जिल्लामा पहिलोपटक मनोक्रान्ति योग सुरु भएको छ । योगगुरु बिकासानन्दका चेलाका रुपमा रहेका योग प्रशिक्षक रेकी मास्टर अग्नी न्यौपाने र भिमानन्दले जिल्लामा मनोक्रान्ति योग सुरु गरिरहनु भएको छ ।
जिल्लामा मनोक्रान्ति सम्वन्धि विभिन्न योगहरुको जानकारी गराउने उद्धेश्यले आत्म र परमात्मको मिलन गराएर जीवनमा आएका हरेक समस्याहरु समाधानका लागि मनोक्रान्ति योग सुरु भएकै अवसर पारेर भिमानन्द सँग धमाका दैनिकले गरेको कुराकानी आजको अंकमा पस्केका छौं ।
संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ भन्ने मुल मन्त्र मनोक्रान्तिले लिएको छ के हो र मनोक्रान्ति भनेको ?
मनोक्रान्ति भनेको साधारण भाषामा भन्नुपर्दा मनको क्रान्ति हो । आत्मालाई क्रान्ति दिएर नयाँ जीवनको बाटो बनाउनु यसको मुल मन्त्र हो । मनोक्रान्तिले निकै ठूलो चमात्कार गरेको विश्वको पहिलो रेकर्ड समेत छ । भू तपस्या देखी लिएर , ९१ दिनसम्म समेत खाना र पानी नखाएर मनोक्रान्ति सिकेकाहरु बसेका छन् । यसवाट के स्पष्ट हुन्छ भने हाम्रो आफुभित्र रहेको शक्तिलाई नै मनोक्रान्तिको माध्यामबाट शरिरमा प्रभाव जमाएर त्यसको महत्व बुझ्न सकिन्छ । शक्ति हामी भित्रै छ हामीले प्रयोग गरेका छैनौं त्यो कुरा मनोक्रान्तिले सिकाउँछ । मनोक्रान्तिले बाटो देखाउने काम गर्दछ सहि बाटोमा हिडेका हरु सँधै शुखी, खुशी र सफलतामा पुगेका छन् ।
दैलेखमा मनोक्रान्तिको बारेमा के कुरा सिकाईरहनुभएको छ ।
दैलेखमा असार १३ गतेबाट मनोक्रान्ति संचालन भएको हो । अहिलेसम्म एकसय जना भन्दा बढी मनिसहरुले योग सिकीसकेका छन् मनोक्रान्तिका विभिन्न विद्याहरु मध्ये कतिपयले साईको रावरनेटिक्स र रेकी समेत जानीसकेका छन् । जसका कारण आफ्नो शरिरमा भएको सामान्य समस्याको उपचार घरमै बसेर गर्न सक्ने भैसकेका छन् । बिहान र बेलुका छुट्टा छुट्टै कक्षाहरु संचालन भैरहेका छन् ।
हामीले जिल्लाभरका विभिन्न बिरामीहरु लाई समेत भर्ना गरेर जिल्लाभर यसको प्रभाव बनाउन सकेको भए विभिन्न रोग भएका मानिसहरुले सहजै रुपमा यसको उपचार पाउन सक्ने थिए । यसको लागि पहिला प्रचार प्रसार नै जरुरी रहेको छ । यो कामको लागि समेत तपाँईको धमाका दैनिकले निकै सहयोग पुर्याएको छ त्यसको लागि धन्यवाद दिन चाहान्छु ।
मनोक्रान्तिमा हामीले ग्यारेण्टि गर्छौ ग्यारेण्टि गरेर उपचार गरिसकेपछि कुनै बिरामीलाई हामीले दिएको उपचार चित्त बुझेन भने त्यसको शुल्कमा हामी थप दश रुपैयाँ थपेर समेत फिर्ता गर्छौ त्यसैले बर्षौबर्षदेखी आफुभित्र लुकेर रहेका समस्या र मानसिक तनावहरु न्यून गर्नलाई म आम जिल्लाबासिहरुलाई मनोक्रान्ति कक्षामा आउन आग्रह गर्दछु ।
मानसिक रोगीहरुको संख्या जिल्लामा बढेको छ भने आत्महत्या गर्नेहरु समेत बढेका छन् यसको अचुक उपाय के हुन सक्छ ?
जसले मनोक्रान्ति बुझ्दछ त्यसले आत्महत्या आजीवनलाई छोड्छ । यो हामी ग्यारेण्टिका साथ भन्दछौं । संसारलाई बदल्नु छ सुरुवात आफैबाट गर्नु छ भन्ने हाम्रो मुल मन्त्र मात्रै बुझेको खण्डमा अधिकाँस मानसिक पीडा भएकाहरु पनि सन्चो भएर जानेछन् हामीले हजारौ मानिसहरुलाई यसको परिक्षण गरिसकेका छौं । हामिसँग भएका साईको साईवरनेटिक्स देखिका विभिन्न कक्षाहरु संचालन भएका छन् एक हप्तामा मात्रै हामिले मानव जीवनको लक्ष्य परिवर्तन गर्न सक्छौं ।
रह्यो आत्महत्याको बारेमा हामी योग गराउँछौं उसको मानसिकतामा परिवर्तन गराईदिन्छौं र ग्यारेण्टिका साथ भन्छौं मनोक्रान्ति सिकेकाहरुले आजीवन आत्महत्याको कुरा सोच्दै सोच्दैनन् ।
गुरुदेवले हामीलाई आत्महत्याको बारेमा विदेशमा गरिएको प्रत्यक्ष घटना सुनाउनु हुन्थ्यो मलाई त्यो यहाँ भन्नुपर्ने सान्र्दभिकता ठानें ।
भारतमा समेत अहिले आत्महत्या गर्नेहरुको संख्या धेरै छ । बिदेशका मान्छेहरुमा यस्तो समस्या बढी भएपछि त्यस क्षेत्रका मानिसहरुले संयुक्त रुपमा संकल्प गरेर आत्महत्या गर्ने मानिसलाई नाँगो शरिर बजार परिक्रमा गराउने भन्ने अठोठ गरे त्यो अठोठ गरेको केही दिनभित्र एकजनाले आत्महत्या गरे उनको शवलाई बाँधेर बजार परिक्रमा गराईयो त्यसको भोलिपल्टबाट एकजनाले पनि आत्महत्या गर्ने आँट गरेनन् । त्यो क्रम बन्द भयो । हामीले पनि भन्ने गर्दछौं आत्महत्या गर्ने मान्छे कायर हुन् त्यस्ता मान्छेहरुलाई हेर्नुपनी हुँदैन् ।
जिल्लामा अहिले हामीले विभिन्न रोगले ग्रस्त भएकाहरुलाई मनोक्रान्ति दर्शन योग, ध्यान, रेकी, साइको साईवरनेटिक्स, सुपर लर्निगं लगायतका विद्याहरुबाट उपचार गराई रहेका छौं त्यसैले समयमै विभिन्न समास्या परेकाहरुले तत्काल सम्र्पक राख्न पनि हामीले अनुरोध गर्दछौं ।
योग के हो ?
योग भनेको आत्म र परमात्माको मिलन गर्नु हो । यसलाई व्यायम र एक्ससाईज पनि भनिन्छ । अहिले गरुजीले योगलाई भिन्न परिभाषा दिनुभएको छ । मनोक्रान्तिले योगलाई ६ वटा समुहमा बाँडेर हेरेको छ । हाम्रा शरिरमा रहेका २०६ वटा हड्डी मध्ये ६ वटालाई चलाउन सकिदैन अरु जम्मै हड्डीहरुलाई चलाउन सकिन्छ ती हड्डीहरु चलाउनका लागि मनोक्रान्तिको सुत्र छन् ( प.अ.ब.मो.ए.दो.) प भनेको पछाडि, अ भनेको अगाडि, ब भनेको बटारेर, मो भनेको मोडेर, ए भनेको एकपक्षीय द्धीवीधाशन र दो भनेको द्धीपक्षीय आशन हो । ६ वटा वर्गहरुबाट हामीले तीन सय भन्दा बढी आसन गर्न सक्छौं । आफुसँग भएको शारिरिक र मानसिक समस्यासँगै विभिन्न विद्यामा योगहरु हामिले प्रत्यक्ष निगरानीमा सिकाउने गर्दछौं ।
टिभि हेरेर योग गर्नेहरुलाई के भन्नु हुन्छ ?
योग गर्नु शरिरको लागि राम्रो हो तर योग प्रशिक्षकको एकहप्ते तालिम विना गरिएका योगहरुबाट मानिसहरुलाई फाईदाको सट्टा घाटा हुन सक्छ । मानिसको अवस्था अनुसार योगका आसनहरु हुन्छन् । स्वामी रामदेव र गुरु बिकासानन्दले पनि यही कुरा भनिरहनुहुन्छ । कुनै पनि प्रशिक्षकको सहयोगले योग गर्नुभयो भने निकै फाईदा हुन्छ ।
म एउटा उदाहरण दिन चाहन्छु । कसैलाई प्रेसर छ । प्रेसर भएकालाई सुगर पनि छ । तर सुगरको लागि मानिसले मुन्द्रुक आसन गर्न जरुरी हुन्छ तर सुगर मात्र भएकोले यो आसन गर्न ठिक हुन्छ तर सुगर र प्रेसर दुवै भएको मानिसले सुगर घटाउन मुन्द्रुक आशन गर्र्यो भने त्यस्ता व्यक्तिको उल्टै प्रेसर बढ्न जान्छ र उसलाई फाईदाको सट्टा बेफाईदा हुन सक्छ ।
जिल्लामा तपाँईले योग पनि सिकाईरहनु भएको छ । अन्य पत्रिका हेर्ने जिल्लाबासिहरुलाई के भन्न चाहनु हुन्छ ?
हामीले त सबैलाई योगको बारेमा खवर गरेका छौं निशुल्क योग शिविर चलाएका छौं । पत्रिका पढ्ने आम नागरिकहरुलाई पनि हामि आउनुहोस् आफ्नो जीवन सफल बनाउन मनोक्रान्ति योगबारे जानकारी लिनुहोस् ।
आम नागरिकहरु रोगबाट मुक्त भएर बाँच्न पाउनुहोस् हामी यही कुरा भनिरहेका छौं । दैलेखमा आत्महत्या गर्नेहरु धेरै रहेछन् मनोक्रान्ति बुझेर आत्महत्या गर्नेहरुको संख्या एउटा पनि नहुने ग्यारेण्टि हामीले दिन सक्छौं । त्यसैले गउँ गाउँमा समस्यामा परेका आमा दिदी बहिनी र दाजु भाईहरुले यसमा आएर स्वास्थ्यलाभ लिन समेत हामीले आग्रह गरेका छौं ।









