
चर्चित कलाकार सरिता प्रजापतीको यो बर्षको बारुले कम्बर नामक तीज गित बजारमा आएको छ । अहिले बारुले कम्मर मर्काउदा भन्ने गित दर्शक माझ निकै चर्चित बनेको छ । कलाकार सरिता प्रजापतीले आफ्नै शब्द संगीत र स्वरमा यो रमाइलो तीज गीत ल्याएको बताइन् । मोडल क्रिस्टिना थापा संगै अभिनय र डान्स पनि गरेकी छु । मलाई आशा छ दर्शकहरुले पक्कै पनि मन पराउनुहुनेछ । सरिताले गित यूवट्यूवमा समेत राखेका बताइन् ।
सांगीतिक यात्रा औपचारिक रुपमा २०६७ मा सुनिधि एल्बमबाट सुरु गरेको सरिताले बताइन् । गायनमा लगाब सानैदेखि भएपनि बजारमा एल्वमहरु बिक्रि ठप्प भएका बेला सांगीतिक यात्राको शुरुवात गरेकी सरिता विभिन्न महोत्सवहरुमा गएर मिठो स्वरले गित गाउँदा दर्शकहरु झुमेको अनुभव सुनाउँछिन् ।
बिभिन्न समस्याहरु झल्दै हिम्मत नहारेर साँगितिक क्षेत्रलाई सम्हाल्दै आएकी उनले सांगीतिक क्षेत्रमा समयअनुसार नया नया कोसेली सहित स्रोता दर्शक माझमा पुग्ने गरेकी छन् । हेर्दा हेर्दै जवानीले छोएछ, भन्ने गितले दर्शक श्रोतालाइ निकै झुमाउने काम भएको सरिताले बताइन् ।
स्टेज प्रोग्राम को छुट्टै मज्जा हुने उनको अनुभव सँगै सम्झनालाई जाली रुमाल, आइ लाभ यु भन्छु काले माइन्ड नगर, लास्टै माया गर्छु तिमीलाई र भर्खरैको नया रिलिज रातो सारीमा जस्ता गितहरुमा उनले राम्रो प्रस्तुती सँगै मिठो स्वर राखेकी छन् । रातो सारी गीतमा स्वर मेरो आफ्नै शब्द गोबिन्द प्रसाद उपाध्याय संगीत अनिश श्रेष्ठ, मोडेल अफ्सना थापा र अस्मिक लम्साल रहेको सरिताले बताइन् ।






