(
नयाँ शक्ति निर्माणकी अन्तराष्ट्रिय संयोजक हिसिला यमी यतिबेला विभिन्न मुलुहरुमा नयाँ शक्तिका बारेमा अन्तरक्रिया गर्न विभिन्न देश दौडाहमा छिन । त्यसै अबसरमा भारतको मुम्वई स्थित धमाका दैनिकका प्रतिनिधि शेर बहादुर थापाले देशको समसामयीक विषयबस्तु र नयाँ शक्तिका विषयमा लिइएको अन्तरवार्ता )
पहिलो पटक भारतको मुम्बई आउनु भएको हो कि ?
होइन म यहाँ भन्दा अगाडी तत्कालीन माओवादी नेताको रुपमा तिन पटक आइसकेकी छु . तर यसपटक चाहिँ नयाँ शक्ति निमार्णको अभियन्ताका रुपमा आएकी छु ।
मुम्बइमा एक अन्र्तक्रिया कार्यक्रम पनि गर्नुभयो, तदर्थसमिति पनि बन्यो कस्तो महुसुस भएको छ ?
आफ्नो व्यस्त समयका बाबजुद पनि नयाँ शक्ति अभियानका बारेमा रुचि राख्नुहुने आम प्रवाशी नेपालीहरुको उत्साहप्रद सहभागीता रह्यो । उहाँहरुका मनमा लागेका कुराहरुलाई, आशंकाहरु लाई मेटने प्रयत्न गरे । जे होस यहाँका प्रवाशी नेपालीहरुप्रति असाध्यै कृतज्ञ भए ।
बास्तवमा नयाँ शक्ति के हो ?
जब देशमा संघियता सहितको, धर्मनिरपेक्षतासहितको संविधान जारी भयो यसले एउटा प्लेटफर्म बनाई दियो । अनि त्यो संग म्याच गर्ने खालको आर्थिक, सामाजीक, राजनितीक, वैचारिक परिवर्तन ल्याउन सक्ने नयाँ शक्ति हो । वैचारिक पनि कस्तो खालको हो भने समुचित समाजवादलाई केन्द्र विन्दु बनाएर भाद्वन्द्वात्मक भौतीक बादलाई प्रयोग गरेर जाने । अहिले कस्तो भइरहेको छ भने राजनीतिक पार्टी भनेको त साधन हो साध्य होइन नि । तर आजसम्म हामी उल्टो रुपमा गइरहेका छौँ । पार्टीलाई साध्य बनाएर आफै साधन बनेका छौँ । विकास साध्य हुनुपर्ने साधन राजनीतिक पार्टी हुनुपर्ने ।
यहाँहरुले लामै समय कम्युनिष्ट आन्दोलनमा योगदान दिनुभयो, तर डा. भट्टराइले अकस्मात पार्टीबाट बहिगर्मीत हुदै योअभियानमा लाग्नु भयो । के उहाँले कम्युनिष्ट विचार धारा त्याग्नु भएकै हो त ?
होइन, अकस्मात नभन्नुस मैले तपाइलाइ भनिहाले । उहाँले जनयुद्व ताका नै निरन्तर संघर्ष गर्दै आउनुभएको छ । संगठनको स्वरुप कस्तो हुनुपर्छ, नेतृत्वकस्तो हुनुपर्छ भन्ने कुरा त हिजो चुनवागं देखि, लाभागं देखि त्यसभन्दा अघि चौथो विस्तारीत बैठकदेखि नै उहाँले यो केन्द्रिय करणको प्रश्न उठाइरहनु भएको हो । दुइलाइन संघर्ष लगायतका कुराहरुबारे यो आन्तरीक मामला भएकाले त्यति थाहा भएन यहाँहरुलाई । र आजको दिनमा कम्युनिष्ट सिद्वान्त त्यागेको नभएर उहाँले आर्थीक रुपान्तरणका लागि विकास चाहने सबै सँग सहकार्य गर्दै अघि बढने योजना बनाउनुभएको छ ।
अब नयाँ शक्ति कस्तो बनाउने विचार छ त ?
हो हामी अब त्यस्तो खालको परम्परावादी शक्ति बनाउदैनौ । हामी लोकतान्त्रीक विधिबाट तल्लोस्तरका कार्यकर्ताबाट आएका मागहरुलाई अनुमोदन गर्ने खालको पार्टी बनाउँछौ । जहाँ कुनै पनि व्यक्तिले दुइ कार्यकाल भन्दा बढि एउटै पदमा नबस्ने ब्यवस्था हुनेछ । भन्नुस कि अहिलेका पार्टीहरु जस्ता अध्यक्षले जे भन्यो त्यो हुने, अरुको कुरा नसुन्ने त्यस्तो हुनेछैन । कार्यकर्ताले भनेको कुरा सुन्ने खालको पार्टी बनाउनेछौँ हामी ।
हिजो माओवादीलाई सबै भन्दा उत्तम पार्टी भन्नुभयो, त्यहि माओवादी आज भत्किएको घर भन्नुहुन्छ, भोली यो पार्टीपनि त्यस्तै बन्ने त होइन ?अनि काँग्रेश एमाले प्रतिको यहाँको दृष्टिकोण के छ ?
हामीले एक खालको कोर्स पुरा ग¥यौँ माओवादी मार्फत, देशमा संघियता, संविधान ल्यायौँ । अब आगामी परिवर्तन यस पार्टीबाट सम्भव नभएको हुदाँ अब नयाँ घर निर्माण गर्नुपर्छ । नयाँ विचार, नयाँ संरचना निर्माण गर्दै समुन्नत नयाँ नेपाल, आर्थीक रुपले सबल नेपाल निर्माण गर्न नयाँ शक्ति को नै टडकारो आबश्यकता छ । आजका दिनमा काँग्रेश, एमालेहरु विचार र दृष्टिकोण विनाको जस्तो देखिन्छ । जस्तो जस्तो परिस्थिती आयो त्यसैअनुसार गइरहेका छन यी पार्टीहरु ।
जस्तै उहाँहरुले पञ्चायतकालमा भाग लिनुभो पछि भन्नु भो कि हामीले पञ्चायतलाई प्रयोग मात्र गरेका होँ । खासमा उहाँहरु राजतन्त्र फाल्न, गणतन्त्र ल्याउन, संविधानसभाबाट संविधान बनाउन कहिल्यै पनि तयार हुनुहुन्थेन । त्यो त हाम्रो संघर्ष र बलिदानका कारण मात्र सम्भव भएको हो । र अबको दिनमा कसैलाई गाली गरेर जानु भन्दा पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र नपुगेका कुरालाई थप्दै जाने भन्ने नै हाम्रा ध्येय हो ।
नयाँ शक्तिको बारेमा बहस भइरहँदा यसका मुख्य अभियन्ता बाबुरामलाई भारतपरस्त भन्ने गरिएको छ । के यो सहि हो ?
उहाँ भारत विरोधी हो या भारतको पक्ष हो प्रस्ट बुझनकालागि उहाँले लेखेको किताब र्हेनु प¥यो । त्यो मात्र न भएर उहाँले अहिले पनि जुन मधेसको आन्दोलनलाई सुरक्षित अवतरण गर्नुप¥यो, थारुहरुका, महिलाहरुका जायज मागह रुलाई सम्बोधन गर्नुप¥यो । पहिले आन्तरीक समस्या हल गर्ने र आन्तरिक रुपमा एकताबद्व हुदै राष्ट्रियता जोगाउन क्रियाशील हुनुप¥यो भनेर बारम्बार भन्दै आउनुभएको छ । यसरी जनताका हक अधिकारका लागि लडने ब्यत्तिर्ला भारत परस्त भनिनु आफैमा हाँस्यास्पद छ । हिजो बाबुरामले भारत सँग विप्पा सम्झौता गर्दा पनि भारत परस्त भनिएकै हो, आज चिन सँग गरिदैछ । यसरी आरोप लगाउनेहरुलाई हाम्रो भन्नु केहि छैन । कुरा यत्ति हो कि बाबुराम दुगामी महत्वका कुराहरुलाई पहिले नै सोच्न सक्नुहुन्छ, कार्यान्वयन गरेर देशलाई निकास दिन पहिले नै पहल गर्नुहुन्छ यहि उहाँमा देखिएको अद्वित्तीय क्षमताका कारण जल्नेहरुले यो आरोप लगाउने गरेका छन् ।
जनयुद्वताका आफ्ना छोरा छोरीहरुलाई विदेशमा पढाउने अनि जनताका छोरी छोरीको हातमा बन्दुक थमाउने गरेको आरोप छ नि ? आगामी दिनमा पनि नयाँ शक्ति मार्फत आफै शक्तिमा आउन कतै यो प्रोपोगाण्डा त गनर्’ भएको होइन ?
सहि प्रश्न गर्नुभयो । यो आरोप लाग्ने गरेको छ यसमा म के प्रष्टिकरण दिन चाहन्छु । भने मैले जनयुद्व पुर्व छोरीलाई नेपालमै पढाइरहेकी थिए । जब सुरक्षाको समस्या आइलाग्यो तब मात्र मैले छोरीलाई भारतको नयाँ दिल्लीमा सरकारी विधालयमा पढाउन बाध्य भयौँ । हामी पनि देशको मुहार फेर्न निरन्तर लागी परेका हौँ ।
र अर्को कुरा यो नयाँ शक्तिमा म नै अध्यक्ष हुने भन्ने कररा छैन । जसले चुनाव जित्छ उसैले अध्यक्ष बन्ने हो । हामी तल्लो स्तर देखि नै जवाफदेहि संरचना निर्माण गरेर पार्टी चलाउनेछौँ र यसमा जनताहरुको नै सर्वोच्चता कायम हुने प्रतिबद्वता ब्यक्त गर्दछौँ ।
उसो भए भारतप्रवाश लाई नयाँ शक्तिले कसरी समेटछ त ?
हामी सीप, प्रविधी र जनशक्तिका सथै भारतमा रहेका आम प्रवाशी नेपालीहरुलाई नेपालको सम्वद्वताका लागि लाग्न अभिप्रेरित गर्नेछौँ । थुप्रै कलकारखानाहरु नेपालमै सञ्चालन गरि नेपालमै पर्याप्त रोजगारको ब्यवस्था गर्ने र भारतका कामदारहरु समेत लिने खालको अर्थतन्त्रको विकास गर्छोँ । यसरी प्रवाशी नेपालीहरुलाई हामी समेट्नेछोँ ।
नयाँ शक्तिमा आबद्व हुने युवाहरुले बन्दुक, झण्डा या लाठी के उठाउनुपर्ने हो ?
हामीले बारम्बार भन्दै आइरहे काछौँ कि अब लाठी बोक्ने, बन्दुक उठाउने दिन गए । हामीले त्यो क्रम पुरा गरिसकेका छौँ ।
अब देशलाई आर्थीक प्रगती तर्फ उन्म’ख गराउने, युवाहरुको सीपलाई मध्यनजर गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने हाम्रो लक्ष्य हो । त्यसैले अब हाम्रो पार्टीमा लाग्ने युवाहरुले आर्थीक सम्बृद्विका मुद्धा बोक्नुपर्नेछ ।
सदियौँ देखि मिलेर बसेका नेपालीहरुलाई यहाँले जातीय राज्य दिने नाममा फटाउनुभो यसको जिम्मेवारी लिने कि नलिने ?
हामीले जातीय उत्थानका कुरा । उनिहरुका हक अधिकार र समानताका कुरा गरेका हौँ . जसले गर्दा सदियौँ देखि पछि परेका जातीय, धार्मीक आस्थावान नेपालीहरुलाई सचेत बनाउने काम ग¥यौँ । जसले आज आएर आफ्ना हक र अधिकारबारे बोल्न सकेका छन, लड्न सकेका छन् ।
अन्त्यमा, बाबुराम भट्टराईले पार्टी परित्याग गर्नु र नयाँ शक्ति अभियानमा लाग्नु अनि भारतले नाकाबन्दि गर्नु विच केहि सम्बन्ध छ कि बताइदिनोस न ?
छैन, कुनै पनि सम्बन्ध छैन । यो कुरा त बाबुराम जिले पहिले नै घोषणा गर्नु भएको हो । अर्को कुरा उहाँले भारतीय नाकाबन्दी विरुद्व दिनुभएका अभिव्यक्ति पनि यहाँहरुले सुन्दै, पढदै आउनुभएको छ । उहाँले त पहिले मधेशका, थारुका, दलितका, जनजातीका मागहरु सम्बोधन गर्नुपर्छ । अनि मात्र संविधान जारी गरौँ भन्नु भएको थियो नि त ।
देशमा एकातीर आगो बल्ने अर्को तिर दिपावली मनाउने यो गलत हो भन्नुभएको थियो हैन र ? यति मात्रै होइन उहाँले सबै भन्दा पहिले आन्तरिक राष्ट्रियता बलियो पारौँ अनिमात्र अरुलाई भन्न सक्छौँ । हामीमा एकता हुन जरुरी छ भन्नु भएकै हो । मधेश जलिरहँदा उहाँले मधेशको भ्रमण समेत गर्नुभएकै हो । अब आफै भन्नुस कि यसमा गलत के छ ?
अन्त्यमा केहि भन्नु छ कि ?
प्रवाशमा बसेर पत्रकारीता गर्नु भएको छ । लाखौँ नेपालीहरुलाई सुसुचित गराइरहनु भएको छ । यो हाम्रा लागि गौरवको कुरा हो ।
आगामी दिनमा तपाईको पत्रकारीता गर्नमा थप उर्जा प्राप्त गरोस, थप प्रगति होस हार्दिक शुभकामना दिन चाहन्छु । र नयाँ शक्तिको बारेमा र देशको वर्तमान परिस्थीतको वारेमा केही कुरा भन्ने अबसर दिनुभएकोमा म र मेरो टिमको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु । धन्यवाद ,







