हङकङको सारीले आन्दोलनको धुलो उडायो

  दैलेखमा लगातार आन्दोलन भैरहेको   छ । आन्दोलन दैलेखमा मात्र हैन् मध्यपश्चिमका विभिन्न जिल्लाहरुमा संचालन भैरहेको छ । राज्यले मध्यपश्चिमका विभिन्न जिल्लाहरुलाई उपेक्षा गरेको छ ।
यो सँगै यहाँ गरिएका विरोधका सभाहरुलाई समेत समाचारमा कम प्राथमिकता दिईएको छ । किन यसो भयो भन्ने कुरामा यहाँ रहेका राजनीतिक दलहरु राजनीतिक बिश्लेषकहरु र अन्य निकायहरुले गहिरो अध्ययन र अनुसंन्धान गर्नुपर्ने अनि आफ्ना दलका माथिल्लो तहका नेताहरुलाई बारम्वार दबाव दिनुपर्ने देखिन्छ ।
सामान्य कुरालाई असामान्य बनाउन नमिल्ने एकातिर छ भने अर्कोतर्फ दैलेख , जाजरकोट, कालिकोट, लगायतका जिल्लाहरुका घटनाक्रमहरु पनि सँधै जसो ओझेलमा पर्ने आजको मात्र हैन बिगतदेखिकै समस्या हो किन की राजनीतिक रुपमा पहुँच बिस्तार   गरेका नेता र नेतृत्व गर्ने क्षमता हाम्रो स्थानबाट नभएकोले पनि समस्या भैरहन्छ । झन्न दैलेखको आन्दोलन १२ औं दिनसम्म निकै संयमित भएर अगाडी बढ्यो ।
११ दिन सम्म नआएको जनमास १२ औ दिनमा देखियो हजारौं महिलाहरुले १२ औं दिनमा निकालेको  सिमाँकनको बिरोध जुलुस सँगै तीज गितहरु पनि घन्किए । निकै ठूलो नारा जुलुस सदरमुकाममा भयो ।सुरक्षाकर्मीहरु समेत एकपटक आतिन थालेका थिए । धेरै जमात जम्मा भएको छ । आन्दोलन अराजक हुन सक्छ भन्नेमा सवै सचेत भएर बसेको अवस्था थियो ।
यसरी एउटा उचाईमा अगाडी  बढीरहेको विरोध सभामा एक्कासी क्यासेटमा गित बज्यो हङकङको सारीले नेपालको धुलो उडायो । अनि धेरै महिलाहरु नाँच्न पनि थाल्नुभो । कुरो एकातिर कुम्लो बोकी ठिमितिर भनेझै आन्दोलनको स्वरुप भन्दा केही फरक भयो ।
जे होस् १२ औं दिनको महिलादिदीबहिनीहरुको उपस्थिती र आन्दोलनले पनि निकै चर्चा कमाएको छ । आगामी दिनहरुमा यस्ता कुराहरुलाई भन्दा के का लागि आन्दोलन गरिएको हो त्यस्ता कुराहरुलाई मात्र ध्यान दिनुभयो भने अँझै    राम्रो होला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार