हरेक अबस्थामा नेपाली गायनलाइ बोकेर साथमा राख्न सक्ने गायिका हुन् पविता परियार। यतिमात्र होइन एक परिचित नाम पनि हो पबिता परियार । उद
यपुरको गाईघाटमा जन्मेर सन् २००८ देखि अमेरिकामा बस्दै आएकी परिवारको एकल स्वरमा गुन्जीएको दीप एल्बम भर्खरै मात्र अमेरिकाको न्यूयोर्कमा सार्बजनिक गरिएको छ ।
त्यसै एल्बममा समाबेश जलायो निष्ठुरीको मायाले‘ बोलको गीत यूट्यूब मार्फत सार्बजनिक गरिएको छ। गीतमा शब्द गीता खत्री र संगीत जय कुमारको रहेको छ । पर्दामा रीमा र प्रबीणको अभिनय रहेको उक्त गीतलाई बिदुर पाण्डेले खिचेका छन् भने प्रसन्नको निर्देशन र टेकेन्द्र शाहले सम्पादन गरेका छन् । उक्त एल्बमलाई जय म्यूजिकले बजारमा ल्याएको हो ।
हव नेपालबाट…..






