प्रेमको अंश जीबीत

– अनुपम रोशी –
कहिलेकाही सरगमको स्थिति निकै आहत भएर चिच्याउँथ्यो । उनको विद्रोहको आवाज सुस्केरामा बदलिएर विलीन हुन पुग्दथ्यो, जसलाई लिएर उनी निकै भयभित हुने गर्थिन् ।कता कता छोराको व्यथित हृदयको धड्कनमा दौडिरहेको रगतको महसुस गर्थिन् । र आप्mनो काखमा हाँयिसरहेको फूलको निधारमा चुम्बन गर्दै ममताको मुस्कान छोड्थिन् ।
सरगम बच्चाको शरीरमा धेरै मोक्ष र थोरै आप्mनो प्रतिबिम्ब देख्ने गर्थिन् । त्यति बेला उनलाई निकै आनन्द महसुस हुन्थ्यो ।आफूलाई अथाह प्रेम गर्ने मोक्षको प्रतिबिम्ब आफूसँगै आएको जस्तो          लाग्थ्यो । पुनः एकपटक आँखा चिम्लेर विगतको प्रेमकथालाई महसुस गर्दै धन्यवाद दिन्थिन् मोक्षलाई जसले जिन्दगीमा सबैभन्दा सुन्दर खुसी भरिदिएको थियो उनको अँगालोमा ।  समाजमा अपमान, घृणा र वियोगसँगै कैयन् सपनाको अन्त्य हुँदासम्म नरसाएका उनका खाँखा      बरबर्ती रोएको थियो जब अभियानले उनलाई मामु शब्दले पहिलो सम्बोधन गरेको थियो । उनी खुसीले पागल जस्तै चिच्याएकी थिइन् । छोरोलाई काखमा च्यापेर खुसीले उफ्रँदै रिचर्डकोमा पुगेक थिइन् । यो देखर रिचर्ड पनि निके आश्चर्यमा परेका थिए । यो स्त्री यति धेरै पागल पनि हुने रहिछ । तब उनले चाल पाएका थिए ऊ भित्र अझै पनि आप्mनो प्रेमको ठूलो अंश जीवितै छ, जसलाई उनले थुप्रै बाध्यताहरुमा दबाएर मुटुभित्रै लुकाएकी छिन् । रिचर्डले यस्तै थुप्रै कुराको अनुमान लगाएका थिए । सरगमको अन्तरमनको गहिराई यति गहिरो थियो, जसलाई पहिल्याउन सबैले सक्दैनथे । रिचर्ड सरगमको आत्मीय साथी थिए । सरगमको हर सुखदुःखमा रिचर्ड सहभागी बन्दथे ।
त्यसकारण पनि यिनीहरुको मित्रता एउटै परिवारका सदस्यहरुको जस्तै थियो । आ–आप्mना परिस्थितिको सिकार भउका यी दुवै प्राणी बिलकुलै स्वतन्त्र थिए । एकले अर्कालाई गर्ने सहयोग निस्वार्थ र स्वच्छ थियो । रिचर्ड अमेरिकन संस्कृतकिो मान्छे भए पनि उनको मानसिकता सस्तो बिलकुलै थिएन, न सरगममा त्यो उन्माद थियो । यिनीहरु दुवै स्वतन्त्रता चाहन्थे । घण्टौ उड्न मनपराउँथे खुल्ला आकाशमा । सँगै कफी पिउनु, भूत, वर्तमान र भविष्यका सुन्दर सपनाहरुको व्याख्या गर्नु कुनै न कुनै विषयवस्तुको चर्चा गरेर छुट्टीका दिनहरु बिताउनु उनीहरुको दैनिकी बन्न थाल्यो ।  साँझको खाना बनिसकेको थियो । अभियानलाई सुताएपछि उनीहरु बैठकमा बसेर टिभी हेर्दै खाना खान्थे, निकै बेर        गफ गर्थे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार