्क सेवा दिन हो भने


हाम्रातिरका दुर्गम बस्तिमा पनि महिलाहरु सुत्केरी अवस्थामा निकै पीडामा परेका हुन्छन् सरकारको सहज पहुँच के हो सो को जानकारी भए सुरक्षित सुत्केरीका लागि आफुहरुले पनि पहल गर्ने गाउँपालिका सरकारले पहल गर्ने स्थानीय सरकारहरु बताउँछन् ।
दैलेखको पूर्वी क्षेत्रमा पर्ने भगवतीमाई गाउँपालिकाका सबै स्थानहरुमा स्थानीय सरकार आउने बित्तिकै बर्थिङ सेन्टर संचालन भएकोले सुत्केरी महिलाहरुको लागि धेरै सहज भएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए समस्या भए एम्बुलेन्सवाटै दैलेख अस्पताल र सुर्खेत सम्म पु¥याउने गरिएको छ ।
मन्त्रीको पहुँच दैलेखमा अहिलेमात्र हैन उहिल्यै देखि छैन्
गएको निर्वाचनमा नेकपाले दैलेखका सबै स्थानमा बिजय हाँसिल ग¥यो, जिल्लाबाट संघ वा प्रदेशमा एकजना मन्त्री पाउनुपर्ने माग स्थानीय नेताहरुको रहेको भएपनि दैलेखले मन्त्री पाउन सकेको छैन् । यस अघि राजाको शासन हुने बेलामा जलस्रोत राज्य मन्त्री, नेपाली काँग्रेसको सरकार हुँदा दुईपटक सहायक राज्य मन्त्री र एकपटक राप्रपाबाट सहायक राज्य मन्त्री बाहेक दैलेखले अहिलेसम्म मन्त्री पाएको छैन् । केन्द्रमा नेताको पहुँच नपुगेको हो वा दैलेखलाई हेला गरिएको हो । मन्त्री भएको भए हेलिकप्टर सेवा मिल्दो रहेछ अन्य नेताको त पहुँचमै छैन हेलिकप्टर जिल्लाका नेताहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार