नेकपा–माओवादीका अध्यÔ मोहन वैद्य ‘किरण’ तत्काल दुई पार्टीबीच एकता असम्भव भएको जनाउनु भएको छ । एमाओवादीले हेटौंडा महाधिवेशनको कार्यदिशा नसच्याउँदासम्म पार्टी एकता हुन नसक्ने उहाँको निष्कर्ष छ । वैद्यसँग पार्टी एकता, माओवादीको आगामी बाटो, संविधान निर्माणलगायतका वि È यमा केन्द्रित रहेर गरिएको सम्बादको सार यहाँ प्रस्तुत गरिएको छ ः
अहिले युद्धकालीन घटनाका वि È यलाई लिएर मुद्दा चलाउने कामहरू भइरहेका छन्, यसलाई तपाईले कसरी लिनु भएको छ ?
हाम्रो विचारमा यो निकै गम्भीर वि È य हो । विगतमा भएका सहमति र शान्ति सम्झौताले पनि जनयुद्धकालीन वि È यका मुद्दाहरूलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट समाधान गर्ने स्पष्ट उल्लेख गरिएको छ । अहिले जुन ढंगले मुद्दाहरू पुनः ब्यूँझाइँदैछ यसले मुलुकलाई सही दिशामा लग्दैन भन्ने हाम्रो निष्कर्ष छ । यसले शान्तिप्रक्रियालाई टुंगोमा पुग्न दिंदैन गम्भीर खतरामा पार्छ । पुरानो कानूनले यी मुद्दाको सम्बोधन हुन सक्दैन । पुरानो कानुनले युद्धका मुद्दाहरू कुनै पनि हालतमा हल गर्न सकिंदैन । यसले वि È यवस्तुलाई अझ गम्भीर र अप्ठेरोमा पार्छ । यो वि È यको समाधान सत्यनिरूपण तथा मेलमिलाप आयोगकै माध्यमबाट गरिनुपर्छ भन्ने हाम्रो अडान छ । तर सत्यनिरूपणका नाममा षड्यन्त्र गरियो भने त्यसको प्रतिकारका निम्ति हामी तयारी पनि गरिरहेका छौं ।
तपाईहरू शान्तिप्रक्रियाकै कुरा गर्नुहुन्छ, तर शान्तिप्रक्रिया शुरु भएको पनि ८ व र्È भइसक्यो । अहिलेसम्म आयोग बन्न सकेको छैन, यसले त पीडितहरूलाई थप आन्दोलित गराउछ नि हैन र ?
हो, तपाईले ठीकै कुरा भन्नुभयो । आयोग समयमै बनाइनुपर्दथ्यो । हामीले पनि भन्दै आएका हौं । आयोग बनाउन ढिला गर्ने पनि यी दलहरू नै हुन् । अहिले उनीहरूले नै द्वन्द्वकालीन मुद्दा ब्युँताएर देशलाई युद्धतर्फ धकेल्न खोज्दैछन् । यसले दीर्घकालीन शान्ति स्थापनामा निकै असर पार्ने छ ।
द्वन्द्वकालीन मुद्दाको वि È यमा दुई माओवादी एक भएको देखिन्छ । यसले पार्टी एकतालाई सहयोग पु¥याउला ?
युद्धकालका मुद्दाहरूले हामी दुवै पार्टीलाई नोक्सान पु¥याइरहेको छ । हामी दुवैपक्ष शत्रुहरूको निशानामा परेका छौं । त्यसैले ती मुद्दाहरूमा हामी दुई पार्टीबीचको कार्यगत एकता भएको छ । तर अहिलेसम्म पार्टीको एकताको लागि कुनै पहल भएको छैन । एकता हुँदैछ भनेर बेकारमा चलाइएको हल्ला मात्रै हो । तर, पार्टी एकता अहिलेको आवश्यकता भने हो भन्ने हामीलाई लाग्छ । पार्टी एकता भनेको कसैले हल्ला गर्दैमा हुने कुरा पनि होइन । यसका लागि कार्यदिशामा मेल खानुपर्छ । पार्टी एकताका लागि हामी जहिले पनि तयार छौं । तर, एमाओवादीका साथीहरू सच्चिएर आउनुपर्छ । उहा“हरूले लिएको कार्यदिशाले जनवादी क्रान्तिको दिशामा जान सकिंदैन । उहाँहरू सच्चिएर आएपछि मात्र पार्टी एकताको कुरा अघि बढ्न सक्छ ।
पार्टी एकताका लागि भित्र–भित्रै छलफल चलेको छ भनिन्छ त ?
पार्टी एकताका लागि कुनै पहल भएको छैन । यो हल्ला निराधार हो । पार्टी एकता भनेको कुनै एक नेता वा व्यक्तिले चाहेर हुने कुरा होइन । त्यसका लागि सम्बन्धित कमिटीमा छलफल गरिनुपर्छ । अहिलेसम्म हाम्रा कुनै पनि कमिटीमा पार्टी एकताका विषयमा छलफल भएको छैन । म पार्टीको अध्य Ô हुँ, अहिलेसम्म एमाओवादीसँग वार्ताको लागि पहल भएको मलाई कुनै जानकारी छैन । कसैले व्यक्तिगतरूपमा पार्टी एकताको पहल गर्छ भने त्यो उसको कुरा भयो । यसले खासै अर्थ पनि राख्दैन ।
भनेपछि तत्काल पार्टी एकता सम्भव छैन ?
हो, अहिले पार्टी एकता हुने कुनै सम्भावना छैन । तर, पार्टी एकता आवश्यकता भने हो । यसका निम्ति हामीभन्दा पनि एमाओवादीका साथीहरूले ध्यान दिनुपर्ने कुरा छ । उहाँहरू बिग्रिएर जानु भएकाले पार्टी फुटेको हो । उहाँहरू सच्चिएर आउनुहुन्छ भने पार्टी एकता पनि सम्भव हुन्छ ।
उहाहरू के–के विषयमा सच्चिएर आएपछि पार्टी एकता हुन्छ त ?
सबैभन्दा पहिले उहाँहरू संशोधनवादबाट मुक्त हुनुपर्छ । आङ्खनो कार्यदिशालाई सच्याएर संसदीय भासबाट बाहिर निस्कनुपर्छ । माक्र्सवाद, लेनिवाद र माओवादलाई इमान्दारीपूर्वक पालना गर्न तयार हुनुपर्छ, त्यसो भयो भने पार्टी एकता सम्भव हुन्छ ।
माओवादी पार्टी त चुनवाङ बैठकदेखि नै संसदवादउन्मुख भएको देखिन्छ नि । तपाईहरू विभाजित भएको त धेरै पछि हो अब फेरि चुनवाङ बैठकभन्दा अघि फर्कनुप¥यो त ?
तपाईले ठीकै भन्नुभयो । पार्टी बिग्रिएको चुनवाङ बैठकदेखि नै हो । त्यसपछि पनि विभिन्न चरणमा पार्टीलाई संशोधनवाद र संसदीय भासमा पु¥याउने काम भए । यी धेरै कुरामा विमति राखेर हामीले पार्टी विभाजन गरेका हौं । हामी जनगणतन्त्र स्थापनाका लागि जनयुद्धमा गएका हौं तर त्यो कुरा पूरा गर्ने दिशामा उहा“हरूले गतिविधि गर्नुभएन । हेटौंडा महाधिवेशनसम्म आउँदा उहा“हरू पूरै बिग्रिसक्नुभयो । जनवादी क्रान्ति पूरा गर्न अझै बाँकी छ । उहाँहरूले भने जनवादी क्रान्ति पूरा भइसक्यो अब समाजवादी क्रान्तिमा जानुपर्छ भनिरहनु भएको छ । यसले हामीलाई झनै टाढा बनाएको छ ।
एमाओवादीले हेटौंडा महाधिवेशनको कार्यदिशा सच्याए मात्र पुग्छ कि फेरि चुनवाङ बैठकभन्दा अघि फर्किनुपर्छ ?
चुनवाङ बैठकअघि र पछिको वि È यमा समी Ô ा हुनुपर्छ । चुनवाङ बैठकपछि पार्टी मूलभूतरूपमा बिग्रिएको साँचो नै हो । यस वि È यमा इतिहासले पनि मूल्यांकन गर्ला तर मूलभूतरूपमा अहिले हेटौंडा महाधिवेशनले पारित गरेको कार्यदिशा सच्याएर संसदवादबाट मुक्त हुनुपर्छ । त्यसो भयो भने एकताको वातावरण बन्छ ।
तपाईहरूको पनि त राजनीतिक लाइन स्पष्ट हुन सकेको छैन नि ¤ शान्तिपूर्ण राजनीतिमा आउनुभएको छ, फेरि संसदीय प्रक्रियाबाहिर हुनुहुन्छ । तपाईहरू पनि अलमलमा परेको होइन र ?
हामीले गर्ने भनेको जनवादी क्रान्तिको तयारी नै हो । हामीले संसद्वादलाई कुनै पनि हालतमा स्वीकार्न सक्दैनौं तर संसदलाई बेलाबखतमा उपयोग भने गर्न पनि हामी पछि पर्दैनौं । हामी राजनीतिक लाइनमा स्पष्ट छौंं । हामीलाई आरोप लगाउनेहरूले के भन्छन् भन्ने कुरा महत्वपूर्ण होइन । हामीलाई संशोधनवादमा फसाउन धेरैले प्रयत्न पनि गरेका छन् । जनवादी क्रान्तिमार्फत् समाजवाद हुँदै साम्यवादमा जाने हाम्रो कार्यदिशा स्पष्ट छ ।
२००६ सालदेखि कम्युनिष्टहरूले जनवादी क्रान्तिको तयारी गरिरहेका छौं भन्दै आएका छन् । त्यो जनवादी क्रान्ति कहिले हुन्छ ?
जनवादी क्रान्ति तपाईले सोचेजस्तो सजिलै गरी हुने वि È य पनि त होइन । क्रान्ति कहिल्यै पनि सरल रेखामा बग्दैन । यसमा उतारचढावहरू आइनै रहन्छन् । हामीले २००६ सालदेखि नै जनवादी क्रान्तिका लागि धेरै मेहनत ग¥यौं । बीचमा हामीले धेरै असफलता व्यहोर्नुप¥यो । जनवादी क्रान्तिकै लागि हामीले दशव र्È े जनयुद्ध गरेका हौं । अब पनि हामी जनवादी क्रान्तिका लागि निरन्तर लागिरहन्छौं । क्रान्तिकारीहरू कहिल्यै पनि थाक्दैनन् । लक्ष्य पूरा नहुँदासम्म लडाइँ जारी रहन्छ ।
कम्युनिष्टहरूले पनि समाजको बदलिदो परिस्थितिलाई बुझ्नुपर्दैन र ?
हामी समाजको गतिअनुसार नै अघि बढ्ने हो । तर, कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता अलि बढी सचेत हुनुपर्छ । निश्चय पनि हामीले बदलिंदो परिस्थितिलाई अब बढी बुझ्नुपर्छ । यसलाई पालना गर्ने नाममा माक्र्सवाद, लेनिनवाद र माओवादका मूलभूत कुरालाई बिर्सने भन्ने कुरा पटक्कै आउँदैन । समाज बदलिएको नाममा कम्युनिष्ट पार्टीलाई संशोधनवादतर्फ लैजाने पुरानै रोग हो । यसप्रति हामी सचेत छौं । क्रान्तिको नेतृत्व कम्युनिष्टहरूले नै गर्ने हो । यसमा अरुका विभिन्न विचार आउनु स्वाभाविक हो । हामीलाई आश्चर्य लाग्दैन ।
जनवादी क्रान्ति गर्ने भन्नहुन्छ, दोस्रो संविधानसभा निर्वाचनमा तपाईका कार्यकर्ताले पैसा खाएर कांग्रेसलाई भोट हाले भनेर पनि चर्चा चल्यो, यसरी पूरा हुन्छ त जनवादी क्रान्ति ?
यो तपाईले लगाउनुभएको आरोप वाहीयात हो । मैले विगतमा पनि यस्ता आरोप थुप्रै सुनें । हामीलाई बदनाम गर्ने नियतले यस्तो आरोप लगाइएको हो । एउटा सच्चा क्रान्तिकारीले पैसामा बिकेर कसैलाई भोट हाल्ने भन्ने कुरै हुँदैन । हामीलाई बदनाम गरेर फाइदा लिन खोज्ने विरोधीहरू धेरै छन् । कतैं कहीं हाम्रा कार्यकर्ताहरूबाट त्यस्तो भएको छ भने कसैले प्रमाण पेश गरे हुन्छ । प्रमाणबेगर तपाईहरू जस्ता सचेत वर्गले हावा कुरा गर्नु जायज होइन । कुनै पनि माओवादी कार्यकर्ताले पैसा खाएर कांग्रेसलाई भोट हालेकै छैन । हामी त समग्र यो प्रक्रिया नै गलत हो भनेर बहिस्कारमा लागेका थियौं । बहिस्कार गर्न हिंडेकाले भोट हाल्ने कुरा हुन्छ र ?
तपाईहरू अहिलेका समग्र प्रक्रियाबाट बाहिर हुनुहुन्छ । अहिलेको प्रक्रियाबाट संविधान बन्ला ?
संविधानसभाबाट कुनै पनि हालतमा संविधान बन्दैन । संविधान बने पनि जनताको प Ô मा बन्दै बन्दैन । जनताको पक्षमा नलेखिएको संविधान घोषणा भएकै भोलिपल्ट हामीहरूले जनताको पक्षमा लेखिएको संविधान सडकबाट घोषणा गर्ने तयारी पनि गर्दैछौं ।
साभार जनधारण साप्ताहिकबाट







