भर्खरै दैलेख उद्योग बाणिज्य संघको चुनाव सम्पन्न भएको छ । महाभारतको युद्ध झै गराईएको चुनावी मैदान मा शान्त स्वभाव देखाएकै कारण बिजय हुनु भएका तपाई शान्ति दाई र बिजयी सम्पूर्ण टिमलाई शुभकामना दिन्छु । पत्यक्ष रुपमा हात मिलाएर धन्यवाद दिन नसकेपनि, मलाई विश्वास थियो शान्तिदाई मान्छे दिलवाला, विश्वासिलो र भरपर्दो उम्मेदवार हुनुहुन्छ किनकी त्यो सबै नतिजाले प्रष्ट बनाएको छ । असार ३ मा बिजय हुनको लागि हाम्रो पछाडी मुन्द्रे, ट्यापेहरुको संख्या कति छ भनेर गन्ति गर्नेहरुलाई पनि राम्रै सवक मिलेको छ ।
जनता यती धेरै बाठा भैसकेका रहेछन् यस्तो अवस्थामा आजका संसदीय नेताहरु पनि भिड्न मुस्किल थियो । अव डर, धम्कि, त्रास र खोक्रो आश्वासन अनि भ्रमको खेती र फर्जी मतले पनि जनमत भएकाहरुलाई पछार्न सकिदैन भन्ने गतिलो उदाहरण बनेको छ यसपालिको चुनाव । कसैले कसैको धक्कीपूर्ण व्यवहार र उसको आचरणलाई सम्मान गनुपर्छ भन्ने कहीँ कतै दर्ता छैन । आफ्नो स्वतन्त्रतालाई सबैले प्रयोग गर्न पाउनु सबैको अधिकारको कुरा हो । यहाँ कसैले दबाब दिएर कसैको भनसुनमा लाग्ने आजका न व्यापारी छन् न कोही अरु नागरिक हरु नै । वाणिज्य संघको यो चुनाव सविधान सभा २०७० भन्दा ठूलो भयो । २०७१ साल असार २ गते जिल्ला सदरमुकामको एउटा होटलमा बस्ने मौका जुर्यो, यो मौका जुराउन र सदरमुकाममा जानको लागी निकै कष्टपूर्ण यात्रा गरेको जीप चालकलाई थाहा छ ।
भोलीपल्ट जिल्ला विकास समितिको हलमा हुन लागीरहेको चुनावी स्थलमा पुगेको थिए सायद त्यतिबेला रौनकता निकै भिन्न थियो । सबै चुनाव प्रचार प्रसारमा व्यस्त थिए हात समाएर जिविसको ओल्लो पल्लो कुनामा लिनेहरुको संख्या कमी थिएन । अन्य समयमा जिल्लामा आउँदा जाँदा, के छ ? पनि नभन्नेहरु मिठो स्वरमा फकाउदै थिए । चुनाव कस्को पोल्टोमा जान्छ सायद दुबै उम्मेदवारलाई थाहा थिएन , हरेक चुनावहरु उम्मेदवारलाई भन्दा बाहिरका अन्य जनताहरुलाई लाग्छ यो विगतदेखिकै कुरा हो । कतिका लागि त यो चुनाव १०–१५ दिनसम्म आफ्नो पेट पाल्ने, दारुमा झुम्ने गतिलो अवसर पनि बन्यो । यता पक्ष भन्यो खायो, उता पक्ष भन्यो खायो यस्तो अन्य चुनावमा पनि हुन्छ अलि खर्चिलो मानिएको उद्योगीको चुनाव भएकोले कतिपयलाई दशै जस्तो महान पर्व पनि यतीवेलै आयो ।
सम्झना लायक यि सबै विषयबस्तु र जिविस हलमा मानिसहरुलाई आफ्नो पक्षमा लिन गरिएको प्रयास त्यति सामान्य थिएन । अनावस्यक हुल जम्मा गरेर विना तुकमा निहुँ पनि खोजीयो तर बाजी शान्त स्वभाव र शान्ति चाहनेकै भयो ।
तपाइ दुबै उम्मेदारलाई बधाई छ । तपाईहरु बीच यतिधेरै प्रतिस्पर्धा नभइदिएको भए अध्यक्ष लगायतका पदको गतिलो र ओभिलो अनुभुती हुने थिएन । अध्यक्ष पदको गौरव बढेको छ । यो पदको दुरुपयोग वा सदुपयोग गर्ने बारे विजयी शान्ति दाईले राम्रो अनुभव गर्नुभएको छ । त्यसैले अवका दिनहरुमा अँझै प्रगती हुनेमा म आशाबादी छु । बिजय हुने उम्मेदवारले मलाई कस्ले बिजय गराए ? किन गराए ? केका लागि गराए ? यो बुझन जरुरी छ भने पराजय हुनेले पनि पराजय हुनुको पछाडीका कारणहरु खोजी गरी अगाडी बढनु पर्ने देखिन्छ । पराजय र बिजय स्वभाविक हो । हामीले आफ्नो कर्तव्य दायित्व र इमान्दारितालाई बुझेर अगाडी बढनुपर्छ , यद्यपी आफ्नो नैतिकता र सिमा भन्दा बाहिर हामी कोही जानु हुदैन , भर्खरै भएको यो चुनावी विषयले साँढेको जुधाई बाख्राको मिचाइ भएकै हो ।
आफ्न्त संगको मनमुटाव पनी यो चुनावले गराइदियो । एकै पार्टीभित्र फरक मत राख्नेहरुको संख्या बढायो, त्यसैले शान्ती दाजु तपाइको कार्यकाल सफल रहोस , सबैको भावनालाई बुझेर अगाडी पढ्ने प्रयास अवश्य गर्नुहुनेछ । सबै व्यापारी त्यसैमा आशाबादी छन् । हामीलाई जहाँसम्म लाग्छ चुनावमा भोट हालेको भोली पल्टबाट धेरै टाढा हुने प्रयास अवश्य नगर्नुहोला , जसले सबैको भावनाको कदर गर्छ, बोलीले मात्र सहयोग गर्छ भने त्यो मानिस सबैको भरसिलो मान्छे मानिएको हुन्छ गाँउदेिख शहरसम्मका सबै व्यापारीहरुको हितका लागी जसरी चुनावी प्रचारमा नारा बनाइएका छन् ति नाराहरु नारामा मात्र सिमित नभइ आगामी कार्यकालमा त्यस्ता नमूना कामहरु हुनेछन् । सांच्चिकै यतिधेरै शान्ती शर्मालाई दःुख गरेर गाँउदेखी आफ्नो कामको व्यस्ततालाई छोडेर भोट खसाल्ने ति सबै दाजुभाई दिदीबहिनीहरुले सांचिकै शान्ती शर्मालाई अझै धेरै चिन्नेछन् । चिन्ने मौका पाउनेछन् ।
उही नेपालका मन्त्री नेताहरुले झैँ पद मात्र भनेर काम केही गर्न सकिएन भने हाती आयो हाती आयो फुस्सा होला जस्ले काम गर्छ सबैले त्यसैलाई ठूलो व्यक्ति मान्ने हो नत्र सभासद देखि बडाहाकिम सम्म कसैले मान्दैनन ,अन्तमा धेरै के लेखु तिन वर्षे कायकाल राम्रो संग सफल होस् जसरी नाम शान्ती छ सबै काम शान्त संग हुदै जाऊन उद्योग वाणिज्य संघका बिजयी र सबै भन्दा बढी मत ल्याउने नरेन्द्र दाई, कुल बहादुर बि.क. तपाई सवैलाई धेरै धेरै शुभकामना । सबैैको कार्यकालमा भएका राम्रा गतिविधीले भोलीका दिनमा कसैले भोट नमागेपनी आफै भोट दिऊ दिऊ लागोस्, सुझाव र शुभकामनाका दुई शब्द यही विट मार्ने अनुमती चाहान्छु । समयले जुटाएछ भने भेट अवस्य हुनेछ ।
धन्यवाद, निलम प्यासी
लाँकुरी ८ दैलेख






