गाईजात्रे कोशेली डामाडोल दैलेख २०७१

नेपालमा मोदी आए । मोदीको भाषणले नेताहरु लठ्ठ परे जय होस् , हाम्रा नेपालका नेताहरुले बोल्न नसकेको कुरा मोदीले बोलेर गएपछि सबै चकित परे , यस्तो नेपाल । बुद्धको भूमि नेपाल, निकै साहस बोकेका नेपाली, स्वतन्त्र नेपाल, विश्वको आँखा नेपालमा तर हाम्रो आँखामा नेपाल र नेपालको पानीमा कस्तो राम्रो   कुरा ।  यसमै तालि पिटेर रमाए हाम्रा नेताहरु । नेपालको कुरा त्यती धेरै नगारौं चरी गुलेली लागेर मरे, श्रीकृष्ण क्यान्सरले बिदा भए, न्यायीक मात्र हैन् पुलिसले चाहेपछि जे पनि गर्दो रहेछ नेपालमा । गैर न्यायीक हत्या लोकतन्त्रमा हुन्छ अरे जनताहरु सचेत हुनुपर्ला । दैलेख तिर त्यस्तो     रोग नसरोस् , महाबु जगनाथले सवैको रक्षा गरुन् ।
अव नेपालतिरको कुरा के गरौं गरि साध्य छैन् सवै त्यतातिरमात्रै कुरा गर्ने हो भने दैलेखको कुरा कसले      गरिदिने हो ।
यहाँ समस्यै समस्या छन् । राम्रा कामहरु कही देखिदैनन् नराम्रा कामहरु देख्दा र लेख्दा समस्या उत्पन्न हुन्छ । भन्नै पर्ने भो लेख्नै पर्ने भो यसभन्दा अरु छुटेका भए तपाँईहरुले नै खोजी गरिदिनुहोला पक्षपात गरेर पनि भन्न खोजीएको होईन् कसैको विपक्ष वन्न पनि खोजिएको होईन् ।
सदरमुकाम निकै टुप्पोमा छ । टुप्पोमा टावरको वास छ टावरले कहिल्यै टिप्दैन् । ईन्टरनेट राम्रो हुँदैन् पैसा नतिरेको दिनमै लाईन काटीन्छ तर विग्रेको कहिल्यै पनि बनाईदैन् ।
अहिले जिल्लामा सात दिनको एकदिन पानि आउँछ, त्यो पनि सहारे खोलावाट आएको भलले बजारै बगाउने गरि थर्काउँछ । विचरा जनताहरु कोही ८ हजार कोहीले १५ हजार तिरेका छन् । मिटर नाप्नेले अंकै नहेरेर धमाधम पानीको वील काटेको काट्यै छ । खानेपानी कार्यालयले जनता ढाँटेको ढाँट्यैं छ । गाउँभरी करोडौंका योजना वनायौं भन्ने खानेपानी कार्यालयले ठूलो साहारे योजना ल्याएको छ । समितिका मान्छेहरुलाई पिसाव फेर्दा पनि गाडी चाहिन्छ रे ? योजना बन्यो कि बनेन् भन्ने कुरा तर्फ होईन दश लाख सम्म बार्गोनिगं पनि हुन्छ रे ? जय होस् बिकास निर्माण जय होस खानेपानी ।
२०१४ आईसक्यो सदरमुकामको एउटा वडा मात्रै खुलादिसामुक्त वडा रे ? त्यसमै पनि धनिहरुलाई सौचालय बनाउनुपर्ने योजना चाहिएको छ । गरिव बिचाराहरुको त कुरै नगरौं । धन्न धन्न अर्को खुलादिशामुक्त वडा वनाउन लागेको त पहिरो आएछ र सवै चर्पि भत्काएछ । अव ईनका बाऊले भुर्तो गर्ने हुन् खुलादिशामुक्त जिल्ला घोषणा ।
टावर सँगै घरेलुको तान बुनिएको छ । तानका नाममा रकमको तानातान चलेको छ । द्धन्द्धपीडितलाई तालिम त कहिले यस्तो तालिम कहिले उस्तो तालिम तालिममै सकिएको घरेलुको तान । अव जे हुन्छ होस् मैले भनेको मान ।
बर्षात आयो कि पहिरो रोकथाम अभियानमा लागेको भू संरक्षणको त कुरै नगारौं । सिचाई, पानी मुहान यसो, त्यसो मिलाउँदै मेसो, जाली र तारको फालाफाल भएको यो बर्षको खवर छापीएको छ तर पहिरो रोकथाम गर्ने ठाउँमा न जाली छ न तार नै छ ।
नयाँ बनेको प्रशासनमा चिटिक्क परेका कर्मचारीहरुको सेवाले जनताहरु दिकदार छन् । सात दिन भो नागरिकता बनाउन पाएनन् रे ? भत्ता नबढाएको भन्दै जिल्लाका कर्मचारीहरु आन्दोलनमा छन् रे ? सवैलाई मोज भएको छ । जनतालाई तनाव भएको छ  । देश दुनियाँ यस्तै छ । बाढी पनि कस्तो आएको हो । ह्वात्तै आयो ख्वात्तै मान्छे बगायो । खोलाले मान्छे बगाउँदा, बाढीले घर पुरिदा थाहा नपाउने प्रहरी प्रशासनले सदरमुकामभित्रै भएका घटनाहरु कसरी थाहा पाउने होला । हरे शिव ईनको मोटो बुद्धी कसले देला ईनलाई बर ।
बा बा बा हेर्नुत कति महंगो जडीबुटी आएको रहेछ । छोपेर मिलाएपछि केही आउँछ की ? वनभरी सल्लाका रुखहरु सुकेका छन् खोटो कम्पनी पनि मालामाल वन उपभोक्ता समितिका अध्यक्ष र टाँठाबाँठा पनि मालामाल वनका कर्मचारीको त कुरै नगरौं । वनको अध्यक्षलाई पाँच हजार दिए पुग्ने । वन प्रमुखलाई रेड लेवल भए पुग्ने । विचरा उपभोक्ताहरु ईनले के फुक्ने । यस्ता                कर्मचारीहरुलाई राउटेको बस्तिमा गएर हेरचाह गर्न पठाउने सरकारले निर्णय गरेको समाचार छ ।
सवैलाई मोज छ यहाँ । रुख सुकेका सुक्यै छन् । सुकेका रुखबाट दाम झरेका झर्यैं छन् । जिल्लामा ठूला ठूला भवन वनेका छन् रातारात काठ भित्रिन्छ प्रहरीले पनि थाहा पाउँदैन । वन कार्यालयले झन् के थाहा पाओस् । रकम गोजीमा नपरेपछि मात्र खवर हुन्छ । जसले दिदैन दाम उसको हुँदैन काम यस्तो वनको जनतालाई के काम । दाम तिरेपछि रातारात भित्रन्छ वनको अवैध काठ अव ठोक्नुपर्छ यस्ता फटाहाहरुले टापका टाप । अब भुत्राको हरियाली वन नेपालको धन ।
म त अहिले जिल्लाराम परेको छु । जिल्ला विकास समिति अगाडी उभिएर यो गाईजात्रे कोशेली पढ्दा मलाई अनौठो लागेको छ । असारमा धमाधम बिल मिलाएको देखेर यहाँ प्रहरी पनि जिल्ल परेका छन् । ठेकेदारहरु पनि जिल्ल परेका छन् । उपभोक्ता समितिका मान्छेहरु पनि जिल्ल परेका छन् । कर्मचारीहरु पनि जिल्ल परेका छन् । ओभरसियरहरु झन् तीन छक परेका छन् ।  यीनीहरु त परेका थिए थिए पत्रकारहरु पनि जिल्ल परेका छन् । यिनको होस कहिले खुल्ने हो किन कि असारको कमिशनले अँझै निकास पाएको छैन् । बाटै ननापेर ठेक्का पास, उपभोत्ताको उठिवास, बाटोभरी असारे भल, स्थानीय विकास अधिकारीलाई विल मिलाउन आउँछन् कलका कल ।
३१ गते १ करोड निकाशा ३२ गते फरफार यस्ता नियत गुमाएकालाई कसले दिने बुद्धि, कर्मचारी पनि कस्ता कस्ता खुलादिसामुक्तको पैसाले नपुगेर कोही सडक नाप्न हिडेका छन्, कोही थप योजना बनाउन ठिक्कै छन् ।
महावु सडक वनाउन भनेर १० करोड सकियोे । १३ बर्ष बिते तर काम शुन्य छ कसल,े कति, कहाँ, कस्ता,े मोज गरे जनता तिमिहरुले नै खोज हिसाव किताव । जिल्लाका व्यापारीहरु चकित परेका छन् । अहिले जुम्लाबाट सामान किन्न आउने व्यापारीहरुलाई फोटो खिच्नुपर्ने अवस्था छ । सडक बन्दैन् । धार्मिक पर्यटकीय स्थल महावुमा समेत त्यस्तै समस्या छ । गतिलो पर्यटकीय क्षेत्र बन्ने यस्ता ठाउँहरुको उठिवास छ ।
जिल्लाभरिका बाटामा करोडौं करोड सकियो सवारी साधननै गुड्दैनन् । आज गाउँबाट आएका बाघहरुले मकै नभेट्टाएर हैरान परेका छन् । स्थानीय विकास अधिकारी ज्यू होसियार झम्टेलान् नी वाघहरुले । अव जिल्ला विकास समितिका करिव ६० जना कर्मचारीलाई बाघलाई चाहिने मकै लिनको लागि कालिका पठाईदिनुपर्ने भन्दै सरकारले डोजरमा चढेर गाईजात्राको दिनमै पठाउने निर्णय गरेको छ ।
पहिले पहिले प्रिय तिमिसँग अव एक महिनापछिको पत्रमा भेट गरौंला भनिन्थ्यो तर आजभोली त निकै सजिलो भएको छ । सेकेण्ड सेकेण्डमा आई लभ यू , लभ लभालभ यू , ज्यानै तिमी विना छैन् ।
यिनका वाजे आजभोली त मोवाईलले फेसनै बनायो ” “१२ बर्षमै आई लभ यू १३ बर्षमा घोच लभ क्यू, १४ बर्षमा ६ किलोको ज्यूँ अव कसले रोक्ने हो ।” प्रहरी अगाडी छौं तिमिहरुले सक्छौं भने रोक । सक्दैनौ भने ठोक ।
तपाँई कतै केटिको लफडामा त हुनुहुन्न । कतै फोनमा समस्या त छैन् । कतै बहुवीवाह वा अन्य केही सामान्य चिथर चाथर देखी अन्य केही यौनजन्य हिंसा गर्नु भएको त छैन् । प्रहरी भित्र नपर्नुहोला किनकी भित्र खोरमा जानेवित्तिकै तपाँईलाई निस्कन हल्का फुल्का नभएसम्म गाह्रो पर्छ ।
साँच्चै हिंसा गरेपनि यहाँ उपचार रकमकै हुन्छ । कसैलाई फसाउनु छ भने पनि काम रकमकै हुन्छ । किनकी यहाँ कहिल्यैपनि मुद्धा चल्दैन भन्ने गुनासो छ । नयाँ प्रहरी प्रमुख ज्यू आउनुभएको छ  ख्याल गर्नुपर्ला ।
ओ……म श्री आरायणम न….. म…..अ ……. । फोहोरको थुप्राए न..म…। पानीको समस्याय ..न…. म….। सडकभरी गाडी, वालुवा र गिटीआए न…म…. । पिच नवन्दै रकम सक्याए न… म….। भित्र भित्र विल विलाए …. न…. म…. । सडकभरी दिशा..आए नम…. । नयाँ हाकिम…आ ए… नम …. । नयाँ भवन छिट्टै निर्माणाय…. नम…. ।
जनताले बर्षको बर्ष कर तिरेका तिर्यैं छन् । कर्मचारी त्यही करमा मोज गरेर फिरेका फिर्यैं छन् । नयाँ हाकिमले केही नयाँ     गरे भने जय नरायण नत्र कुम्लायए          नारायण ।
जय विद्युत, जय पोल, जय दारु, जय झोल, विद्युत बनाउने हरुनै झोलमा चुमुल्गं डुवेपछि भुत्राको बिजुली । पोल एकातिर ढल्छ मान्छे अर्कोतिर जान्छ ।
एक जनाले चाकवाट बल लगाएर चिच्चायो भने दैलेखको वत्ति र टेलिफोन एकै पटक जान्छ । हावा हुरी पानी असिनाको त कुरै नगरौं । गाउँमा वत्ति बाल्ने बाहना रकम गोजिको चाहना । यस्तो विद्युत कार्यालयका सवै कर्मचारीहरुलाई माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपाल सरकार र दैलेखि जनताको लगानीमा निर्माण गर्न भन्दै नेपाल सरकारकाले आयोजना स्थलमै सरुवा गरेको खवर छ ।
शिक्षाको त कुरै नगरौं रातारात आफ्ना मान्छेलाई ठाउँका ठाउँका सरुवा गर्न निकै तल्लिन देखिएका छन् नेताहरु । नयाँ नाम निकाल्ने शिक्षकहरुले पढ्न सम्म पढे , बिचरा तिनको हरिगती कुनै पार्टी निकटको शिक्षकको संस्था नसमाते भनेको ठाउँमा जान पाईदैन् ।  पढेर के सार, शिक्षा कार्यालय त आजभोली एउटा दलले चलाएको भन्ने खवर आएको छ । अव लोकसेवा आयोज नचाहिने भयो राजनीतिक दलका नेताहरुले आफ्ना संगठीत र सक्रिय सदस्यहरुलाई शिक्षा कार्यालय चलाउने निर्देशन सहित नेपाल सरकारले नियुक्ती गरेको खबर गाईजात्रे कोशेलीमा छापिएको छ ।
एकताका विल मिलाउन हैरान स्वास्थ्य कार्यालयमा यो बर्ष ठूलो भूकम्प नआएको खवर छ । साना सना भूकम्पका झड्काहरु भने यो बर्ष देखिए तर त्यस्ता झड्काहरु भित्रै मिलेछन् धन्न बाहिर आउन पाएन  । आएको भए यसपालि पनि यिनको       भूडिँपुराण हुनेवाला थियो । दरबन्दिका डाक्टर साहेवहरु जिल्लामा छौं । अव गाउँतिर जान तम्सिनुपर्र्यो । नत्र फेरी हैजा आयो भने खाउला लड्डु ।
एनजिओ तुमजिओ हामजिओ यसका बाजे । ईनका के कुरा गर्ने । प्रस्तावना खोल्नु अगाडीनै कार्यक्रम दिने प्रमुखलाई भेटिन्छ, लाखौको बिटो खोलिन्छ । कति बाटा हुन् नागरिक समाजका मान्छेहरु अव ईनलाई डोकोमा घाँस काट्ने परियोजना ल्याउनुपर्छ । त्यो पनि ईनले गरेनन् भने आमाको पोई , जगव छ बा ? अब हेर्नुहोला गैससको चुनाव हुँनै बाँकी छ ।
बिल भरपाई सरपाई, केटीपाई , केटापाई, लभर पाई, लभरनी पाई, सवै चल्छ एनजिओमा । कतिले करोडौं कमाए कतिले लाखौं गुमाए । कतिले घरवार डुवाए, बुढो केटी लगेर फिल्डतिर, बुढी फोनतिर । हे      राम  डलर खेती । मकैको रोपाँई, धानको मुल विऊ । यस्तालाई कसरी बुद्धि फिराउने हो ।
सवैलाई सगज गराउने पत्रकार समाजको चारवटा अंग । त्यसमा पनि दैलेखको ईतिहाँस डकेन्द्रसँग जोडिएको जिल्ला । दैलेखको शान, मान, ईज्जत र प्रतिष्ठा । यो भने कायम राख्न सकेनन् की भन्ने चिन्ता छ दैलेखका पत्रकारहरुले । अरुलाई राम्रो सिकाउने जिम्मा पाएका पत्रकारले आफै जे पायो त्यही गरेपछि समाज कसरी सुध्रन्छ । अँझै केही बिग्रेको छैन् । अरुलाई राम्रो आँखा देखाउनेहरुले आफ्नै आँखा पहिला निष्पक्ष भएर खोल नत्र तिम्रा आँखा फ्ट्छन् । जेरी बेडीएझै गरि बेडीएर मात्र हुँदैन् पहिला घर मिलाऊ अनि वन मिलाउन लाग नत्र वनचरिले मनपरी गर्लान्् । होस गर ।
धोक बाणिज्य संघको पिरलो छुट्टै छ । यसपालि जाँड धोक्नेवालाहरुले बेस्सरी जाँड धोके । भोट दिन्छु भन्दै धोक्दै गरे । दुवै पक्षकाहरुको रकम निकै उडाए विचार अहिले सवैको होस हवास उडेको छ ।
यस्तो पाराको चुनाव अवका दिनहरुमा नगर्ने भन्दै महावुधामबाट शिवजीले निर्णय गरेर पठाएको खबर छ  ।
गाईजात्रे कोशेली डामाडोल २०७१ यसपालि बिदा माग्दछ लेखेका जति र लेख्न छुटेका जती सवैलाई बुद्धि पलाओस् जिल्लका यि सवैलाई एक एक महिनाको लागि भारत भ्रमण गरेर सवैको दशा शान्ति गर्न नेपाल सरकारले निर्णय गरेको छ । मोदि सरकार सँगै सवैलाई शुभ यात्राको कामना
प्रस्तोता ः
गाइजात्रे कोशेली डामाडोल दैलेखको संयुक्त प्रस्तुती             (२०७१ )
बाघ जात्राको दिन प्रस्तुत       गरिएको
सम्पादन नगरिएको कोशेली ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार