संविधान सभा २०७० का पराजित उम्मेदवार हिमबहादुर शाही लामो समय सम्म राजनीति पेशावाट जनताको सेवामा प्रत्यक्ष सहभागि भई हालसम्म पनि जनताका सवै शुःख , दुःख मा साथ दिदै सेवा प्रदान गर्दै आउनुभएको छ । शाहिको राजनीतिक चरित्र व्यक्तिगत र पारिवारीक स्वार्थ पक्षपात, भ्रष्टाचार र अनाचार रहित नितान्त पृथक राष्टिूयता लोकतन्त्र, शान्ति र समुन्नत विकासमा आफ्नो सार्वजनीक जीवनको अनन्त यात्रा गरिरहनुभएको छ ।
प्रस्तुत छ शाही सँगको प्रत्यक्ष कुराकानी ।
तपाँई नेपाली काँग्रेस सँग समर्पीत भएर राजनीतिक यात्रा गरेको कति बर्ष भयो ?
म अहिले ६६ बर्ष पार गरेर ६७ बर्षमा लागें मैले नेपाली काँग्रेसको सदस्यता पाएको ३८ बर्ष पुग्दैछ । २०३२ साल माघ १३ गते बनारसवाट सदस्यता प्राप्त गरेको हुँ, त्यसवेलादेखी हालसम्म निरन्तर नेकाको आर्दश र निष्ठा, राष्टिूयता प्रजातन्त्र र समाजवाद प्रती साधना गरिरहेको छु ।
पार्टी प्रतिवन्धित समयमा तपाँईको भूमिका के रह्यो ?
प्रतिवन्धित समय २०३२ देखी २०४६मा हामी ७, ८ जनाको संगठन थियो । मुख्य नेतृत्व गणेशबहादुर खड्काको थियो । पंचायती व्यवस्थाको पूर्णतया विरोध गर्ने गराउने पौष १ गतेको दिनलाई कालो दिन मनाउने, गोप्य पर्चा, पम्पेलेट छाप्ने गथ्र्यौं । यसै क्रममा पाँचपटक ३ दिनदेखी २१ दिन सम्मको अवधीमा दैलेख प्रहरीको हिरासत र नेपालगंज १ पटक दाङ्ग, लमही दुई दुई दिन हिरासतमा बसेको छु । त्यस्तै २०४६ को जनआन्दोलनको क्रममा ५१ दिनसम्म दैलेख कारागारमा समेत बसेको हुँ । त्यस्तै २०४६ चैत्र २७ गते विहान ८ बजे कारागारबाट मुक्त भएँ,
आफ्नो राजनीतिक पेशामा पार्टी परिवर्तन गर्ने काम भयो की भएन् ?
मैले अहिलेसम्म पार्टी परिवर्तन गरेको छैन् । अध्ययन गर्दा बामपन्थि झुकाव रहेको थियो । व्याँस, वालमिकी, सुक्रात, प्लेटो र गान्धिको प्रतिपादीत अहिंसाको आर्दशमा राजनीतिमा प्रजातन्त्र, समाजवादमा कटुता, हत्या, आहुती, हुनु हुँदैन भन्ने यथार्थबाट नेकासँगको सर्मपीत रोजाई हो ।
राष्ट्रिय राजनीति तर्फ र बर्तमान परिस्थितीलाई तपाँईले कसरी हेर्नु भएको छ ?
मैले भन्नुपर्दा नेपाली जनताले ठूलो वलिदानपछि प्राप्त गरेको सार्वभौम मान्यता, देशवासीको स्वाभिमान, संरक्षण, विकासको दृष्टिकोणमा परिस्थितीले, सबैतर्फ भिन्न किसीमले मृत्यु, अपहरण, लुटपाट, हिंसा, भ्रष्टाचारको संत्रास भित्रिएको छ । दलहरुको आपसको गम्भिर विश्वासको शंकट तथा दलिय स्वार्थले भविष्यलाई अनिश्च्यता तुल्याएको छ । आज मुलुक किन ? कुन दिसातिर प्रभावीत हुँदै छ ? देश र जनताले असाध्यै पीडा र अभावको अनुभव किन गरिरहेका छन् ? एक चिन्तन र संकल्प चाहिएको छ । यस्तो महंगो मूल्य चुकाई रहेको चुनौतीको सामना गर्न राष्ट्रिय एकता, सहकार्य र सहमती नै हो । संविधान सभा २०७० सम्पन्न भएको छ । यथासिघ्र संविधान निर्माण र शान्ति स्थापनालाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने हो । मलाई त्यस्तो लाग्दैन् । अहिलेपनि दलहरुले दलिय स्वार्थलाई नै लिएर गर्जन दिने गरेको पाईन्छ । राष्ट्रिय एजेण्डा पछाडी धकेलीरहेको छ । त्याग र संकल्पको आवाज आएको पाईदैन् । त्यागी नेता र व्यालेन्सको अभाव महसुस भैरहेको छ । धैर्यता राखौं, प्रतिक्षा गरौं, नेता कोईराला, दाहाल र खनालको बिवेक चुनौती र पीडाको सामना गर्न सफल होस् मेरो कामना । व्यक्तिको बिकसित रुपनै राज्य हो , राज्य र व्यक्ति वीच संघर्ष होईन समन्वय जरुरी देखिन्छ ।
प्रसंग बदलौं दैलेखको दुवै क्षेत्रमा नेपाली काँग्रेस पराजित भएको छ । यस पराजयलाई तपाँई के भन्नु हुन्छ ?
केलाई हार भन्ने केलाई पराजय भन्ने, म लोकतन्त्र बादी हुँ, लोकतन्त्रमा जीत र हार कुनै अन्यथा बिषय होईन् । त्यसको स्वीकार हुन्छ । कसरी किन पराजय भन्ने सन्र्दभमा नेपाली काँग्रेस भित्रको आफ्नै खोज हो । पराजयको तुलनात्मक खोजको प्रश्नमा चेतनशिल र सृजनशिल जनशक्तिले निर्णय लिने छ । तर दुःखको कुरा नेकाभित्र एक डाक्टर तुल्सी गिरी ( पिटर) को सन्तान छ । आफुभित्रको खोज, कार्यशैली र कार्यदिसावाट नेका आगामी दिनहरुमा अगाडी बढ्छ कुनै सन्देह छैन् ।
शाही जी स्वयं तपाँई पराजीत हुनुभयो ? पराजयलाई पर्दाभित्रको अन्तरघात भनेर प्रेस विज्ञप्ति आयो ? माथि डा. तुल्सि गिरीको सन्तान काँग्रेस भित्र छ भन्नुहुन्छ के यही सत्य हो । वा अन्यपनि कारणहरु छन् ?
त्यो पनि सत्य हो म समय काललाई क्षण स्वीकार गर्दछु । तपाँईलाई स्मरण रहोस् अयोध्यायको एक क्षण, राज्य विशेष गद्दासिनको सट्टा, रामचन्द्रको १४ बर्षको वनबास, नेकाँमा लाखौंलाख नेता कार्यकर्ताको असिम त्याग र बलिदान छ । नेपाली जनताको मुक्ति र विकासको लक्ष्य प्राप्तिमा संघर्ष गर्दै आएको अनुपम उदाहरण छन् । निष्टा र आर्दशमा निर्वाचनको जीत हारको सन्र्दभ जोडीदैन मेरो आपसी विश्वास र मैत्रीभाव जिल्लावासिसँग अटुट छ । म आफ्नो निष्टाकासाथ जनताको माझ क्रियासिल छु । निष्टाका वर्तधारी सहयात्रीको सँधैव साथमा छु । ओठेमोली, देखाएर ढाँट्ने, लुकाउने, वनावटी वन्न चाहने हरुको पनि कमि छैन् । घरको कारण नेकाको निष्टामा विचलन आउनु हुँदैन् , पार्टीका नेता कार्यकर्तामा आपसको विश्वास, निकटता सहकार्यको बातावरण तयार गरि उचित विश्लेषणबाट झन् उच्च मनोवलका साथ आफ्नो समस्त सोचाई र श्रम समाजको बिकास र उत्थानको ऐतिहासिक कसीमा लगानी गर्नु मेरो जीवनको रोजाई र कर्तब्य हो ।
शाही जी तपाँईसँग लामो कुरा भयो । तपाँई बेला मौकामा अध्यात्मक पनि कुरा गर्नुहुन्छ । अन्तमा धर्म मध्ये कुन धर्मलाई ठूलो मान्नुहुन्छ ?
धर्म, धर्म कुन धर्म, धर्म भनेको सत्यता हो । मानव जातीको चरित्र हो । आचरण हो । हरेक मानवले गर्ने आफ्नो दायित्व र कर्तव्यको बोध नै धर्म हो । शंसासिरक मायाँ, लोप, स्वार्थ, मानसम्मान, मानव प्रणीका लागि भ्रुण, भंगुर हो । मृत्यु निश्चित छ । ईश्वर अखरत छन् , बर्मा, अल्लाह, ऐशुलाई कसैले देखेको छैन् । ईश्वरको बासस्थान मानव जातीकै आत्ममा छ । धर्मसास्त्र, बेद, पुरान, बाईवल, ईश्वरले लेखेको पनि होईन् । सवै ग्रन्थ मानिसकै हात र कमलबाट लेखिएका हुन् सबै ग्रन्थहरु शान्तिप्रीय छन् । मेरो खोजमा सबै ग्रन्र्थमा मानव जातीको दायित्व र कर्तव्यमा नै प्रकाश पारिएको छ । अध्यात्म, मानव जातीको साधनाको स्रोत हो । साधनाबाट मात्रै साध्य प्राप्त हुन्छ भन्ने मेरो मान्यता हो । धर्म सत्यता नै मानव जातिको चरम लक्ष्य हो ।
अन्त्यमा मेरा विचारहरु राख्न दिएकोमा दैलेखको पहिलो पत्रिका धमाका दैनिकलाई धन्यवाद दिन चाहान्छु यो पत्रिकाले आफ्नो धर्म बिर्शेको छैन् । आगामी दिनहरुमा पत्रिकाको प्रगतीको कामना गर्दछु ।







