नेपालमा सिउडो कम्युनिष्ट र धर्म निरपेक्षता

 अरुण कुमार सुवेदी
नेपालका कम्युनिष्ट नेताहरुको धर्म सम्वन्धी धारणाहरु सुनेपछि यो स्वप्नकार छक्क परेको छ । यो हास्यास्पद स्थिति हो ।
कामरेड मोहनविक्रम सिंहदेखि लिएर बाबुराम, माधव नेपाल, झलनाथ, खड्ग ओली सबैमा यो हास्यास्पद धारणा                 देखियो । कम्युनिष्ट वा मार्क्सका अनुयायीहरु अनिस्वरवादी हुन्छन् । कुनै संवैधानिक सपथ लिँदा पनि ईश्वरका नाममा सपथ लिँदैनन् ।
उदाहरण नेपालमा नै पनि देखिएकै हो । अर्थात कम्युनिष्टहरु आस्था (फेथको अर्थमा) विहीन हुन्छन् । तर, नेपालका कम्युनिष्टहरु आफूलाई धर्मनिरपेक्ष भन्ठान्छन् । अर्धात मस्जिद गए ‘एकल क्याप’ लगाएर अल्लाह ओ अकबर भन्छन्, गुम्बा गए वुद्धम शरणम‘. पशुपति गए नम शिवाय..  इत्यादि ।
एउटा व्यक्ति बहुआस्थाको हुनै सक्दैन, जुन नेपालका कम्युनिष्टहरु भइरहेछन् । कम्युनिष्टले त सबै धर्म बर्जित हुनुपर्छ भन्नुपर्ने हो । यिनलाई अनिश्वरवाद र धर्म्निरपेक्षताको भेद नै थाहा भएन सायद ।
वस्तुत ः कम्युनिष्टहरुले संविधानमा धर्म सम्वन्धी केही उल्लेख नहोस् भन्न सक्थे । तर, त्यो भनेनन् । किन ?                   कुरा स्पष्ट छ, वहाँहरुको प्रतिवद्धता इशाइकरण र हिन्दु संस्कृतिप्रतिको द्रोहमा छ ।
धर्मान्तरण र धर्म निरपेक्षता
नेपालमा धर्मनिरपेक्षता धर्मान्तरणका लागि छुट दिने र बहुमत सांस्कृतिक समुहमाथि सांस्कृतिक हिंसा गर्ने, सामाजिक विग्रह उत्पन्न गर्ने औजारका रुपमा प्रयोग भएको सत्य कसैबाट छिपेको छैन । यसले नेपालका धेरै जनजातिहरुको सांस्कृतिक पहिचान धरापमा परिसकेको छ ।
यदि यही स्थिति कायम रहे स्वप्नकार ठोकुवाका साथ                         लेख्छ । एक दशकभित्र नै प्रायः पहाडी जनजातिहरुमा आफ्नै जातभित्र धार्मिक द्वन्द्व हुनेछ, निज धर्ममा रहेका र अतिक्रमणकारी आस्थामा गएका अर्थात इशाई भएकाहरु वीच । जसका प्रारम्भिक संकेतहरु देखिन थालिसकेका छन् ।
अहिले धर्मनिरपेक्षताका विरुद्ध उर्लिएको जनमत देखेर ग्रीन डलरले जन्माएका विभिषणहरु तिल्मिलाएका छन् । यसको विकल्पमा अर्को शब्द खोज्ने क्रम सुरु भएको छ । शब्द जेसुकै राख, संविधानमा सांस्कृतिक अतिक्रमण रोक्न खास व्यवस्था हुनैपर्छ ।
अन्तरिम संविधानमा पनि धर्मान्तरण दण्डनीय अपराध हो भनिएको छ, तर तिब्र गतिमा यो अपराध भइरहेको छ ।
सर्वप्रथम संविधानसभाले यो अपराधको जाँचबुझ गर्न न्यायिक आयोग गठन गरी दोषीलाई कारवाही गर्ने प्रक्रिया अगाडि वढाओस् । अनि संविधानमा पनि धर्मान्तरण गर्नु गराउनुलाई दण्डनीय अपराधका रुपमा राखोस् । र, जसले स्वेच्छाले धर्म परिवर्तन गर्छ, उसलाई उसको पहिलेको धार्मिक वा जातीय पहिचानका कारणले राज्यले दिने सकारात्मक विभेदको सुविधा नदिइने प्रावधान होस् । समान नागरिक संहिता होस ।
यी प्रावधान राखेर ल्याइएको संविधानमा शब्द विन्यास मात्र ठूलो कुरा होइन ।
प्रदेश विभाजनको सांस्कृतिक आधार
संसारमा राज्य निर्माण, अवसान र निरन्तरताको इतिहास स्वप्नकारले चारवटा राष्ट्रियताका आधारहरुबाट निर्धा्रित हुने विश्लेषण गर्रुयो । यस सम्वन्धमा स्वप्नकारको ८र९ वर्ष अगाडि प्रकाशित पुस्तक सपनाका गाथाहरुमा एउटा खण्डमा राम्ररी सम्प्रेषण गरेको थियो । कालगतिले त्यस सन्दर्भको पुनरुक्ति गरी आम जनता सामु राख्नुपर्ने बाध्यता पर्न                   गयो । यसै पनि यो स्वप्नकार बाध्य नभई आफ्नो लय विमुख भएर राजनीतिक मुद्दामा कलम चलाउन चाहँदैन ।  तर,                 कुरा राष्ट्र  र राष्ट्रियता , पहिचान र प्रजातन्त्रको सहअस्तित्वको प¥यो, सहयुक्तिको प¥यो । राष्ट्रियताको पहिलो आधार नै सांस्कृतिक राष्ट्रियता वा जातीय राष्ट्रियता हो । जब  राष्ट्र बहुपहिचानयुक्त हुन जान्छ, तब सबैभन्दा ठूलो  समुहको                राष्ट्रप्रतिको निज भाव (विलोङगिङनेसको अर्थमा) राष्ट्रियताको अर्काे प्रमुख आधार बन्न जान्छ । जब कुनै पनि राष्ट्रको मूलप्रवाह सांस्कृतिक राष्ट्रियतालाई कमजोर बनाइन्छ र सबैभन्दा ठूलो सांस्कृतिक वा जातीय समुहलाई बचावको अवस्थामा पुर्रुयाइन्छ, तब त्यो समूह पनि राष्ट्रियताका लागि लड्ने आक्रामक मनस्थितिवाट बिमुख हुन जान्छ । त्यसपछि अर्को सवल आधारले राष्ट्र थेग्नु पर्छ । त्यो हो(सवल               सैन्यशक्ति । यी सवै परिस्थिति नआउने एउटै अवस्था रहन्छ, त्यो हो समृद्धि । उल्लेखित चारवटै आधारमा नेपालको                  राष्ट्रियताको जुइनो खुकुलिँदै छ भन्नुपर्दैन । यसैले स्वप्नकार चिन्तित छ र वीचवीचमा लय अन्तर गरिरहन्छ, राजनीतिक मुद्दाहरुतर्फ लागेर । नेपालमा रहेका तमाम जनजातिहरुका पहिचान हिन्दु सांस्कृतिक पहिचानका विरोधी हुन् भन्ने पश्चिमाहरुबाट विभाजन गरी सांस्कृतिक अतिक्र्रमण  गर्ने सुत्रद्वारा स्थापित रणनीतिक प्रचारको प्रभाव हो । गल्ती यही नै भयो ।
हिन्दु राष्ट्रियतालाई नेपालको मूलप्रवाह मान्नेहरु जातीय र क्षेत्रीय पहिचानको विरुद्ध उत्रिए र जातीय एवं क्षेत्रीय पहिचानका कुरा गर्नेहरु समष्टिगत पहिचानको विरोधीझै प्रतीत भए । यही कारणले राष्ट्रियताका आधारहरु कमजोर हुँदै गए ।
यो अवस्था यति फुलाउन खोजियो कि नेपाली सेनालाई नै जनजाति र तागाधारीमा विभाजन गर्नेसम्मको दुस्साहस भएकै हो । तर, आजसम्म त्यो सम्भव भएको छैन । यो नेपालीहरुको सौभाग्य नै मान्नुपर्छ । नेपाली सेना स्वयम नै सांस्कृतिक                 राष्ट्रियताको सुत्र र भावनाबाट संगठित छ, त्यसको स्वरुप र नामाकरणमासमेत धर्म निरपेक्षताका नाममा यथेष्ठ प्रहार भएका हुन् र भइरहेछन् । अब मुलुक जागेको छ, सबै पहिचानवादीहरु सांस्कृतिक राष्ट्रियता र प्रादेशिक अखण्डताका लागि एक हुन थालेका छन् । जसबाट सांस्कृतिक                                राजनीतिकलगायतका सबै बाह्य हस्तक्षेपकारी खेलहरुको अन्त्य निकट देखिन्छ । यसका लागि उत्साहको वातावरण पनि क्रमशः बन्दैछ । सांस्कृतिक राष्ट्रियताका लागि छरपस्ट भई गरिएका आन्दोलनहरुप्रति पनि जनताको ठूलो सर्मथन रह्यो ।
परिणामस्वरुप गाईलाई राष्ट्रिय जनावरबाट हटाउने र राष्ट्रिय झन्डा परिवर्तन गर्ने षडयन्त्र सफल हुन सकेन । जबरजस्ती लादिएको धर्म निरपेक्षता पनि हट्ने पक्काजस्तै छ । अब सबै पहिचानवादी एक भएमा अबको आन्दोलनले हिन्दुराष्ट्र र पहिचानको संघीय ज्यामिति पनि निर्माण हुनेछ ।
संघीय ज्यामिति
स्वप्नकारको स्पष्ट दृष्टिकोण छ क्षेत्रीय वा जातीय सांस्कृतिक पहिचानवादीहरु राष्ट्रिय पहिचानका आंगिक पक्षहरु हुन् । आफ्नो पहिचानको कुरा गर्ने अर्को पहिचानलाई अस्वीकार गर्नाले बिग्रह हुन सक्छ, विखण्डन हुन सक्छ । यसैले स्वप्नकार संघीय संरचनामा पनि पहिचानलाई स्वीकार्नु पर्छ भन्ने पक्षमा छ ।
यसका आधारमा नेपाललाई जनपद (क्याण्टनको अर्थमा) हरुको संघ बनाउन उचित हुने तर्क छ । नेपाललाई पहिचानका आधारमा संघीय विभाजन गर्दा यस्तो प्रस्ताव छ स्वप्नकार            को । यस सुत्रको पहिचानमूलक संघीय ज्यामितिलाई सबैले स्वीकार गर्नै पर्नेबेला भएको छ । कुनै पनि बहानामा दमन वा आलटाल हुनु अर्को त्रासदीलाई निम्तो दिनु हो । स्वप्नकारको संघीय ज्यामिति
यो स्वप्नकारको धारणा हो । यी सबैका आधार र राष्ट्रिय जनगणनाको तथ्यांकका आधारमा पनि समष्टिगत पहिचान हिन्दु सांस्कृतिक नै हो भन्ने मा स्वीकार्नै पर्ने स्थिति छ ।
(लेखक नेपाली कांग्रेसनिकट बुद्धिजीवी हुन्)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार