नेपालगन्जलाई आर्थिक विकासको केन्द्र बनाउने हाम्रो प्रमुख एजेण्डा छ :अधिकारी

यहि भदौ ११ गने हुनेको नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभामा  समावेशी साझा समुहबाट कपिल प्रसाद अधिकारीले अध्यक्ष पदका लागि निर्वाचन लडदै हुनुहुन्छ । नेपालगन्जलाई कर्मथलो बनाएर चुनावी मैदानमा उत्रिनु भएका अधिकारीले स्थानीय व्यापारीहरुको हितमा लड्न नेपाल वन पैदवार उद्योग व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष पदबाट समेत राजीनामा दिईसक्नु भएको छ । नेपालगन्जप्रतिको माया र मोहका कारण महासंघको केन्द्रीय अध्यक्ष त्याग्नुहुने अधिकारी नेपालगन्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष  अधिकारीले ३ कार्यकाल संघको कार्य समितिमा काम  गरिसक्नु भएको छ । प्रस्तुत छ उहाँसँगको अन्तरवार्ताको सार संक्षेप  :

कपिल प्रसाद अधिकारी

तपाईको उम्मेदवारी केका लागि ?
यस क्षेत्रका उद्योगी ब्यापारीको पेशागत हकहित र संरक्षणको लागि कुशल नेतृत्व प्रदान गर्न म र मेरो टिमको उम्मेदवारी हो । पछिल्लो समय वाणिज्य संघप्रति नैराश्यता हँुदै आएको छ । नैराश्यता हटाएर उद्योगी व्यवसायीलाई संKapil Adhikariघ आकर्षण बढाउन मेरो प्राथमिकता रहने छ । साना ठुला, मझौला लगायत सम्पूर्ण उद्योगी व्यवसायीको छाता संगठनको प्रत्याभुति दिलाउने वातावरण बनाउने छु । संघमा विधि विधानको सर्वोच्चता स्थापित गराउने छु । अर्थात संघको विधान समय सापेक्ष, व्यवसायीको भावना र आवश्यकता अनुसार संशोधन गर्ने मेरो समुहले प्रमुख एजेण्डा हो । व्यवसाय मैत्री र लगानी मैत्री वातावरण सृजना गर्न दबाब सृजना गर्ने छु ।
तपाईको जित्ने आधारहरु के–के हुन् ?
रोलक्रम कै आधारमा म नै अध्यक्षको प्रमुख दावेदार हँु । अर्को कुरा २०५३ सालमा संघको सदस्य भएको मलाई उद्योगी व्यवसायीले अहिलेसम्म माया ममता र विश्वास गरिरहेका छन् । यो निर्वाचनमा पनि मलाई व्यवसायी साथीहरुबाट विश्वास प्रदान हुनेछ । क्षमता, योग्यता , निरन्तरता, निडरता मेरो जित्ने आधार हुन् । तीन कार्यकाल व्यवसायीका हक हितको पक्षमा लागेको कारणले उद्योगी व्यवसायीले म र मेरो नेतृत्वमा रहेको समुहलाई जिताउनु हुने कुरामा म विश्वस्त छु । म मात्र होइन मेरो परिवार नै व्यवसायको हक हितमा समर्पित छ । मलाई व्यवसायीको हकहितमो लड्न समयको अभाव पनि छैन । मैले व्यवसायी एकतामा जोड दिने छु ।
जितेपछि के गर्ने योजना छ ?
सिमा बजार निर्भरता हटाउने अभियान थाल्ने छु । सिमाबजारका नेपालगन्जको व्यवसाय नराम्रोसँग प्रभावित भएको छ । व्यवसायी आक्रान्त छन् । सिमा बजार रुपैडिया प्रतिको निर्भरता न्युनिकरण गर्ने म र मेरो समूहको योजना छ । व्यवसायीमा कर शिक्षा नहुँदा विभिन्न समस्यामा पर्दै आएका छन् । त्यसका कारण उद्योगी व्यवसायीलाई कर शिक्षा प्रदान गर्ने तालिम सञ्चालन गर्ने अभियान नै चलाउने छु । प्रदेश नं. ५ अन्तर्गत नेपालगन्जलाई लगानी र उद्योग स्थापनाको गन्तव्य स्थान बनाउन पहल गर्ने छु । नेपालगन्ज विमान स्थललाई अन्तर्राष्टिय स्तरको विमान स्थल बनाउन सरकारलाई दबाब दिने छु । कृषि जडिबुडि,पर्यटन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा सम्भावनाको खोजी गरि लगानी बृद्धि गर्ने वातावरण सृजना गर्ने छु । न्युनविजिकरण, मिसम्याच लगायत समस्या समाधान तथा प्रहरी प्रशासन बाट हुने बेला बेलाका अनावश्यक हस्तक्षेपका विरुद्ध खबरदारी गर्ने छु । संघमा महिला, युवा, मधेशी, मुस्लिम र जनजातीहरुको उद्यम व्यवसायमा पहुँच स्थापित गर्न उत्प्रेरित गर्ने छु । संघका पूर्व अध्यक्षको सम्मानको साथै उहाँहरु संघका गतिविधिमा सक्रिय गराउन समेत लाग्ने छु । अग्रज भनेका हाम्रा सम्पति हुन् । समग्रमा नेपालगंजलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न पहल गर्ने हाम्रो समुहको प्रमुख एजेण्डा हो । नेपालगन्ज उद्योग वाणिज्य संघलाई राष्टिय रुपमा अग्रणी संघको रुपमा विकास गर्ने भूमिका निर्वाह गर्ने छु । नेपालगन्जको सडक जिर्ण हुँदा उद्योग व्यवसायमा नै नराम्रो असर परिरहेको छ। जिर्ण तथा भत्केका सडक निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्क्त गदर्छु ।
कारकाँदोमा सभागृह र प्रदर्शनी हल बनाउने कुरा नारामा मात्रै सिमित छ, तपाई अध्यक्ष भए के गर्नुहुन्छ ?
अन्तर्राष्टिय स्तरको सभागृह र प्रदर्शनी स्थल निर्माणको एक्लै सम्भव छैन । यो सभागृह र प्रदर्शनीस्थल मध्य तथा सुदूरपश्चिमको आवश्यकता र प्रतिष्ठाको विषय भएकोले यो कार्य सम्पन्न गर्नै पर्छ । त्यसको लागि सरकार,दातृ निकायमा आवश्यक बजेटको लागि पहल गर्नेछु । सभागृह र प्रदर्शनी स्थल निर्माण गर्ने मैले उच्च प्राथमिकतामा राखेको छु । यो निर्माणका लागि स्थानीय राजनीतिक दलहरुसँग समन्वय, सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।
के तपाईहरु टिम नाम जस्तै समावेशी साझा छ त?
अवश्य नै हाम्रो टिम साँच्चिकै साझा र समावेशी छ । हाम्रो टिममा साना, ठुला, मझौला सबै उद्योगी व्यवसायीको प्रतिनिधित्व छ । उपाध्यक्ष सहित ४ जना महिला हुनु हुन्छ । हाम्रो टिम तपाइ नै हेर्नुहोस्न समावेशी र साझा छ कि छैन, महिला, मुस्लिम,मधेशी, जनजाति सबैको प्रतिनिधित्व छ ।
तपाई नेपालगन्जमा कम बस्नु हुन्छ भन्ने आरोप छ नि ?
म अहिले सम्म वन पैदावर महासंघ को केन्द्रीय अध्यक्ष थिएँ । त्यहि जिम्मेवारी पुरा गर्न काठमाण्डौ जाने आउने गर्दथेँ । मैले त्यो पदबाट राजीना मा दिइसकेको छु । अव नेपालगन्जमा नै बसेर यहीँका उद्योगी व्यवसायीको हकहितको संरक्षण गर्ने अठोट गरेको छु। मैले मोफसलबाट गएर नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको ४ तले कार्यालय भवन समेत बनाएको छु। यस्तै यहाँ नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित भएपछि संघको सस्थागत विकास नै समर्पित हुनेछु ।
मतदाता भेटघाटबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
म र मेरो टिमका सम्पूर्ण उम्मेदवारहरु उत्साहित र आशावादी छौँ । उद्योगी, ब्यवसायी मतदाताहरु सचेत र सजग हुनुहुन्छ । उहाँहरुले उद्योगी, ब्यवसायीहरु को हकहितका लागि काम गर्न सक्ने र यो उद्योग वाणिज्य संघलाई ब्यापक बनाउने क्षमता भएको समुहलाई चुन्दै हुनुहुन्छ । त्यस्तो क्षमता भएको नेतृत्व समावेशी साझा समूहसँग छ भन्ने कुराहरु सम्पूर्ण मतदाताहरुको निष्कर्ष रहेको पाएको छु । उद्योगी, ब्यवसायीहरु मात्र होइन समग्र जिल्लाको बिकासका सवालमा नेपालगन्ज उद्योग वाणिज्य संघले लिने पहलकदमीलाई पनि अर्थपूर्णरुपमा हेरेका छन् मतदाताहरुले । त्यो पहलकदमी लिन सक्ने क्षमता कस्को समुहमा छ ? भन्ने कुराको बिषयमा सम्मानित आदरणीय उद्योगी, ब्यबसायी मतदाताहरु गम्भीर हुनुहुन्छ ।
म उद्योग ब्यवसायका क्षेत्रमा लामो समयदेखि नेपालगन्जमा संघर्ष गर्दै आएको छु । यो संघर्ष र आरोह– अवरोधका क्रममा मैले ब्यक्तिगत र नेपालगन्ज उद्योग वाणिज्य संघको माध्यमबाट उद्योगी, ब्यवसायीहरुको हकहितका लागी काम गरिरहेको अवगत नै छ । संघमा मैले जुन खाले पद प्राप्त गरेको छु त्यसको अहिलेसम्म ईमानदारी पूर्वक काम गरेको छु । त्यसको मूल्यांकन उद्योगी, ब्यवसायी ज्यूहरुले पक्कै मूल्यांकन गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु । कुनै आग्रह पूर्वाग्रह नराखी उद्योगी, ब्यवसायी ज्यूहरुले मलाई मत दिनुहुने छ र त्यसको मैले उच्च सम्मान गर्दै उहांहरुका हरेक सुझावहरुलाई आत्मसाथ गर्दै उद्योगी, ब्यवसायीहरुको हकहितका लागि लाग्ने छु ।
मतदाताहरु म लगायत हाम्रो समुहको अन्य उम्मेदवारका पक्षमा एकताबद्ध भई समर्थन गर्ने क्रम बढ्दै गएको छ । यो समर्थन भावनामा बगेर होइन कपिलप्रसाद अधिकारीले हाम्रो हितमा केही गर्छ र गर्न सक्ने क्षमताको उम्मेदवार हो भन्ने अन्तरह्ृदयको आवाजका रुपमा मैले लिएको छु । तर कता कता मेरा बिरुद्ध मैले कहिल्यै कल्पना समेत नगरेका आरोपहरु लगाइयो भन्ने सुन्दा मन दुखेको छ । नभएका आरोपहरु लाग्दा पक्कै मन दुख्नु स्वभाविक हो । नेपालगन्ज उद्योग वाणिज्य संघको उपाध्यक्ष हुँदा मैले र मेरो पदले जति उम्मेदवार दिएको छ त्यसको मैले पुराका पुरा ईमानदारीतापूर्वक पुरा गरेको छु। यसैबीचमा मैले नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघको अध्यक्ष भएँ। नेपालगन्जको एउटा ब्यवसायीले अर्को ब्यवसायीक संगठनको राष्टिय अध्यक्ष हुन पाउनु के यहाँका साथीहरुको गौरबको बिषय होइन र ? निष्पक्ष भएर भन्नु भयो भने पक्कै गौरबको बिषय हो ।
तर यसलाई कति साथीहरुले कपिल यहां बस्दैन भन्न सम्म भ्याए । यो पुराका पुरा गलत हो । मैले नेपालगन्ज उद्योग वाणिज्य संघका लागिनै वन पैदावार उद्योग ब्यवसायी महासंघको अध्यक्ष पद त्याग गरिसकेको छु । र त्यो हुंदा समेत मैले यहां उद्योगी, ब्यवासायीहरुको हकहितमा काम गरेकै हो र आगामी दिनमा पनि गर्ने अठोटका साथ चुनावी मैदानमा छु । नेपालगन्ज मेरो घर हो र यहांका हरेक ब्यवसायी साथीहरु मेरा परिवारका सदस्य जस्तै हुनुहुन्छ । मैले मेरो घर र परिवारका सदस्यहरु जस्तै साथीहरुलाई छोड्ने कुरो हिजो पनि थिएन र आज पनि कल्पनाभन्दा बाहिरको हो । सबै साथीहरु यस्तो भ्रममा नपर्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार