आजको पहिलो व्यक्ति बिशेष स्तम्भका लागि नेकपा दैलेखका अध्यक्ष अमर बहादुर थापासँग पत्रकार जनक न्यौपानेले गरेको यो बिशेष अन्तरवार्ता प्रस्तुत गरेका छौं ।
दैलेखको पुर्वमा पर्ने पगनाथ गाविसमा २०१३ सालमा जन्म भई, २०२१ साल देखि शिक्षा आरम्भ गरेका अमरबहादुर थापाले २०२८ सालदेखि राजनितिमा प्रवेश गर्नुभएको थियो ।
तत्कालिन पग्नाथ गाउँ पञ्चायतको वडा नं.५को वडा अध्यक्ष भई २०३५ साल सम्म गाउँ पञ्चायात चलाउनु भएका थापाले ३५देखि०३६ सम्म उपप्रधान, ०३९देखि ०४३ सम्म जि.वि.स को जनपक्षिय सदस्य,२०४९सालमा जिविसमा इलाका न.४बाट पून जिविस सदस्यमा स्वतन्त्र बामपन्थीको उम्मेदवार भई विजयी समेत हुनु भएको थियो २०४८ सालमा एमालेमा प्रवेश गर्नुभएका थापाले
२०४८–२०५२ सम्म एमालेको जिल्ला कमिटी सदस्य, २०५२– २०५४सम्म उपसचिब, २०५४–२०६०सम्म पार्टि सचिव, २०६०–०६६सम्म नेकपा एमाले अञ्चल कमिटि भेरीको सदस्य, २०६४सालको संविधान सभाको निर्वाचनमा एमालेको तर्फवाट निर्वाचन क्षेत्र नं १ को उम्मेदवार, २०६६देखि हाल सम्म एमाले दैलेखको पार्टि अध्यक्ष रहेका दैलेखी राजनैतिक आन्दोलनका नेता समानताका पक्षधर वर्गिय आन्दोलनका कमान्डर प्रखर नेता पग्नाथ गा.वि.स वडा न.३ निवासी अम्मरबहादुर थापासंग गरिएको यो कुराकानीको विस्तारित अंश
बाल्यकाल कसरी वित्यो ?
मेरो बाल्यकाल अत्यन्तै राम्रोसँग वित्यो । किनकी म परिवारको एउटा मात्रै छोरा भएकोले पनि मेरो बाल्यकालमा बाबुआमाले दिनुपर्ने सवैखाले मायाँ र ममता मैले पाएँ । मलाई बाल्यकालमा अरुको जस्तो गरि समस्या परेन् कतिपय बालबालिकाहरुले राम्रो शिक्षा,दिक्षा नपाउने अन्य घरपरिवारको जस्तो अवस्था मैले भोग्नु परेन् ।
तपाँईको बिवाह मायाँ प्रेम गरेर हो की मागेर गर्नुभएको हो ?
मेरो पहिलो बिवाह घरपरिवारको रिती रिवाज अनुसार मागेर नै भएको हो । म दुई बर्षको हुँदा मेरो बुवाले मेरो दाईको लागि केटी मागेको घरमा दाईको अकस्मात निधन भएपछि दाईलाई मागनी गरिएको केटीको बैनीलाई घरपरिवारले मागे मेरो ११ बर्षको उमेरमा बिवाह भयो र १७ बर्षको उमेरमा राजीखुशीसाथ हाम्रो सम्वन्ध विच्छेद भयो । र पछिल्लो बिवाह मायाँ प्रेम सहित रितीरिवाज अनुसार नै भयो अहिले सम्म निकै राम्रो चलेको छ । दुई छोरा १ छोरी छन् । नाती नातिना पनि छन् । छोरा छोरीहरुले पनि आफ्नै खुवीले जागिर समेत खाईसकेका छन् ।
नथापाएरै बालबिवा र बहुबीवाह गर्नुभएछ है ?
त्यसवेलाको परिस्थिती सवैलाई त्यस्तै थियो अहिले म आफै नेतृत्व पंतीमा छु अरुलाई बालविवाह र बहुवीवाह गर्नुहुँदैन यसले समाजमा नकारात्मक असर पार्छ भनेर जनचेतना फैलाउँदै हिड्ने गरेको छु ।
तपाँई जतिकै राजनीतिमा फड्को मार्छु भनेर अरु कसैले राजनीतिमा आउनलाई के गर्नुपर्ला ?
राजनीति निकै गाह्रो बिषय हो । सामाजिक सेवामा सजिलै मानिसहरुलाई स्थापित हुन ग्राहो पर्दछ । राजनीति भित्र ३ वटा कुरालाई ध्यान दिनुपर्दछ । १ जुवातास, २ जथाभावी मादक पदार्थ सेवन, ३ आचरण विगार्नै कामहरु गर्नुहुँदैन् । निष्ठापुर्वक जनताको सेवामा सदा सर्मपीत भएमा उसले राजनीतिमा आफ्नो स्थान कायम गर्न सक्दछ । युवा पुस्ताले राजनीतिलाई तामझाम पुर्ण ढंगले होईन वैचारिक हिसावले तिखारीयर राजनीतिमा लाग्नुपर्ने मैेले ठान्दछु । हामिले राजनीति गर्दा पंचायत बिरुद्ध लड्यौ, जनताको शासन व्यवस्था कायम गर्नको लागि एकदलिय तानाशाह विरुद्ध लड्यौं तत्कालिन समयलाई सम्झँदा अहिले कता कता मन खिन्न हुन पुग्छ । जनताले गरेको बलिदानी पश्चात पाएको अधिकार कतै व्यर्थमै खेर जाने त होईन भनेर ?
तपाँईलाई राजनीतिमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?
म केटाकेटी छँदा गाउँमा जिमुवाल, मुखियाहरु, ठालु भलात्मीहरुले श्रीमान श्रीमतीहरुको सामान्य मुद्धामा पनि खशि काटेर, पुरी रोटी हालि खाईखेली मुद्धा मिलाउने गर्दथे । त्यो देखी मलाई अत्यन्तै आक्रोस प्रैदा हुन्थ्यो र जनताको सामान्य मुद्धा माथि ठालु बनेर ठूलो खर्च गराई आफ्नो स्वास्र्थ सिद्धी गर्नैहरुका विरुद्धमा भित्री मनदेखी लड्नुपर्छ भन्ने आवाज उठ्थ्यो त्यही आवाज उठाउँदै मलाई राजनीति गर्ने प्रेरणा मिलेको हो ।
दैलेखमा एमाले शक्तिसाली बनाउन तपाँईले आफ्नो कार्यकालमा के योजना बनाउनुभएको छ ?
म प्राय नेकपा एमालेको नेतृत्वदायी भुमिकामा २०५२ सालदेखी रहिरहेको छु । एमालेलाई मजवुद बनाउन मैले कार्य योजना तयार गर्ने हो । त्यो कार्ययोजना पार्टीको जिल्ला कमिटीले पास गरिसकेपछि नेकपा एमालेको नीति बिचार र कार्यक्रमलाई विभिन्न क्षेत्रमा खटिएका नेकपा एमालेका कार्यकर्तालाई परिचालित गरि जनताका विचमा थप उर्जासहित जाने गरेको छु । पार्टी संविधान सभाको निर्वाचन पछि नीति विचारका कारणले नेकपा एमाले दैलेखमा बलियो बन्दै गईरहेको छ ।
म पार्टीको अध्यक्ष भैसकेपछि जिल्ला बिकास समितिमा निरन्तर उपभोक्ता समितिबाट भएगरेका भ्रष्टाचारहरुलाई नियन्त्रण गर्न जिल्ला बिकास समितिमा टेन्डर प्रक्रियाबाट कामकाज अगाडि बढाउन लगाईयो । त्यसबाट पनि राम्रो काम हुन सकेको छैन् । त्यसका विरुद्धमा मैले पार्टीको तर्फबाट सँधै खवरदारी गरिराखेको छ । त्यो सँगै मैले नभनी नहुने अर्को कुरा पनि छ । जिल्लामा भएगरेका सानातिना समस्याहरु समाधानका लागि पुरै पार्टी निकट नभई सवै पार्टीका मानिसहरुलाई जनपक्षीय रुपमा मैले आफुले भ्याएसम्म कानुनी मात्र नभै व्यवहारीक कुराहरुमा पनि मिलाउने प्रयास गरेको छु । जसका कारण मेरै पार्टीका मात्र हैन आम दैलेखी जनसमुदायले राहत प्राप्त गरेका छन् ।
देशले संकटबाट मुक्त हुन अब राजनीतिक दलहरुले के गर्नुपर्ला ?
देश अहिले गम्भिर परिस्थितीबाट गुज्रिएको छ । जनताले पाएको अधिकार गुम्ने खतरामा छ । यो समस्या विगतदेखीकै हो २०४६ सालको परिवर्तन पछि नेपाली काँग्रेसले बहुमत ल्यायो नेताहरुको महत्वकाँक्षी स्वभावका कारण देशमा स्थायी सरकार हुन सकेन ५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारले जनतालाई बिकास निर्माणदेखी सामाजिक, आर्थिक रुपान्तरणका बिषयमा काम गर्दै अव यसले मुलुकमा नयाँ शक्तिको रुपमा उदय हुन्छ भनेर देशी विदेशी शक्तिले त्यो सरकार पनि ढाले पछि काँग्रेसको गिरिजाप्रसाद कोईरालाको सरकारले मध्यावधी निर्वाचन ग¥यो २०५२ सालमा तिखो दिमाग भएका कारण माओवादी भुमिगत भयो । हतियार उठाएकै कारण नेपाली राजनीतिमा उ स्थापीत पार्टीको रुपमा आयो तर जब अहिले सत्ता समालेको छ उ बाट नेपाली जनताले कुनै परिवर्तनको महसुस गर्न सकेका छैनन्। पार्टीभित्र चरम भ्रष्टाचार बढेको छ । मुलुकनै खतरामा परेको छ यी सवै कुरा मैले भनिरहनु पर्दैन त्यसैले अवको अन्तिम बिकल्प भनेकोनै बाबुरामको सरकार ढाल्न कडा आन्दोलन हो त्यो बाहेकको अरु बिकल्प देखिदैन् ।
मुलुकमा अराजकता फैलिएको छ जातिय राज्य हुनै नसक्ने कुरा माओवादीले बोकेको छ । आफु राष्ट्रपति भन्दा माथिको हेक्का राखेर एकपक्षीय रुपमा बजेट पास गर्ने तयारी गरिरहेको छ । यसले पक्कै पनि जनताको उपलब्धि सार्थक नहुने स्पष्ट भएकोले बिकल्प आन्दोलननै हो ।
अन्त्यमा के भन्नुहुन्छ जिल्लावासीहरुका लागि ?
धमाका दैनिकले दैलेखको संचार क्षेत्रमा जुन महत्वपुर्ण योगदान पु¥याएको छ त्यो निरन्तर भईरहोस् । भर्खरै सकिएको विजया दशमी र आउनै लागेको दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । कँही कतै झै भगडा नहोस् शान्त सँग दिपावली वितोस यही कामना गर्न चाहन्छु ।







