दैलेख नारायण नगरपालिका वडा न १ जन्मीएर दैलेखको कला संकृतीलाई उजागर गर्न स्थानिय कलाकर्मी अबिषेक अनुराग ले ठुलो भुमिका खेल्दै आउनु भएको छ । साथै गित संगीत र साहित्यको दैलेखको सेरोफेरोमा उहाले अतुलनिय योगदान गर्नु भएको छ ।२०५९ सालमा फुल टिपी लाईदिउन निर्माया भन्ने गित धेरै श्रोताको मनका्े ढुकढुकी बन्न सफल बन्नुभएका अनुराग को पछिल्लो एल्बम तिम्रो कारण बजारमा हालसालै आएको छ । उहाको भनाई छ भारतको गोरे गाउमा दैलेखको निकै चर्चा हुने गर्छ त्यो किन हो भन्दा अन्तराष्ट्रिय स्तरको गाएक कुमार कान्छा दैलेखी नै भएकै कारणले नै हो बिश्वमान चित्रमा दैलेखको नाम रोसन गर्ने हो भने दैलेखको कला संस्कृती सभ्यतालाई उठान गर्नका लागि सम्बन्धित निकायहरुको ध्यान पुग्न जरुरी छ ।
किन भन्दा मलाई हेक्का छ । डोल्पाली गाएक बिमल डागी ले गायको गित फापरको पिठो पठाई देउ आमा सहरको चामल साह्ै नै महगो भन्ने गित गाउदा धेरै डोल्पाली जनताले गायक बिमल डागी लाई फापरको पिठो काठमाण्डौ लगीदिएका थिय । डोल्पाली जनताको मायाले नै सफल गाएक बनेका हुन । त्यसको बदलामा बिमलले डोल्पाका रमाईला दृश्यलाई लिएर नमस्ते डोल्पा भन्ने डकुमन्ट्रि निर्माण गरेका छन । बिश्वास लिन सकिन्छ त्यो डकुमेन्ट्रि हेरेपछि डोल्पाको पर्यटनको बिकास भएको मान्न सकिन्छ । त्यसैले दैलेखी कलाकारलाई पनि यस्तै परकारको माया चहिएको छ । अनिमात्र निश्चित रुपमा दैलेखी कलाकारहरुले दैलेखको नाम अगाडी बढाउने छन ।
स्थानिय श्रष्ठा अबिषेक अनुराग संग धमाका दैनिकले लिएको शनिबारीय अंकमा उहाँसंगको कुराकानी उल्लेख छ ।
सर्बप्रथम यहाँलाई धमाका शनिबारीयमा यहाँलाई स्वागत छ ।
धन्याबाद ः मलाइ पनि खुसी लागेको छ तपाई संग कुराकानी गर्न पाउदा
आज भोली के गर्दै हुनुहुन्छ ?
त्यस्तै त बस बस छ । केहीमहिना अगाडी मात्र तिम्रो कारण भन्ने एल्बम बजारमा ल्याएको थिए खासै चल्न सकेन ।
किन चलेन नचल्नुमा के कारण हुनसक्छ ?
मेरो अवाज को स्केल पुगेन प्राबिधीक पक्षका केही साथिले मलाई धोका दिए त्यसै कारणले होला त्यति चलेन जस्तो लाग्छ ।
त्यहि एल्वमको गितको शब्द सुनाईदिनुहोस न त्यो शब्द कस्को थियो ?
यो रचना मेरै हो म छोटो मात्र तपाईलाई सुनाउछु है त म माया गर्छु तिमीलाई गरी रहन्छु आज धोका दियौ तिम्रो भुल हुनेछ । एक दिन यस्तो दिन आउनेछ तिम्रो आसु मैले पुछ्नु पर्नेछ ।
यो एल्बम बाट तपाईलाई कति फाईदा घाट के भो ?
आजभोली बिभिन्न किसमका प्रबिधीले गर्दा एल्बम बिग्दैन सबै कलाकारको पिडा यहिनै हो मेरो फाईदा भन्दा पनि मलाई २ लाख रुपैया घाटा भो हामी दुरदराजका मान्छे जानु प¥यो खानु प¥यो बस्नु प¥यो त्यसैले बढी खर्च समेटिन्छ त्यसैले मलाई फाईदा भन्दापनि घाटानै भो ।
तपाई एउटा स्थानिय कलाकर्मी हो र यस जिल्लामा पर्यटन का लागी निकै सम्भावन रहेको छ यस क्षत्रका एतिहासीक विषय वस्तु समेटेर एल्वम निकाल्ने बारे केही सोच्नु भएको छ ।
यसको लागी हामी एक दुई जनाले गरेर केही हुदैन सम्वन्धित निकायले यसको प्रचार र प्रसारको लागी स्थानिय कलाकर्मीको सम्मान र सहयोग गर्यो भने एल्वम निकाल्न सकिन्छ यस बाटै भएपनी जिल्ला लाई चिनाउन सक्छौ
तपाइ यो क्षेत्रका कस्को प्रभाव वा प्रेरणाले लाग्नु भयो ?
छैन म आफ्नै रुचिले आएको हु । सानै मा स्कुलमा गाउदा स्वर निकै राम्रो छ गायक हुन्छ भन्ने साथीहरुले नभन्दै त्यस्तै त्यस्तै भएको छु ।
विवाह गर्ने बारे केही सोच बनाउनु भएको छ ?
यस बारे सोच्नुपर्छ जीवन साथीको मामिला छ निकै सोच विचारका साथ गनुपर्ला
कहिल सम्म ?
हेरौ लगन कहिले जुरने हो
अन्त्यमा कोही कसैलाई केही भन्न चाहानुहुन्छ ।
सर्वप्रथमत धमाका राष्ट्रिय दैनिक लाई धन्यवाद चाहान्छु र कला क्षेत्र चुनौती पुर्ण क्षेत्रहो यस क्षेत्रमा लाग्ने हरुको कला र गलाको सम्मान गरिनुपर्छ भन्ने मलाई लाग्छ ।
हस्त धन्यवाद







