नवदम्पतीको बस्ने कटेरो समेत भत्केपछि

भर्खरै बिवाह गरेका जो सुकै जोडिको मनमा निकै उराठलाग्दा वहहरु भरिएका हुन्छन्  । त्यो पनि थाहानै नपाएर नावालकमै बिवाह गरेका जोडिको मनमा के हुन्छ होला त्यो भने भन्न सकिँदैन् । तर यहाँ भर्खरै बालबिवाह गरेर नयाँ कटेरो बनाउँदै गरेका एक दम्पतीले कटेरो बनाई सकेर बसाई सर्ने दिनमै भत्केपछि के भयो होला  बालविवाह र भत्केको कटेरो संबादका रुपमा धमाका दैनिकका सम्पादक बिष्णु शर्माले गरेको कुराकानी ।
जाजरकोट सँगै सिमाना जोडिएको सल्लीबजारबाट बाबुआमाले सानै उमेरमा बिवाह गरिदिएपछि दैलेख सदरमुकाम नजिकै रहेको बादी समुदायका मानिसहरु बस्ने नमुना वस्तिका बिरेन्द्र बादीसँग बिवाह गरेर दैलेख आएकी सान्ता बादीका दम्पतीलाई यतीवेला बस्ने बासको समस्याले सताएको छ ।
चार हजार रुपैयाँ खर्च गरेर सानो कटेरो बनाएर भोलीबाट सर्ने भन्दै लिपपोत       गरेकै राती माथिल्लो जग्गाको पहिरो आएर उनको कटेरो नै भत्काएपछि उनीहरु अर्काको घरमा सरण लिन बाध्य बनेका छन् । अहिलेसम्म नत कसैले सहयोग नै     गरेको न त कसैको ध्यान नै त्यहाँ पुग्न सकेको छ ।
उनीसँग गरेको संक्षीप्त कुराकानीको यो अंश ।………
तपाँईको नामः  सान्ता बादी
कती बर्षको हुनु भो ? १७ बर्षकी भयँ ।
किन सानै उमेरमा बिवाह गर्नुभएको हो त ?
छोरी बहिनीलाई धेरै समय घरमा राख्नु हुँदैन भनेर बाबुआमाले बिवाह गरिदिए के गर्ने त ?
कस्तो लागेको छ त राम्रो कि नराम्रो ?
राम्रै लागेको छ उनले आफ्नै शब्दमा भनिन् “सानैमा बिवाह गर्नु ठिक हो । हाम्रो जातमा ठूली भएपछि कुरा काट्छन् गिल्ली गर्छन् ।”
घर कहाँ पर्छ नी ?
जाजरकोट सँग सिमाना जोडिएको सल्लीबजारमा पर्दछ ।
सल्ली बजारबाट दैलेख कसरी बिवाह भायो त ?
दैलेखमा आफन्तहरुसँग चिनजान थियो अनि घरमा गएर आफान्तहरुले कुराकानी गरे केटो सोझो छ । बुवा छैनन् आमा मात्र छिन् ईमान्दारसँग बिहे गर्नुपर्छ भनेर बिहे गरिदिए के गर्ने ?
घरमा अरु को को हुनुहुन्छ ?
माईतमा बुबा आमा हुनुहुन्छ, एउटा दिदि र दाई छन् एउटा भाई छ, म कान्छि हुँ ।
दिदिको बिहे भैसक्यो ?
अँ दिदिको १३ बर्षको उमेरमै बिहे भएको हो । अहिले दुईवटा छोरी समेत जन्माईसक्नु भो ?
हजुरले बच्चा जन्माउने सोच के गर्नु भएको छ नी ?
आफ्नै बस्ने बासको त ठेगान छैन के छोराछोरी जन्माउने हो । अहिले नजन्माउने भनेको हो । कुराकानीकै क्रममा उनीसँग बालबिवाह गरेर गर्भवती समेत भैसकेकी रुपा बादिले भनिन् तैले भनेर हुन्छ जहिले जन्मिन्छ त्यहीवेलामा जन्माउनुपर्छ ।
श्रीमान सँग सल्लाह गर्नुपर्र्यो त ढिलो बच्चा पाउनको लागि ?
त्यस्तो सल्लाह त केही भएको छैन् ।
परिवार नियोजनका साधनहरु केही प्रयोग गर्नुभएको छ ?
त्यस्तो त केही पनि प्रयोग गरेका छैनौ थाहै छैन के प्रयोग गर्ने ।
श्रीमान लाई भन्नु पर्र्यो त यसको बारेमा ?
हामीले भनेर हुँदैन श्रीमानले आफै जान्ने कुरा हो । जन्मने बेला आयोभने जन्मिने त होला । आफुले अलिअलि रुपैयाँ कामएर बच्चा जन्माउने भनेको हो । भन्ने मात्रै त होला नी ?
कतिवटा सम्म बच्चाबच्चि जन्माउने तयारीमा हुनुहुन्छ ?
भगवानले जती दिन्छन् त्यती जन्माउने हामीले भनेर हुन्न के रे ? भगवानले दिए जन्माउने नदिए नजन्माउने ।
कति कक्षामा पढ्नुहुन्छ ?
म त दुई कक्षामा पढ्नु सामान्य नाम लेख्न जानेकी छु । श्रीमान पढ्नु हुन्न ।
कसरी जिन्दगी चलाउने बिचार गर्नु भएको  छ त ?
श्रीमानले ट्याक्टरमा खलासी काम गर्नु हुन्छ महिनाको १५ सय रुपैयाँ दिन्छन् । आफु कहिले काँही बजारमा सामान ल्याउने गाडिको मालसामान झारी लाग्छु २०–४० रुपैयाँ हुन्छ त्यहीले गुजारा गर्छौ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार