देश र जिल्ला समृद्ध भए हामी समृद्ध हुन्छौं भन्ने भावना जगाउन चुनौतीपुर्ण छ

दैलेख नारायण नगरपालिका वडा नं. ६ नया“ गाउ“मा जन्म भएका हरि प्याकुरेल स्व.लोकबहादुर प्याकुरेलका जेठा छोरा  हुनुहुन्छ । प्याकुरेलले २०४२ सालदेखि निजामती सेवा प्रवेश गर्दै अहिलेसम्म विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बहन गरिसक्नु भएको छ । उत्कृष्ट कार्य गर्ने कर्मचारीको रुपमा प्याकुरेलले सम्मान समेत पाईसक्नु भएको छ । दैलेख आफ्नो जन्मघर भएका प्याकुरेलले जिल्ला बिकास समितिमा स्थानीय बिकास अधिकारीको जिम्मेवारी सम्हालेको १ बर्ष पुरा भएको छ । दैलेख जिल्ला बिकास समिति बिगतमा के थियो ? अहिले परिवर्तन कस्तो भएको छ ? भावी योजना के रहेका छन् । यस्ता बिभिन्न बिषयहरुलाई समेटेर धमाका दैनिकको बुधबारीय प्रस्तुती शिधा प्रश्नमा सम्पादक बिष्णु शर्माले गरेको कुराकानी  ……

ldo

दैलेख आउनु अघि जिल्ला बिकास समिति दैलेखको अवस्था कस्तो थियो ?
त्यस समयमा समेत जिल्ला बिकास समितिका समग्र प्रयासहरु सुधारोन्मुख दिशामै अगाडि बढेका थिए । तुलनात्मक रुपमा धेरै पक्षहरु मैले सोचेभन्दा राम्रो अवस्थामा पाएको थिएँ । बिकास प्रति जनस्तरमा रहेको जागरण अभिलाशाहरु सृजनात्मक र समुन्नत थिए , राजनीतिक समन्वय लगायतका बिषयहरु मन छुने खालको थियो । यती हुँदा हुँदै पनि जनताको समिपमा   रही सेवा प्रवाह गर्ने तल्लो स्तरको  सरकार मानिने गाविस कार्यालयहरु, सदरमुकाममै थिए । पछिल्लो समयमा सर्वत्र मौलाएको बिकासमा अराजकता, उपभोक्ताबादी सोच, व्यक्तिगत स्वार्थहरुबाट हाम्रो जिल्ला समेत अछुतो थिएन । बिकासमा समन्वय जनसहभागिता, अपनत्वबोध, जनश्रमदान, गुणस्तर, नागरिक सुनुवाई तथा जनलेखापरिक्षण नजितामा     आधारित अनुगमन प्रर्णाली जस्ता बिकासका आयाहरुको सार्थकता अत्यन्तै

                          हरि प्याकुरेल 

कमजोर थियो । कर्मचारीमा सेवा भाव जवाफदेहिता कर्तब्य निष्ठतामा अभाव देखिन्थ्यो । पालना गर्नुपर्ने आचरण र अनुशासनको पाटोहरु कमजोर थिए । थुपै्र राम्रा पक्षहरु हुँदा हुँदैपनि सुदृढ, सक्षम प्रशासन, मितव्ययी र पारदर्शी व्यवहार, विधि र तिथि संगत बिकास सँस्कारको अभाव देखिन्यो ।
गत बर्ष सुधारका प्रयासहरु कस्ता रहे ?
बिकास भनेको निरन्तर सुधार प्रकृया हो । समाजको रुपान्तरण तथा परिमार्जन एकै बर्षको एक्लो प्रयासले संभव हुने बिषयपनि होईन । एकै बर्षमा जिल्लाको बिकासले फड्को मार्न सक्दछ भन्ने कुरामा सत्यता हुँदैन । यद्यपी मैले सकेसम्म सेवाभावबाट उत्प्रेरित भई आफ्नो जन्मभूमिमा केही योगदान गर्न सकिन्छ भन्ने तीब्र अभिलाशा र चिन्तनका साथ सुधारका गोरेटोहरु तय गर्ने अभियानमा समग्र जिल्लाका व्यवस्थित र योजनाबद्ध योजनाहरु तथा प्रतिफलमा आधारीत मापन योग्य  परिवर्तन ल्याउन, आवधिक जिल्ला बिकास योजना तयार गरि कार्यान्वयन जोड दिने काम भएको छ । जिल्लाका सवै घरधुरीमा सौचालयको सेवा, सरसफाईमा संबृद्धि हासिल गर्ने मार्गमा जिल्लालाई खुलादिशामुक्त क्षेत्र घोषणा गर्नु, आर्थिक बिकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व बढाउनु, साचा सिँचाई गुरुयोजना निर्माण गरि कार्यान्वयनमा ल्याउनु, नेपाल सरकारको जिविसको स्तर मापन गर्ने देखि , एमसिपिएममा जिल्लाले नेपालको तेस्रो स्थान हाँसिल गर्नु, यातायात गुरु योजनाको लक्ष्य अनुरुप सडकको पहुँचबाट बञ्चित रहेका , बिसाला, द्धारी काँशिकाँध, बालुवाटार, लालिकाँडा, जिविस सदरमुकाममा सडक संजालको पहुँच पर्याउनु, बिकासमा  जन सहभागिता जनलगानी बृद्धि गर्न सडक सम्पदा निर्माण योजनामा जनश्रमदानबाट अनिवार्य रुपमा सडकका नालिहरु निर्माण गर्न लगाउनु, योजनाहरुको गुणस्तर परिक्षण गरि दिगोपन तथा गुणस्तर प्रतिफलमा कुनै कम्परमाईज नहुने व्यवस्था गरिनु, निर्वाचित माननीय सभासदहरु समेत संलग्न टोलीबाट संयुक्त अनुगमन प्रर्णालीलाई सघन, प्रभावकारी, नजिताउन्मुख बनाउनु । जिल्ला सदरमुकाममा रहेका गाविस कार्यालयहरु, गाविसमै फिर्ता गरि जनताको समिपमा सेवा विस्तार गरेका छौं । गाविस सचिवहरुलाई पूर्ण रुपमा जनउत्तरदायी जवाफदेहि बनाईएको   छ । कार्यालयमा हुने फजुल खर्च कटौली गरि सेवा प्रवाह प्रर्णालीलाई अँझै बढी मितव्ययी र पारदर्शी बनाईएको छ । सक्षम सुदृढ र बिधि संगत बनाउनु जस्ता बिबिध पक्षहरु नै गत बर्ष गरिएका सुधारका प्रयासहरु हुन् ।
जिल्लाकै स्थानीय बिकास अधिकारी आएपछि जिल्ला बिकास समिति धेरै नियमसंगत रुपमा अगाडी बढेको छ भनिन्छ । कर्मचारी हरुको उपस्थितीलाई अँझै व्यवस्थित गर्न सि.सि.क्यामेरा सँगै मेसिनबाट समेत हाजिरी गर्ने अभियान थाल्नु भएको छ । अँझै प्रभावकारी गराउने पाँचवटा उपायहरु तपाँई सँग के छन् ?
 पहिलो कुरा– आर्थिक बर्षको अन्त्यमा मात्र योजना सम्पन्न गर्ने परिपाटीलाई निरुत्साहित गर्ने, आर्थिक बर्षको पहिलो र दोस्रो चौमासिकमै अत्याधिक काम सम्पन्न गर्नेगरी योजना कार्यान्वयन र कार्यसम्पन्न गर्ने तयारी गरिएको छ ।
दोस्रो कुरा – जिल्लामा निर्मित सडक सम्पदाहरुलाई सर्वयाम संचालन योग्य बनाउने पुर्न लगानी गर्नु नपर्ने गरी ठूलो रकम बिनियोजित गरी बजेटले धान्ने निश्चित सडकहरुको आवश्यक चौडाई कायम गरी व्यवस्थित नाली,    स्तरीय ग्रावेल, पिच गर्दै जाने योजना छ ।
तेस्रो कुरा – गाविसहरुमा जाने बजेट उत्पादनमुलक क्षेत्र, दिगो र ठोस बिकास कार्यमा लगानी तथा कार्यान्वयन गर्न जिल्लास्तरको अनुगमनलाई प्रभावकारी  र नतिजाउन्मुख बनाउने  ।
चौथो कुरा – जिल्लाका बिषयगत कार्यालयहरु, दातृ संस्था तथा गैससहरुबाट हुने लगानीलाई समाजमा व्यप्त गरिवीको दुष्चक्र तोड्नेगरी ठोस कार्यमा लगाई उत्पादकत्व बृद्धिमार्फत आर्थिक समृद्धि प्राप्तिको मार्गमा अघि बढाउने ।
पाँचौं कुरा – समृद्ध जिल्लाका अत्यावश्यक पुर्वाधारहरु जस्तै – हवाई मैदान, खेल मैदान, कवर्ड हल, ठूलो क्षेमताको सार्वजनिक हल, सार्वजनिक पुस्तकालय, उद्यान तथा पार्कहरु, दैलेख बजारसम्म कर्णाली राजमार्गको link way दैलेख महावु कालिकोट सम्म सडक निर्माण जस्ता पुर्वाधारहरु यथाशिघ्र निर्माण गर्ने ।
अन्त्यमा जिल्लाको दिगो बिकास र सुशासन कायम गर्न के गर्नुपर्ला ?
जिल्लाको दिगो बिकासको लागि हालको सोच, चिन्तन , आनिवानी मात्र हैन, जिल्लाबासीको मन मस्तिष्कमा ठूलै परिवर्तन गर्नु आवश्यक छ । बिकास मेरो लागि हो । देश र जिल्ला संबृद्ध भए हामी समृद्ध हुन्छौं भन्ने भावना जगाउन चुनौतीपुर्ण छ । जिल्ला र गाउँस्तरमा पाई पाई पैसाको हिसाव किताव माग्ने सर्वजनिक सुनुवाई, सार्थक लेखापरिक्षण र त्यसको प्रतिवेदन , योजना स्थलमा लागत बोर्ड, निर्मित योजनाको अवस्था देखाउने फोटोहरुलाई भुत्तानी प्रक्रियामा आबद्धता, सि.सि. क्यामेरा जडान, नियमित Best Reporting जस्ता हाल जिविसले प्रयोग गरेका सुशासन औजारहरुको प्रभावकारी कार्यान्वयन बाट सुशासन कायम गर्न सकिन्छ भन्ने नीति जिल्ला बिकास समितिले लिएको छ ।
धमाका दैनिक पत्रिकाले जिल्ला बिकास समिति दैलेखले गरेका गतविधिहरु आम पाठक समक्ष पेश गर्ने अवसर दिएकोमा  जिल्ला बिकास समिति परिवार सँगै मेरो व्यक्तिगत तर्फबाट समेत धन्यवाद दिन चाहान्छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार