तपाईको नाम ?
नरेन्द्र थापा महासचिव दैलेख उद्योग बाणिज्य संघ एवं संयोजक आर्थिक समिति ।
महोत्सवको खर्च कसरी व्यवस्थापन ग
र्नु भएको छ ?
दैलेखको ऐतिहाँसिक पहिचानका लागि हामिले महोत्सव गर्न थालेका छौं । यो महोत्सव अव एक बर्ष मात्र हैन हरेक बर्ष अनिवार्य गर्नका लागि हामिले आँट गरेका हौ । हामि सफल हुनका लागि अहिले स्थानीय निकायहरु, जिल्लाका राजीनितक दल, नागरिक समाज, सभासद, दैलेखका प्रतिष्ठित व्यापारिहरु, पुर्व अध्यक्षज्यूहरु सवै लाग्नुभएको छ । हामिले ५० देखि ६० लाख सम्म अनुमानीत खर्च गर्ने योजना र १ करोड बढी आम्दानी गर्ने अभियानमा छौं । अहिलेको महोत्सवको सवैभन्दा महत्वपुर्ण पक्ष भनेको नै आर्थिक पारदर्शीता कायम गरेर बिगतमा देखिएका सवै कमि कमजोरी हरुलाई सदाका लागि अन्त्य गर्ने हो ।
महोत्सवले दैलेखलाई के दिनेछ ?
दैलेखलाई विद्युत हवको जिल्ला बनाउने, अन्तराष्ट्रिय स्तरको पर्यटन गन्तब्ययुक्त जिल्ला बनाउने, मध्यपहाडि र कर्णाली राजमार्ग यसै जिल्लाबाट गएका कारण र राकममा मेगासिटी बन्ने पक्का छ यो सँगै ६ नं. प्रदेशको प्रादेशिक ब्यापारि केन्द्र बनाउने र जिल्लामा दुईवटा औद्योगिक ग्राम, एउटा औद्योगिक क्षेत्र स्थपना गर्ने मूख्य योजना रहेका छन ।
जिल्लाका आम नागरिक हरुलाई के भन्नुहुन्छ ?
महोत्सव जिल्लाका सबै नागरिकहरुको दायित्व भित्र पर्ने कुरा हो । यसको व्यवस्थापन लगायतका सबै कुराहरुमा यहाँका व्यपारिहरु, होटल व्यवसायि लगायतको महत्वपुर्ण भूमिका हुने भएकोले सबैले आ आफ्नो घर अगाडी व्यानर, टाँसेर अन्य बिभिन्न सहयोगहरु गरेर सफल पारिदिन हामिले बारम्बार अनुरोध गरेका छौं । सवैको साथ मिलेको छ ।
महोत्सव अवधिभर कतिको कारोवारो हुने अनुमान गर्नु भएको छ ?
हामीले महोत्सव अवधिभर करिब ५ करोडभन्दा माथिको कारोवारो हुने आँकलन गरेका छौ । दैलेख जिल्लाका उत्पादित वस्तुहरुको मात्र करिब २ करोड बराबरको कारोबारो हुने अनुमान गरिएको छ । दैलेखका लघु, घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु जस्तै बेलजुस, अगरवत्ती, ममवत्ती, हातेकागज, दाममोठ, ढाका,अल्लोका कपडाहरु, बाँसमुढा, खुकुरी खँुडा, सावरका जुत्ता आदि रहनेछन । भने दैलेखका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु प्रदर्शनीका साथै सुलभ दरमा खरिद विक्री गर्ने योजना हामीहरुले बनाएका छौं । यसका साथै मध्यपश्चिमका सबै जिल्लाका उद्यमीहरुले यो महोत्सवमा आ–आफ्ना उत्पादनहरु स्टलमा राख्नुहुनेछ । यस हिसावले यो महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तुहरु नै महोत्सवका मूख्य आकर्षण हामीहरुले बनाउँदैछौ ।
अन्त्यमा के भन्नु हुन्छ ,
सर्व प्रथम त तपाँईहरुको पत्रिका मार्फत दैलेख महोत्सव २०७३ को तयारी सम्बन्धी अन्तर्रवार्ता लिई महत्वपूर्ण भनाई राख्ने अवसर दिनुभयो यसका लागि धन्यवाद । दैलेख महोत्सव साँच्चिकै इतिहासको कालखण्डमा निकै उपलब्धिपूर्ण, आकर्षण र जनभावना अनुरुप बनाउन लागेका छौं । यो महोत्सव सफल पार्न मध्यपश्चिम वासीहरुलाई अवलोकन गर्न चुलै निम्तो दिन चाहान्छु । यसका साथै नीजि क्षेत्रका सम्पूर्ण मित्रहरुलाई आवश्यक सहयोगका साथै अवलोकन गर्न आमन्त्रण गर्दछु । सबै तह र तप्काबाट रचनात्मक सुझाव र सहयोगको अपेक्षा गर्दछु ।
(धन्यवाद ।







