१. आजकाल के मा ब्यस्त हुनुहुन्छ ?
दैलेख जिल्लामा सुआहारा कार्यक्रम इ स २०१५ देखी सुरु भएको र जिल्ला स्तरका कार्यक्रमहरु सम्पन्न गर्दै स्थानीय स्तर सम्म ब्यबहार परिवर्तनका तालीमहरु संचालन भइरहको र त्यसको नियमित अनुगमन र समन्वयमा ब्यस्त छु ।
२. सुआहारा कार्यक्रम भनेको के हो ?
नेपाल कम बिकसित मुलूक मध्ये एक हो । तर पनि नेपालले सह् श्राब्दी लक्ष्य अनुरुप स्वास्थ्यका शुचक लक्ष्यहरुमा निकै शुधार गरेको छ । बाल मृत्युदर मातृ मृत्युदर घटेको छ । औषत आयु ६८ बर्ष पुगेको छ । देशमा कुपोषणको अबस्था अथवा कुपोषणको चक्र भयावह छ । बालबालीका होचा पुड्का र ख्याउटे छन । जसले गर्दा देशमा मानसिक तथा शाररिक रुपमा असक्षम जनशक्ति बढेको छ ।
नेपाल सरकारले २००९ देखी २०१० सम्म पोषण लेखा जोखा तथा अन्तराल बिश्लेषण –Nepal Nutrition Assessment and Gap Analysis (NAGA) गरे पश्चात देशलाई सक्षम बनाउनु छ भने देशका जनताको पोषण अबस्थामा सुधार ल्याउन अति आवश्ष्क रहेको र यसलाई सुधार गर्न कुनै एक पक्षको प्रयास बाट सम्भव छैन भन्ने महसुष गरी राष्ट्रिय योजना आयोग बाट २०६८ भाद्र ५ गत्ते उच्चस्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र २०६८ माघ १२ मा राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समिति गठन भयो र नेपाल सरकारको मन्त्री परिषद बाट बहुक्षेत्रिय पोषण योजना स्वीकृत भयो ।
मानीसको शारीरिक तथा मानसिक बिकास गर्भा अबबस्था देखी सुरु हुने र बच्चा २ बर्ष हुदा सम्म ८० प्रतिशत मानसिक बिकास पुरा हुने हुदा त्यस समयमा हुने मानसिक तथा शारीरिक बिकास ले उसको भविष्य सुनिश्चित गर्ने सुचक भएको हुनाले बहुक्षेत्रिय पोषण योजनाले सोही उम्मेर समुह गर्भाअबस्थाको २७० दिन र बच्चा जन्मेपछि २ बर्ष सम्मको ७३० दिन गरी सुनौला हजार दिनलाई लक्षित गरी दिर्घ कुपोषण घटाउने समग्र मुलुकलाई उन्मुख गराउने र समग्र सामाजीक आर्थिक बिकासमा कुपोषण बाधकको रुपमा रहने छैन भन्ने दिर्घकालीन सोच बनाइएको छ ।
नेपाल सरकारको यस बहुक्षेत्रिय पोाषण योजना लाई सफल बनाउन USAID को आर्थिक सहयोगमा सुआहारा कार्यक्रम २०११ देखी सुरुवातमा २० जिल्ला देखी सुरु गरी हाल नेपालका ४१ जिल्लामा लागु भएको छ । जसले नेपाल सरकारको केन्द्र देखी स्थानीयस्तर सम्म बहुक्षेत्रिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिहरु संगको समन्वयमा काम गर्दछ ।
२. दैलेखमा यस कार्यक्रमले के काम गर्दछ ?
सुआहारा कार्यक्रमको लक्षित बर्ग हजार सुनौला दिनका आमा र बालबालीका हुन । सुआहारा कार्यक्रम यस जिल्लाको सबै ४९ गाबिस र २ नगरपालीकामा कार्यरत छ । कृर्षि तथा खाद्य सुरक्षा कार्यक्रम लागु भएका १४ गाबिसमा अत्यावश्यक पोषण बाहेकका कार्यक्रम संचालनमा छन भने बाँकी सबै गाबिस र नगरपालीकामा पोषण बिशेष कार्यक्रम ,स्वास्थ्य सेवा प्रवर्दन ,पोसिलो र बिबिध खानाको पहुचमा बृद्धिका लागी घरायसी खाद्यान्न बगैचा कुखुरा पालनको उन्नत ब्यबस्थापन र प्रवर्दन , खानेपानी स्वच्छता र सरसफाई कार्यक्रम , लैगिक समानता तथा समाजीक समाबेशीकरण , समाजीक परिचालन तथा स्थानीय शासन र समाजीक ब्यबहार परिबर्तन संचारमा काम गर्दै आएको छ ।
३. यस कार्यक्रमको मुख्य उदेश्य के हो ?
यस कार्यक्रमको मुख्य उदेश्य महिला र २ बर्ष मुनिका बालबालीको पोषण स्थितीमा सुधार ल्याउनु हो ।
४ . सुआहारा कार्यक्रमका लागी साझेदार सस्थाको भुमिका कस्तो पाउनु भएको छ ?
दैलेख जिल्लाको लागी सुआहारा कार्यक्रमको लागी साझेदार सस्था एभरेष्ट क्लव रहेका छ । एभरेष्ट क्लव आफैमा अनुभवी र सक्षम सस्था भएको मैले महसुष गरको छु । जसले सुआहारा लगायत बिभिन्न दातृ सस्थाको साझेदारीमा बिबिध सामाजीक बिकासका कार्यक्रमहरु यस जिल्लामा कार्यान्वयन गर्दै आएको छ । एभरेष्ट क्लवको लामो अनुभव, दक्षता र पारदर्शिताले नै यस क्लव यो स्थानमा पुग्न सफल भएको हुनु पर्दछ । एभरेष्ट क्लवले अत्यन्त सफल रुपमा सुआहारा कार्यक्रम लाई जिल्लामा रहेका सरकारी तथा गैर सरकारी सस्थाहरु र सरोकारवाला निकायसंग समन्वय गरी कार्यन्वयनमा ल्याएको छ ।
५. सुआहारा कार्यक्रम प्रति कार्यक्रम लागु भएका क्षेत्रका बासीन्दाको प्रतिक्रिया कस्तो पाउनु भएको छ ।
.दैलेख जिल्लामा सुआहारा कार्यक्रमको सुरुवात देखी नै मैले जिल्ला स्तर देखी गाँउ र समुदायय सम्म प्रत्यक्षरुपमा सहभागी तथा कार्यान्वय गर्ने अवसर पाएको छु । यो कार्यक्रम नेपालमा ग्क्ब्क्ष्म् को आर्थिक सहयोगमा कार्यान्वयन भएका सफल कार्यक्रमहरु मध्ये एक मानिन्छ । यस जिल्लाका बासीन्दा पनि यस कार्यक्रम प्रति अत्यन्त सकरात्मक र उत्साहित भएको पाएको छु ।
६.अन्त्यमा के भन्नु हुन्छ ?
सुआहारा कार्यक्रमलाई यस जिल्लामा कार्यान्वयनमा ल्याउन सहयोग गर्नुहुने सम्पुर्णसरोकारवाला संस्थाहरु जिल्ला बिकास समिति, जिल्ला पशु सेवा कार्यालय , जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला कृषि बिकास कार्यालय, राजनैतिक दल , नागरिक समाज , संचारकर्मी लगायत सम्पुर्ण सरोकारवाला संस्थाहरु र हजार सुनौला दिनका आमा समेत लाई हृदय देखी नै धन्यबाद दिन चाहान्छु ।







