सरल बैकिंग सेवाको लागि मल्टी प्रपोज कार्डको समेत गाउँ गाउँमा व्यवस्था गरेका छौं ।

अन्तरवार्ता ।
धार्मिक, ऐतिहाँसीक र साँस्कृतीक रुपमा परिचित दैलेखमा पछिल्लो समयमा देखिएका विभिन्न संभावनाहरुलाई मध्यनजर गर्दै दैलेखमा एकै पटक पाँचवटा निजी बैकहरुले निकै प्रतिस्पर्धी सेवा सुविधाहरु प्रदान गरेका छन् । विगतदेखी जिल्लाका विभिन्न लगानीका क्षेत्रहरु हुँदा हुँदैपनी उचित लगानीको स्थान नपाएर खुम्चिएर बस्नुपर्ने बाध्यता भएका जिल्लाका साना तथा ठूला सबै व्यापार व्यावसाय गर्ने व्यावसायीहरु यतीवेला निकै गौरव गरिरहेका छन् अव जिल्लाको आर्थिक अवस्था सुदृढ हुन्छ भन्नेमा ।
त्यसै सन्र्दभमा क बर्गको बैकको हैसियत पाएको सिदार्थ बैकले पहिलोपटक दैलेखमा आफ्ना विभिन्न सेवा र सुविधा सहित शाखा उद्घाटनको काम सम्पन्न गरेको छ ।  उद्घाटनका क्रममा दैलख आउनुभएका सिदार्थ बैकका नायव महाप्रबन्धक सुन्दर कंडेलसँग धमाका दैनिकका सम्पादक बिष्णु शर्माले गरेको संक्षीप्त कुराकानीको महत्वपूर्ण अंश ।
दैलेखमा ४४औं शाखाको रुपमा स्थापना गर्नुभएको छ दैलेखलाई किन रोज्नु भयो ?
धन्यवाद बिष्णु जि, दैलेख यस्तो ठाउँ हो सिदार्थ बैकले नेपालमा पहिलोपटक सरल बैकको सुविधा दैलेखको पगनाथ गाविसबाट सुरुवात गरेको छ यती मात्र हैन अवका हरेक जिल्लामा हामीले सुरु गर्ने सरल बैकको लागि पहिलो उदाहरण समेत दैलेख बनेको छ । स्मार्टकार्डको माध्यामबाट हामीले गाउँमा सहज रुपमा निकै सरल बैकिंग सेवा प्रदान गर्न सक्ने पहिलो अवसर दैलेखलाई पनि दिएका छौं र यो उदाहरणीय कामको लागि हामिलाई दैलेखले साथ दिएकोले समेत हामीले अन्य बैकिग कारोवारको लागि एउटा शाखा अनिवार्य रुपमा दैलेखमा संचालन गर्ने तयारीमा जुट्यौ र सम्पुर्ण दैलेखका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यापारीहरुले निकै साथ दिएपछि आज जिल्लामा शाखा खोल्न सफल भएका छौं ।
हामीलाई आशा छ विगतमा एउटा गाविसमा मात्र सेवा बिस्तार गरेको सिदार्थ बैकले अव दैलेख सरदमुकाममा मुख्य शाखा र अन्य थुप्रै गाउँहरुमा समेत सरल बैकिंग सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।
जिल्ला र गाउँस्तरमा कस्ता खाले सेवा सुविधा दिने तयारीमा हुनुहुन्छ ?
हिजोको बैकिग पद्धतीभन्दा बिल्कुलै नयाँ बढी भन्दा बढी सेवा सुविधा प्रदान गरेका छौं । गा्रमिण क्षेत्रको ठूलो बस्तिमा रहेका व्यक्तिहरुले सिमित बैकिग सेवा सहजै पाउन सकुन भन्ने उद्देश्यले दैलेखलाई लिएको र यो सरल सुविधालाई अँझै बढाएर लिने तयारी रहेका छौं । अहिले जिल्लाबाटै विभिन्न नयाँ सेवा र सुविधा प्रदान गरिहेका छौं । एक दुई दिनमै जिल्लाबाट एटीएम सेवा दैलेख शाखाबाट संचालनको तयारीमा छ । बचत लगानीका सवै कुराहरुलाई मध्यनजर गरेका छौं । उद्यम गर्छु भन्ने उद्यमीहरुलाई खुलेर सहयोग गर्ने तयारी भएको छ । बिल्कुलै नयाँ रुपमा हामीले सेवा र सुविधालाई प्राथमिकताका साथ राखेर दैलेखमा बढी भन्दा बढी सेवा दिने तयारीमा    रहेका छौं ।
स्थानीय स्तरमा लगानीको निकै आवश्यकता रहेको छ यसलाई कसरी परिपुर्ती गर्नुहुन्छ ?
हाम्रो लक्ष्य नै जिल्ला र गाउँस्तरमा छरियर रहेको पुजीँलाई एकिकृत रुपमा जम्मा गरेर सृजनसिल हातहरुलाई उत्पादनमुखी सेवामा विस्तार गर्ने  हो । यतीवेला जिल्ला जिल्लामा सरल बैकिग सेवा प्रदान गरेर सरल बैकिग सेवाको लागि मल्टी प्रपोज कार्डको समेत व्यवस्था गरेका छौं ।
गाउँस्तरमै आफ्नो एकाउन्टमा कती रकम छ भनेर सहजै हेर्न सकिने छ । रिचार्ज कार्डहरु सहजै गाउँमा किन्न सकिने छ । टेलिफोनको बिल भुक्तानी गर्न सकिने छ । आफुले सजिलो बैकमा राखेको रुपैयाँ सिधै कार्डमार्फत नेपालका अन्य ठूला सहरहरुमा गयर समेत झिक्न सक्ने छ । त्यो सँगै सिदार्थ बैकको कुनैपनि एटीएमबाट आफ्नो रकम विना चार्ज झिक्न सक्ने अवस्था छ । सहज बैकिग सेवा हामीले बहु उपयोगी रुपमा लागु गरिरहेका छौं । यसले गाउँका मानिसहरुसँग गरिएको किनवेचलाई समेत सहजता थपिएको छ । एउटा व्यक्तिसँग कारोवार भएपछि स्मार्टकार्डको माध्यामबाट सोझै खरिद गर्ने व्यक्तिले बिक्रि गर्ने व्यक्तिको खातामा रकम जम्मा गर्न सक्छ यसले गाउँस्तरको रकम परिचालनमा निकै सहजता पैदा गरीरहेको छ ।
दैलेखका कतीवटा स्थानहरुमा अव यस्तो सेवा संचालन गर्ने तयारीमा हुनुहुन्छ ?
हामीले विगत तीन महिनादेखी पगनाथमा यो सेवा संचालनमा ल्याइरहेका थियौं । अव तत्कालै नौमूले, तोली, बालुवाटार लगाएतका दैलेखका दुर्गम गाविसमा र अन्य साना बजारी क्षेत्रहरुमा समेत बैकिङ्गग सेवा दिने तयारी भैरहेको छ ।
गाउँमा पैशा जम्मा गर्दा सुरक्षाको कुरा जोडिन्छ त्यसलाई कसरी व्यवस्थापन गर्नु भएको छ ?
निकै राम्रो प्रश्न गर्नुभयो यसको लागि धन्यवाद हामीसँग गाउँमा दुइजना सहयोगीहरु हुनुहुन्छ । जव हामीले मसिनमा गा्रहकको नयाँ सुविधा सुरु गर्दछौं त्यसपछि ग्राहकको औलाछापलाई केन्द्रको मसिनसँग भेरीफाई नभएसम्म अन्य कसैले औला राखेर अरुको खाताको जानकारी लिन नसक्ने भएकोले यसमा सुरक्षाको पुर्ण प्रत्याभूती छ । अन्य कसैले पनि यसको दुरुपायोग गर्न सक्ने अवस्था छैन् । र गाउँमा कसैले जम्मा गरेको पैशा नेपालभरका जुनसुकै शाखाबाट पनि स्माट कार्डको माध्यामबाट झिक्ने सक्ने व्यवस्था समेत छ । त्यसैले यो गाउँस्तरका बासिन्दाहरुको लागि निकै उपयोगी देखिएको छ ।
अन्त्यमा जिल्लाका व्यापारीहरु र जिल्लाबासीहरुलाई केही भन्नु छ ?
दैलेख बजार र व्यापार व्यावसायको निकै ठूलो संभावना बोकेको जिल्ला हो यो संभावनालाई समयमै जिल्लाबासीहरुले बुझ्न सक्नु भयो र त्यो सँगसँगै सिदार्थ बैकको सेवामा लाग्नु भयो भने पक्कै पनि हामीले जिल्लाका हरेक गतीविधिमा सकारात्कम रुप र खुला हृदयका साथ सहयोगी हातहरुलाई साथ दिएर अगाडि बढ्न तत्पर भएका छौं । त्यसलै हाम्रो बैकले दिने सेवामा जिल्लाका समग्र सबै क्षेत्रलाई टेवा पुग्ने भएकोले समेत यसको सदा साथ दिन म पुनः जिल्लाबासीहरु समक्ष आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार