गाउँको संचारको बिकासलाई पनि सम्मान गरौं

अन्तरवार्ता
एक गाउँ एक पत्रकार नारामा मात्रै सिमित नराख्ने उद्देश्यले दैलेखको विभिन्न क्षेत्रहरुमा सुचना र संचारकर्मीहरुको पहुँच पुर्याउने उद्देश्यले धमाका दैनिकले बिगत तीन बर्षदेखी थालेको गाउँ गाउँमा संचारकर्मी र राष्टिूयस्तरसम्मको सुचनाको पहुँच भन्ने मूल नारालाई अग्रसरता दिन विगत चार बर्ष देखी पत्रकारीमा निकै महेनती भएका लागिरहनुभएका पत्रकार श्याम विष्टले विगत दुई बर्षदेखी गाउँमै गएर संचार माध्याम र सुचनामा गाउँको पहुँचलाई अगाडी बढाउन निकै सहयोग  पुर्याउनुभएको छ ।
सदरमुकाम भन्दा दुर्गममा गएर गरिएको पत्रकारिता भित्रका चुनौतीका बारेमा धमाका दैनिकका सह सम्पादक कमल शर्माले गर्नुभएको कुराकानी ।
तपाँई संचार क्षेत्रमा किन लाग्नु भयो ? म सञ्चार क्षेत्रमा लाग्नुको एउटा सानो इतिहास छ म सानै छदा संञ्चार क्षेत्रमा काम गर्ने मेरो तिव्र चाहना , त्यसैमा पनि मैले नि.मा.वि शिक्षा जनकल्याण उच्च माध्यामिक विद्यालयबाट मा.वि. तथा उच्च माध्यामिक शिक्षा त्रिभुवन नमूना उच्च माध्यामिक विद्यालयमा अध्ययन गरे र प्राविधिक शिक्षा अध्ययनको लागी सुर्खेतमा रहेको माउन्ट एभरेष्ट इन्जिनियरिङ्ग शिक्षालयमा १५ महिले व्ऋत् कोष अध्ययन गरे पुन म दैलेख जिल्लामा तीन महिले निशुल्क प्राकटिकका लागि दैलेख आए जिल्ला हुलाक कार्यालयमा मैले प्रत्र ल्याएर आएको थिए हुलाक कार्यालय दैलेखले मलाई काम गर्ने मौका अवसर दिन सकेन र म दैलेख जिल्ला प्रशासन देखी जिल्ला विद्युत कार्यालय सम्म आफ्नो इव्त् को लागी निकै दौडदुव गरे तर कहीपनि मैले अवसर पाइन त्यसै समयमा त्रिभुवन नमूना उच्च माध्यामिक विद्यालयका भक्त थापा शिक्षकसंग मेरो भेट भयो र मेरा सबै दुखलाई सम्झेर त्रिभुवन नमूना उच्च माध्यामिक विद्यालयमा प्राक्टीकल गर्ने वातावरण मिलाईदिनुभयो तै पनि प्रार्चाय ज्युले अनुमती भने दिनुभएको थिएन निरन्तर मैले तिन महिना सम्म आफुले अध्ययन गरेको विद्यालयमा काम गरे तीन महिनाको समयमा मैले धेरै विषयबस्तुमा ज्ञान पाए र तीन महिनापछी टेक्नीकल शिक्षा अध्ययन  गरेपनि रोजिरोटीका निम्ती दैलेखका धेरै कार्यालयमा दौडधुव गरे तर कहि रोजीरोटी नपाएपछी पुन मेरो भेट धमाका राष्ट्रिय दैनिकका प्रकाशक विष्णु शर्मा संग भयो मलाई प्रशासक ज्युले मेरो दुख र मेहनेतलाई कदर गर्नुभयोे र त्यही सहयोगका बाबजुत मैले धेरै अवसरहरु पाए र सञ्चार क्षेत्रमा काम गदै भष्टचार, अनियमिताको विरुद्ध लड्दै  संञ्चार जगतको नीति र नियमलाई पालना गदै अगाढी बढेको छु ।
समचार र लेख लेख्न कस्ले सिकाएको हो ?
समचार लेख र पत्रिका सेटिङ्गका निम्ती मलाई अमुल्य योगदान दिने धमाका राष्टिूय दैनिकका प्रकाशक विष्णु शर्माको सबैभन्दा ठुलो योगदान भएको सम्झन्छु किनकी म लगनशिल र मेहनेत गर्थे त्यसैमा पनि मलाई दैलेखका अग्रजहरुको चत्रिकला उनिहरुको आचरणले गर्दा म धेरै लेखमा रुची दिन्छु ।
महिनामा कति लेख लेख्नुहुन्छ ?
महिनामा १० वटा भन्दा बढी नै लेख्छु लेखमा पनि मुख्य विषय शिक्षालाई जोड दिन्छु ।
शिक्षामा किन बढी जोड दिनुहुन्छ ?
मैले प्रावि, निमावि र माध्यामिक हुदै उच्च माध्यामिक विद्यालय सम्म्म जुन शिक्षा ग्रहण गरे त्यति बेला देखी शिक्षकको आचरण उनीहरुको दायित्व र जिम्मेवारी बहन नगरीदिएकै अवस्था एउटा कोरो बालकको भविष्यमाथी खेलवाड गरीरहेकै अवस्था शिक्षामा देखीएको वकृती विसङगतीका म टुलुटुल हेरेर बस्न सक्दिन अनि कलम लाई निरन्तर चलाउन खोज्छु ।
हाल कहाँ बसेर काम गर्नुहुन्छ ?
विगत एक वर्ष अगाडी म दैलेख सदरमुकाममा रहेर काम गरे आफ्नो व्यक्तिगत समस्याले गर्दा अहिले गाँउमै बसेर काम गरिरहेको छु र गाउँका बिकास, संभावना, चुनौती र अवसरहरुसँग जमेर खेल्ने मौका पाएको छ ुत्यो नै मेरो जीवनको निकै ठूलो बागडोर बन्न थालेको छ ।
गाँउबाट समाचार अन्य रचनाहरु कसरी पठाउनुहुन्छ ?
हामीकहाँ विद्युत गएको छ हाम्रो कार्यालयमा अहिलेपनी १ थान कम्प्युटर प्रिन्टर, इन्टरनेटको लागी मोवायल, सिडिएमए, चौविसै घण्टा सञ्चालनमा छन् हाम्रो कार्यालय आफ्नै व्यक्तिगत आम्दानीले व्यवस्थापन गरेका छौ कार्यालयमा बस्ने हाम्रो  समय निर्धारण गरेका छौ स्थानीय स्तरमा रहेर काम गर्ने हामी २ जना छौ ।
सदरमुकाममा बसेर काम गर्ने संचारकर्मीहरुले तलब पाएका छैनौं भन्छन् तपाँईलाई गाउँमा बसेर गरेको कामको के मूल्याँकन भएको होला र हैन कहिले तलव बुझ्नु भएको छ ?
संचार क्षेत्र र संचारकर्मी बन्नको लागि सायद गाउँमा बसेर यस्तो महेनत कसैले गर्दैन होला ? त्यो मैले गरेको छ ु तर जिल्लामा यसको सम्मान भने छैन् । सञ्चार क्षेत्रमा काम गरेबापत हामीले कुनै पैसा लिएका छैनौं हाम्रो लक्ष्य पैसाको निम्ती हैन हाम्रो लक्ष्य एउटा सञ्चारकर्मीले ग्रामिण भेगमा भएको समस्यालाई सञ्चार माध्यम सम्म ल्याइपु¥याउने जिम्मेवारी हो त्यो जिम्मेवारी बहन गरेका छौ ,दैलेख जिल्लाकै सन्र्दभमा हामी सञ्चार क्षेत्रमा व्वस्थापन अन्य विषयमा अगाडी छौ भन्नुपर्छ कहिले काही रिर्पोटिङ्गमा जाँदा अलिकति गाह्रो हुन्छ तैपनि हामी आफ्नो समस्या समधान गरेकै छौ । मेरो आम्दानी भनेकै महिनामा अन्य काम गरेर पनि ४०००,सम्म हुन्छ । त्यसैबाट जेनतेन संचालनमा ल्याएको छु । तलबमा काम गर्न जिल्लाका संचारकर्मीहरुले त पाएका छैनन् गाउँका संचारकर्मीहरुको पालो त कहिले हो कहिले सपना जस्तो लाग्छ ।
समचार सम्पेषण गर्न कतिको गाह्रो वा सहज छ ?
समचार सम्पेषण निकै गाह्रो विषय छ ,भएको गतिविधिलाई तथ्य प्रमाणित भएपछी मात्र सम्पेषण गर्नुपर्छ भनेर अग्रज सञ्चारकर्मी गुरुहरुले शिक्षा दिनुभएको छ । कहिलेकाही लेख्दा लेख्दै भन्न खोजिएको अर्थ फरक भैदिन्छ त्यसमा निकै ध्यान पु¥याउनुपर्ने हुन्छ ।
दैलेखकका केही विद्यालयमा धमाका दैनिकको सहकार्यमा अन्र्तवार्ता कार्यक्रम पनि सञ्चालन गर्नुभयो यस विषयमा बताइदिनुहोस न ?
दैलेखका केही विद्यालयमा हामी पुगेका छौ र हामी केही विद्यालयमा पुग्न  पनी बाकी नै छ यो लक्ष्य कार्यक्रम हामी आफैले तय गरेका हौ,र त्यसमा लाँकुरीका बसोबास गर्ने केही सचेत नागरिकको हामीलाई निकै ठुलो सहयोग भएको पाएका छौ धमाका राष्ट्रिय दैनिकको टिम संग सहयोग मागेर लाँकुरी औलपराजुल, डाडापराजुल वडाभैरवका विद्यालयमा शैक्षिक बहस कार्यक्रम सम्पन्न भइसकेको छ भने अन्य विद्यालयमा शुक्रवार १ बजेपछि सञ्चालन गर्ने गर्दछौ सम्वन्धीत विद्यालयलाई १ हप्ता अगाडी जानकारी दिएका हुन्छौ ,सचेत अभिभावकले यस कार्यक्रम सञ्चालन गरेकोमा निकै धन्यवाद प्रकट गरेका छन् । हामीलाई त्यसमै गौरव छ । समाजको लागि केही गर्नुपर्छ भन्ने हैसियत राख्नेहरुले पैसालाई निकै गौण सोच्छन् हामीलाई पनी त्यही महसुस भएको छ ।
पछिल्लो चरणमा रेडियोले पनि यो कार्यक्रम सञ्चालन गरेको छ नी ?
रेडियोको कार्यक्रम हाम्रो ५ वटा विद्यालयको कार्यक्रम तय गरेपछी हामीले बनाएको कार्यक्रमलाई केही समयपछी मात्र रेडियो कार्यक्रममा लागु गरेको हो । हामीले बनाएको लक्ष्यमा पछिल्लो चरणमा शिक्षामा सबैले निकै चासो देखाएको पाइन्छ जिल्ला शिक्षा कार्यालय र दैलेख स्कुल परियोजनाको आर्थिक सहयोगमा हाल सञ्चालित कार्यक्रम हो यसमा हामीलाई केही सहयोग छैन ।
शैक्षिक बहस कार्यक्रम सञ्चालन गर्दा साउन्ड रेर्कडको आवश्यक पनि पर्छ र कति जना जानुहुन्छ ?
साउन्ड रेकर्ड हामी आफैसंग छ भारतमा काम गर्ने गएका लाँकुरी गा.वि.सका एकजना दाजुले हामीलाई सहयोग दिनुभएको हो भने शैक्षिक बहस कार्यक्रमको लागी धमाका          राष्ट्रिय दैनिकले पत्र मात्र उपलब्ध गराएको छ त्यही पत्र हामीले सम्वन्धीत विद्यालयलाई दिन्छौ उहाँहरुले वातावरण मिलाइदिनुहुन्छ अनि कार्यक्रम सञ्चालन गर्छौ । अन्य संघ संस्था कुनै निकायले हामीलाई सहयोग गरेको छैन ।
गाँउ समुदायमा भएका कार्यक्रमहरुमा कति को समावेश हुनुहुन्छ ?
हामी पत्र पाएमा उपस्थित हुन्छौ अन्य जानकारी नभइ हामी कार्यक्रममा जादैनौ ।
गाँउ वस्तीमा समाचार सम्पेषण गर्दा कुन पक्षबाट असजिलो भएको महशुस गर्नुहुन्छ ?
गाँउ वस्तीमा हामी २ जना संञ्चारकर्मी भएतापनि राजनैतिक दलहरुबाट उतिकै आरोप प्रत्यारोप भएकै छ त्यसैमा पनि पछिल्लो चरण विद्यालयबाट पनि हामीलाई हेर्न द्धिष्टिकोण फरक छ भने कतिपय कार्यक्रममा हामीलाई अनुरोध गर्न अप्ठयारो मानुहुन्छ ।
कार्यक्रममा समावेश          नगराउनुको कारण के हो ?
त्यसको त्यही कारण हो हामी सत्य तथ्य समचार सम्प्रेषण गर्छौ भएको गतिविधी अगाडी बढाउछौ त्यहानिर राम्रो काम भएको छ भनेपनी हामी समचार सम्पे्रषण गर्छाै नराम्रो भएपनि सम्पेषण गर्छौ कसैलाई नराम्रो सम्पेषण गरेको मन पर्दैन त्यसैले हामीलाई समावेश गर्नुहुन्न ।
समुदाय हरेक क्षेत्रबाट पछाडीहुनुको कारण के हो जस्तो लाग्छ ?
समुदाय निकै पछाडी त्यसको प्रमुख कारण भनेको अग्रजहरु सार्वजनिक पद धारण गरेका व्यक्तिहरु ,समाजका अलि ठुला व्यक्तिहरुको जिम्मेवारी र दायित्व बोध नगरिदिदा अरुले गरेको राम्रो कामलाई धन्यवाद र नराम्रो कामलाई खवरदारी नगरीदिदा समाज निकै पछाडी छ जस्ता सुकै परिवर्तन आएपनि समुदायको अवस्था निकै नाजुक ठान्छौ ।
तपाई रेडियोमा पनि काम गर्नुभएको हो ?
मैले दैलेखका दुबै रेडियोमा काम गरेको हुँ , रेडियो पञ्चकोशी एफ एम मा पनि निशुल्क रुपमा केही दिन काम गरेको हु तर स्टुडियोमा काम गर्ने अवसर पाइन त्यसको एउटै कारण थियो ठुला बडाको मात्र हात भएकाले र राजनैतिक खेलले पनि हो र धुव्रतारा सामुदायिक एफ.एममा  एकवर्ष काम गरेको हुँ मैले कार्यक्रम पनि संञ्चालन गर्ने धेरै विषयमा जानकारी लिने मौका पाए र नयाँ विषयको जानकारी लिने मौका धवतारा एफएमका स्टेसन मेनेजर चक्र केसी  कार्यक्रम सञ्चालन गर्नको मलाई धेरै भन्दा धेरै सहयोग गर्ने शंकर किसो अभय मेरो गुरु हुनुहुन्छ ।
तपाई हाल के के गनुहुन्छ ?
मैले आफ्नो टाइम टेवल बनाएको छु विहान ५ बजे उठछु ,केही समय कसरतमा लाग्छु विहान ६ः३० देखी कम्प्यूटर मा बस्छु धमाका दैनिकको अंक हेर्छु ठिक ११ बजे म अपिसबाट बाहिर हिड्छु । साझ ३ बजे पछी मात्र अपिसमा जान्छु अन्य समय बाहिर समचार संकलकमै व्यस्त  नै हुन्छु । समुदायका अन्य क्रियाकलापमा पनि टाइम दिनुपर्ने हुन्छ । एक्लै भएको समयमा काम गर्दा गर्दा समय नै पुग्दैन ।
दैलेखको सञ्चार जगत लाई कसरी बुझनुभएको छ ?
दैलेखको सञ्चार जगत आफैमा विचित्रको छ, सञ्चारकर्मी धेरै नजन्मेका पनि होइनन् उनीहरुले काम     नगरेका पनि होइनन तर सञ्चार क्षेत्रमा पैसा कमाएर ठुलो घर बनाउने कसैले पनि सपना नदेखेहुन्छ त्यसैमा पनि दैलेखमा थुपै्र पत्रिकाहरु प्रकाशन नभएका पनि होइनन् तर राजनैतिक कारण, आफुले आफुलाई ठुलो बनाउने प्रवृति त्यसैमा पनि एकरुपता नभएकै कारण सञ्चारक्षेत्र अगाडी बढ्न नसकिरहेको अवस्था, संञ्चारकर्मी को हुन सबैले चिन्नुपर्ने विषय देख्दछु, महासंघको गठनमा भोट हाल्ने मात्र संञ्चारकर्मीहुन वा साँझ विहान दुख सुख जस्तो भएपनि संञ्चारक्षेत्रलाई माया गरेर काम गर्ने व्यक्ति सञ्चारकर्मीहुन यस्तो कुराको बिश्लेषण जिल्लास्तरमा हुनुपर्ने आवश्यकता देखिएको छ ।
आगामी दिनमा कस्तो लक्ष्य बनाउनु भएको छ ?
काम गर्दै जाँदा चुनौतीका पर्खालहरु थुपै्र छन् त्यसैमा पनि धमाका राष्ट्रिय दैनिक टिम अर्थात हामी समुदाय र विपन्न वर्गहरुको विचमा रहेर कलम चलाउनेहरु हामी निरन्तर अगाडी बढ्ने छौ, समस्या सगै त्यसको समधान पनि हामी संग छ भोलीका दिनमा लक्ष्यहरु थुप्रै बनाएका छौ, हामीलाई सञ्चारकर्मीको जिम्मेवारी मात्र नभई समुदायलाई हरेक क्षेत्रबाट अगाडी बढाउने जिम्मेवारी पनि छ त्यसैले सरकारी कर्मचारी, विद्यालयका शिक्षकहरु जति हाम्रो पारिश्रमिक हुदैन तरपनि उहाँहरु भन्दा  बढी नै काम गछौ ।
अन्तिममा तपाई के भन्नुहुन्छ ?
अन्तमा सबैले आ(आफ्नो जिम्मेवारी कर्तव्यलाई नभुलौ, हामी सबैले आफ्नो ठाँउमा निरन्तर योगदान दियौ र सत्य र तथ्यको बाटो अगाल्यौ जुन धमाका राष्ट्रिय दैनिकले हाम्रो बेदना र दुखलाई बुझ्ने प्रयास ग¥यो त्यसका निम्ती धेरै धेरै धन्यवाद हाम्रो भनाईलाई पनि सबैमाझ राख्ने एउटा मौका अवसर दियो त्यसका निम्ती पनि हामी धेरै धेरै धन्यवाद दिन चाहान्छौ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार