सहकारीमा पहिलो त पारदर्शिता र इमानदारीता हुनुपर्छ

दैलेख नारायण नगरपालिका वडा नं. २ जाहारकोटमा जन्मेकी मुना थापा अहिले गोठपाँडा कृषक सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । महिलाहरुलाई समान अधिकारको कुरा गर्दा क्षमताको कुरा सँगै जोडिएर आउने गर्दछ ।
यस्तो अवस्थामा थापाले सहकारी संचालनका लागि गरेका प्रयासहरुको बारेमा सम्पादक बिष्णु शर्माले तयार पारेको सहकारी संवादको आजको अंश ।

सहकारीलाई बिकास गmunaर्न के गर्नु पर्ला ?
सहकारीलाई बिकास गर्न पहिला त सहकारी शिक्षा लाई जोड दिनु पर्छ ।  राज्यका नीतिनियमहरु सहकारी अनुकुलन हुनु पर्छ । सहकारीका सिदान्द्धलाई निस्वार्थ रुपले अवलम्बन गर्ने ब्यीक्त हुनु पर्छ । सहकारी सम्बन्धी बुझेको इमान्दार बिश्वासीलो ब्यक्ति नेतृत्व तहमा भयो भने सहकारीको बिकास गर्न सकिन्छ ।
गोठपाँडा सहकारी गाउँमा स्थापना भयो ? अहिले दैलेखकै नमुना बन्ने प्रयास गरेको छ । यो कसरी  भयो ?
सहकारीमा पहिलो त पारदर्शिता  र इमानदारीता  हुनूपर्छ । त्यो हाम्रो सहकारीमा लागु भएको छ ।  सहकारीको कुनै काम गर्दा पनि सामुहिक गर्ने गरेका छौ । सहकारीलाई ब्यबस्थीत गर्न सबै भन्दा महत्वपुर्ण भूमिका कार्य समितीको हुने भएकाले हामी दिन रात नभनेर सहकारीको बिकासका लागी परेका छौ त्यसै कारण पनि होला हाम्रो सहकारी जिल्लामा सबै भन्दा राम्रो सहकारी बन्ने मा पर्छ ।
यो कसरी सम्भव भयो ?
सहकारीमा पहिला त सहकारी सम्बन्धी ऐन नियम बुझेको ब्यक्ति र साझा ब्यीक्त हुनु पर्छ त्यसमा शेयर सदस्यहरुको झनै ठुलो महव्तपुर्ण भुमिका रहन्छ । शेयर सदस्यहरु सहकारी प्रति उत्तरदायी भयो भने सहकारीमा सफलतामा पुग्न समस्या हुदैन । त्यसमा पनि हामीले दैलेखमा रहेर ब्यबसाय गर्न इच्छुक ब्यापारी र उद्यमी र कृषि ब्यबसाय गर्नेलाई ऋण प्रवाह गरेका छौ । सहकारीबाट लिएको ऋणले उहाँहरुले राम्रो गरेर चलाउनु भएको छ । किस्ता पनि नियमित तिरी राख्नु भएको छ । सहकारी भनेकै आपसी समझदारीका आधारमा, सदस्यहरुको ईमान्दारीताले चल्ने संस्था हो ।
तपाई क्याम्पसको उपप्राध्यापक हुनुहुन्छ । बोर्डिङमा काम गर्नु हुन्छ, सहकारी को पनि अध्यक्ष हुनूहुन्छ । समय कसरी ब्यबस्थापन गर्नु भएको    छ ।
हो समयको ब्यबस्थापन गर्न निकै कठिन छ । बिहान क्याम्पसमा अध्यापन गराएर दिउसो बोर्डिङमा पनि अध्यापन गराउनु पर्छ । त्यो संग    सहकारी संस्थाको अध्यक्ष भएकाले पनि म दिनभरी नै ब्यस्त हुन्छु । तर पनि समयको ब्यबस्थापन गरेकी छु । गाउँमा स्थापना भएको सहकारीलाई जिल्लाकै राम्रो सहकारीमा स्थापीत भएको छ । त्यसमा सबै शेयर सदस्य र संचालक समितिले पनि उतिकै समय दिएकाले सबै ठाउमा म पुग्न सफल भएकी हु ।
महिला अध्यक्ष भएर सहकारी चलाउनु भएको छ । चुनौती त होलानी हैन ?
बास्तवमा महिला अध्यक्ष भएर काम गर्नु संस्था चलाउनु निकै कठिन छ  र चुनौतीहरु पनि धेरै छन । दैलेखमा मात्र होईन अन्यत्र पनि महिलालाई हेपाहा प्रबृतिले हेर्ने गरिन्छ । राम्रो काम गर्दा पनि खुट्टा तान्ने प्रबृतिले पनि सस्या उत्पन्न हुन्छन । म त्यसको लागी कहिलै डराउँदीन र मैले महिलाले पनि नमुना काम गर्न सक्छन भन्ने देखाउन खोजेको छु ।

मुना थापा

सहकारीमा आवद्ध हुनेलाई के सुभाव दिन चाहनु हुन्छ ?
सबै भन्दा पहिला निस्वार्थ भावले सहकारीमा प्रबेश गर्नु पर्छ । बचत गर्नु पर्छ बचत भएको पैसालाई सही रुपमा सदुपयोग भएमा सहकारीले ब्यपार ब्यबसाय गर्ने ऋण प्रवाह गर्ने गर्छ त्यसको इमान्दारीका साथ किस्ता तिर्न सक्नु भयो भने विश्वासका आधारमा थप ऋण दिने हो त्यसैले बिश्वासका साथ सहकारीमा प्रबेश गरी   सहकारीका नीति नियम बुझेर मात्र लाग्नु भयो भने त्यसले सफलता प्रदान गर्दछ ।
अन्त्यमा के भन्नु हुन्छ ?
अन्त्यमा दैलेखमा रहनु भएका सम्र्पुण सहकारी संघ आवद्धहरुलाई सहकारी प्रति विश्वास राख्न आग्रह गर्छु । बिश्वासले नै संस्था चल्ने भएकाले संस्थामा पारदर्शिता र इमान्दारीताको आवश्यक पर्छ त्यो हाम्रो सहकारीमा      छ ।
गोठपाँडा सहकारीले त्यसको अगुवाई गर्दै जान्छ तपाईहरुको भविष्य समेत उज्वल हुन्छ ।  दैलेखको पहिलो पत्रिका धमका दैनिकले जिल्लामा सहकारीको अवस्थाको बारेमा जानकारी गराउने अवसर दिएकोमा धेरै धेरै धन्यबाद दिन चाहान्छु । गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी भन्ने मुल नारालाई आत्मसाथ गरि सवैले अगाडी बढ्न सके दुर्गम गाउँहरुमा पनि  रोजगारी सृजना हुन्छ भन्नेमा म आशावादी छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार