सुन्दर मेरो काडा गाउँ निसमै छ भन्ने सुन्छु ।
यकान्त मा यक्लै हुदा जन्म भुमी सम्झी रुन्छु ।।
कति राम्रो मिलेको दैलेख बजार वारि पारी गाउँ।
सबै भन्दा प्यारो लाग्छ मा जन्मेको ठाँउ ।।
हरियाली लेख हुँदै चर्दै आउने बाक्रा गाई
मिलेका छौ बसेका छौ हामी सबै दाजु भाइ
सबै थरी जडी बुटी पाइने हाम्रो धनी बन
सहयोगी छन दैलेख बासी खुसी छन सब्का मन
बेग व्यापार सबै हुने मिलेको छ बजार
बिकासपनि हुँदै गा छ सबै को छ त्यति नजर
मठ मन्दिर गुम्बा चैत्य सबै को छन धनी
पर्यटन ले सोच्दै छन् हेर्न आउछौ भनी







