प्रचण्ड भारतीय तावेदार भएको आरोप

  बैद्य संग गरिएको कुराकानी
     माओवादी पार्टी भित्रको कलहले समग्र  राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव परेको छ ?
माओवादी पार्टी विभाजनभन्दा पनि दुईलाईन संघर्षको जटिलता हो । यो जटिलताले मुलुकको राजनीतिमा प्रभाव नपर्ने भन्ने होइन   । पार्टी भित्र देखिएको दुईलाइन संघर्षमा क्रान्तिकारीधार सशक्त बन्दै गयो र प्रवाहित हुँदै गयो भने त्यसले सकारात्मक प्रभाव पार्ने छ र    क्रान्तिकारीधार कमजोर र अवसरवादीधार बलियो बन्दै गयो भने देश र जनताका आशा र अपेक्षाह रू पूरा नहुने परिस्थिति उत्पन्न हुन सक्छ   ।
तर अर्को पाटो के पनि हो भने पार्टी भित्र जुन अवसरवादविरुद्धको संघर्ष छ त्यो निरन्तर चलिरहन्छ  । र, देश र जनताका हक अधिकार सुनिश्चत नभएसम्म संघर्षह रू भैरहने भएकाले राष्ट्रिय राजनीतिमा प्रभाव नपर्ने कुरा हुँदैन  ।
    पार्टी फुट्छ अब, होइन त ?
पार्टी फुट्छ भनेर अहिले नभनौं  । पार्टी भनेको त सिद्धान्त हो, विचार हो र कार्यदिशा हो  । यी कुराह रू मा एकरूपता भयो भने गलत चिन्तन प्रवृत्तिहरू लाई रूपान्तरण गर्न सकियो भने पार्टी एकतावद्ध भएर जाने हो  । तर ति कुराहरू रूपान्तरण भएनन् र अवसरवाद हावी भयो भने पार्टी फुट्ने, टुक्रने त हो  ।
संस्थापन पक्ष र तपाईहरू बीच अवसरवाद, नवसंशोधनवाद र जडसुत्रवादी, राजवादीसँगको सम्बन्ध जस्ता आरोप प्रत्यारोप भैरहेका छन् नि ?
अवसरवाद, नवसंशोधनवाद गुणात्मक     रूपमा छलाङ मारेर अन्तिममा पुग्यो भनेका छैनौं । संकीर्णतावाद,अवसरवाद, बिसर्जनवादतिर गएका छन् भन्ने आरोप हामीमाथि पनि संस्थापन पक्षले लगाउँदै आएको छ  । जहाँसम्म राजावादी भन्ने आरोप छ त्यो अत्यन्तै निकृष्ट आरोप हो  ।
        मूलतः चुनवाङ बैठकपछि माओवादी पार्टीको वैचारिक, सैद्धान्तिक राजनीतिक स्खलन आएको हो भन्दा सहि हुन्छ कि गलत ?
तपाईंले जो प्रश्न गर्नु भयो त्यो एकदमै ठीक हो   चुनवाङ ् बैठक पछि पार्टीमा तीव्र रूपमा विचलनको प्रक्रिया शुरु भएको छ । पटक पटक भएका बैठकह रूमा हामीले यस विषयमा कुराहरू उठाउँदै आएका छौं ।
    तर केही समय अगाडि यहाँहरू को बीचमा एकता भएको र पार्टीका आन्तरिक प्रशिक्षणहरू मा पार्टी एकता भएको र अब एकताबद्ध बनेर अगाडि बढ्छौं भन्ने सन्देश जाँदा नजाँदै पार्टीमा ठूलो विचलन आउनुको प्रमुख कारण के हो ?
    कारण के हो भन्दा केन्द्रीय स्तरको बैठकमा बेग्ला बेग्लै प्रस्तावहरू प्रस्तुत भएका थिए  । छनौट गर्ने प्रक्रियामा अध्यक्षले कयौं कुराहरू म सच्याएर जान्छु भन्ने कुरामा बचनबद्धता गर्नु भएको थियो  । त्यसै प्रक्रियामा हामी साझा प्रस्ताव बनाएर जाउँ भन्ने पनि भयो  । त्यसमा विवाद के थियो भन्दा संविधानका अन्तरवस्तुहरू सँग सम्बन्धित कुराहरू , भारतीय विस्तारवाद विरुद्धका संघर्षसम्बन्धी लगायत विभिन्न कुराहरू थिए, यि सबै कुराहरू को हल गरेर एउटा ठोस कार्यदिशा तयार गरेर ल्याउँछु भनेर अध्यक्षज्यूले भन्नु भएको थियो  । त्यसैकारणले हामी सहमत भएका थियौं  । त्यतिबेला मलगायतका साथीहरू ले यो नै अन्तिम प्रयास हो भनेका पनि थियौं । अध्यक्षलाई रूपान्तरण गर्नका निम्ति एउटा अन्तिम प्रयास हो, यसमा तपाईंले कस्तो भूमिका निर्वाह गर्नु हुन्छ भनेको पनि थिएँ । र, त्यो नै हाम्रो अन्तिम प्रयास सावित भयो ।
अहिले दुई महिना बित्यो, उहाँले फागुन १ गतेसम्म समस्या समाधान गर्ने समयावधि दिनुभएको थियो  । हामीले प्रस्तावलाई लिखित रूपमै दिएका थियौं   । त्यसको हलगर्ने पक्षतिर अध्यक्ष जानुभएन । उहाँले हामीलाई छलछाम गर्ने कार्यनीति अपनाउनु भयो। अर्को कुरा दुईलाईन संघर्षको विषयलाई महत्वहिन बनाएर हाम्रो हात बाँध्ने र आफ्नो ढङ्ग बाट अवसरवादी चिन्तनलाई अगाडि बढाउने तिर उहाँलाग्नु भएको रहेछ भन्ने स्पष्ट भएपछि हामीले बसेर धेरै अन्तरक्रियाह रू पनि नगरेका होइनौं तर अन्त्यमा उहाँले ‘म त्यो स्वीकार्न सक्दिन ’भन्नु भयो। त्यसपछि आ –आफ्ना विचारसमूहका केन्द्रीय सदस्य बस्ने सहमतिभएकाले त्यसैअनुसार अहिले हामी समानान्तर रूपमा हरेक ठाउँमा संगठन बनाएर लैजाने र संघर्षका कार्यक्रमहरू पनि थोरबहुत अगाडि बढाउने भन्ने हिसाबले गयौं भनेउहाँहरू पनि आफ्नो हिसाबले अगाडि बढ्नु भयो । यी सबै कुराहरू मा हामीले मिलेर अध्यक्षलाई रूपान्तरण गराएर जाने भन्ने थियो तर हाम्रो त्यो प्रयासमा उहाँ त्यतातिर जान चाहनु भएन । त्यसको कारण दुरगामी संघर्षमा विस्तारवादी शक्तिहरू को जोड केमा छ भने हामीतिरभन्दा पनि अध्यक्ष र बाबुरामलाई मिलाएर लैजाने र हामीलाई निस्क्रियतातिर धकेल्ने हो। विस्तारवादको ग्य्राण्ड डिजाइनअनुसार नै अध्यक्ष ज्यू जानुभयो ।
संविधान आउँछ त त्यसो भए ?
संविधान आउँछ ÷ आउँदैन भन्दा पनि कस्तो संविधान आउँछ ? भन्ने प्रमुख विषय हो  । राणाकालमा पनि एउटा संविधान थियो, पञ्चायती कालमा पनि संविधान थियो नै  ।
एकातिर तपाईहरू ले पार्टीभित्रै अन्तरसंघर्ष चलाइरहनुभएको छ, यति हुँदापनि उहाँहरू ले एकतर्फी पेलेर गइरहेको अवस्था छ  । सेना समायोजन भइसक्यो  । जनमुक्ति सेनाको अवसाननै भैसक्यो  । भोलि संविधान पनि त्यही हुने पक्का छ भने तपाईहरू ले विरोध गरिरहनुको औचित्य के छ त ?
हामीले अन्त्यसम्म विरोध गर्ने कुरा त निश्चितनै छ   । सेना समायोजन सम्मानजनकले भएको त देखिहालियो, दुनियाँले सबैकुरा बुझिसक्यो । अब संविधान पनि कसरी बन्छ भन्ने कुरा हामीले सबैलाई देखाउनु छ।उहाँ आत्मसमर्पणवाद कसरी प्रकट हुन्छ भन्ने अब छर्ल ङ हुनेछ   । हामीले गरेको अन्तरसंघर्ष अन्तिम बिन्दु पनि यही संविधान निर्माणको प्रकृयामा नै आएर देखापर्छ   । हामी यहाँ जनताको साथै छौ   । हामीले पार्टी अब अवसरवाद तर्फ जाँदैछ भन्ने कुरा भन्दै आइरहेका छौ तर यीसबै व्यवहारह रू ले प्रमाणीत गरेर देखाउँछ हामी त्यही हेर्दैछौं   ।
हरेक राजनैतिक दलहरू ले शान्ति र संविधानविरोधीका रू पमा तपाईहरू लाई जनताका अगाडि उभ्याएका छन्, के भन्नुहुन्छ यसबारे ?
योकुरा नितान्त गलत छ  । म धेरैकुरा भन्दिँन, एउटै कुरा जनताको पक्षमा संविधान बनाउनुपर्छ भनी हामीले जनताको अभिमत लिनका लागि हस्ताक्षर अभियान शुरु गरेका हौ  । हामीलै त्यो केन्द्रिय समितिमा पास गरेका थियौ तर अध्यक्ष त्यसबाट भाग्नुभयो  । उहाँले जनताको अभिमत लिन चाहनु भएन । त्यसकारण उहाँले जुन संविधान बनाउन चाहनुभएको हो, त्यो संविधानचाँही यथास्थितिवादी संविधान हो  । हामीले जनताको संविधान बनाउन चाहेका छौं भन्ने आ फ् नो पहिचानसहित हामी जनताको बीचमा गएका छौं   । त्यसकारणले हामी शान्ति र संविधान विरोधी हो कि होइन भन्ने हाम्रो अभियानले नै प्रमाणित गर्छ   ।
तपाईहरू ले खोजेको जनसंविधान कस्तो हो ?
हामीले खोजेको जनसंविधान भन्दा पनि जनताले लामो समयदेखि संघर्ष गर्दै आए  । संविधाननिर्माणको कुरा पनि साठी वर्षदेखि आइरहेको छ  । धेरै रगत बग्यो, धेरैले सहादत प्राप्त गरे, कर्यौं बेपत्ता, घाइते, अपा ङ्ग भए   । जनआन्दोलन, जनसंघर्ष, सशस्त्रसंघर्ष थुप्रै कुराह रू भए   । देशमा हामीले मात्रै बन्दुक उठाएनौं कांग्रेस, एमालेले पनि उठाए   । यसको अन्तिम कडीको रू पमा हामी दशवर्षसम्म महान् जनयुद्धको प्रक्रियामा अगाडि बढ्यौं   । यी सबै संघर्षको प्रतिफल जनतालाई दिनुप¥यो  । हिजोका संघर्षह रू मा जनताले धोका मात्र पाए  । अब यो संविधानमा जनताले धोका नपाऊन् भन्ने हाम्रो पहिलो उद्देश्य हो  । यो रगतको मूल्य संविधानमा अभिसिन्चित हुनु प¥यो  ।
तोकिएको संख्याभन्दा झण्डै निकै कम संख्यामा मात्रै माओवादी लडाकुहरू ले सेना समायोजनलाई रोज्नुको रहस्य के हो ?
भन्न त समायोजनको नाम दिइयो   । तर भै दियो निशस्त्रीकरण । जनमुक्ति सेनाको पनि आत्मसम्मानको कुरा छ  । प्रक्रिया अगाडि बढ्यो । जनमुक्ति सेनाको समायोजन गर्ने, त्यसलाई स्थापित गर्ने, जनमुक्ति सेना र नेपाली सेनालाई मिलाएर राष्टि « य सेना बनाउने भन्ने हाम्रो अध्यक्षको जुन सोच थियो, वास्तवमा त्यो केवल भन्नका लागि मात्रै रहेछ भन्ने कुरा अहिलेको
माओवादीको वैद्य पक्षले देशमा पुनः हतियार उठाएर सशस्त्र विद्रोह गर्ने भयो भनेर जनताले बुझ्दा हुन्छ त ?
अहिले नै हामीले त्यसो भन्न सक्दैनौं, तर कुरा के हो भने हतियार उठ्ने नउठ्ने भन्ने कुरा जनताका समस्याह रू समाधान हुन्छन् कि हुँदैनन् भन्ने नै मुख्य सवाल हो  । हामीले भनेको त के हो भने सम्मानजनक ढङ्गले अगाडि बढौं   । साँच्चिकै शान्ति बहाली गरौं भन्दै आएका हौं  । तर त्यो हुन सकेन  । जनताको पक्षमा संविधान बनाउँ भन्दै आएका हौं   । त्यसैका निम्ति लडिराखेका छौं  । हतियार उठाउने हाम्रो रहर र चाहना होइन  । चाहना र रहर त नेपाली जनताको पक्षमा संविधान बन्न सक्यो भने ठीक छ । तर यदि फेरी पनि जनताको पक्षमा संविधान बनेन र पुरानै किसिमको पुनरावृत्ति भयो र जनतालाई छलछाम गर्ने षड्यन्त्र गर्ने काम गरियो भने निश्चित रू पमा ढिलो चाँडो, हतियार उठ्ने कुरा पक्का छ ।
तपाईंले यसो भनिरहँदा केही समय अघिको स्थायी समितिको बैठकमा तपाईहरू ले घुमाउरो पारामा सांस्कृतिक राजा राख्नु पर्छ भन्ने प्रस्ताव पनि ल्याएको भन्ने संस्थापन पक्षको आरोप छ नि ?
त्यो त उहाँहरू कै कुरा हो । उहाँले प्रयोग गरेकै शब्द हो । हिजो क. प्रचण्डले जनयुद्धकालमा “ राजा वीरेन्द्रसँग हाम्रो अघोषितसम्बन्ध थियो ” सम्म भन्नुभएको थियो । उहाँलाई जतिबेला जे मनलाग्यो त्यही बोल्ने आदत छ   । उहाँको एउटा मनचिन्ते झोली छ   । त्यो झोलीमा धेरै धेरै पदावलीहरू राख्नु भएको छ   ।
हरि घिमिरेको प्रस्तुति, युगसम्वादबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार