दैलेख चैत्र २ ।
बर्षातले बाली नष्टलगातारको बर्षातले दैलेखका विभिन्न गाविसहरुमा उत्पादन गरेको गहुँवालीमा क्षती पुर्याएको छ । नारायण नगरपालिका ७ किमुगाउँको कौशीला देवी थापाको जग्गामा बर्षातले क्षती पुर्याएको छ ।
५३ सय ६५ बर्गामिटर क्षेत्रफलमा लगाएको वाली नष्ट भएको थापाले जानकारी दिएकी छन् ।
बर्षातका कारण आधा बढी भागमा लगाएको बाली नष्ट भएको र जसवाट १ लाख ५० हजार बरावरको क्षती भएको बताईएको छ ।






