सुर्खेतका चर्चित कलाकार हरी विष्टका दुई गीतले सर्वाेकृष्ट लय अवार्ड हात पारेका छन् । तेश्रो तीज म्यूजिक अवार्डको उत्कृष्ट पाँचमा विष्टका ‘माईतिको देश’ र ‘पानी सलल’ गीतले सर्वोत्कृष्ट लय अवार्ड पाउन सफल भएका हुन । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको तीज म्यूजिक अवार्ड २०७३ को लागि सहभागी भएका तीज गीतहरु बाट विभिन्न १९ विधामा मध्ये उक्त गीतहरु परेको थियो । २०७३ मा बजारमा आएका तीज गीतहरुले दिएको आवेदनलाई निर्णायक हरुले गीतको मूल्यांकन गरी तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयनलाई सार्वजनिक गरिएको अवार्डका संयोजक गीता अधिकारीले बताइन् ।
अवार्डमा उत्कृष्ट तीज गीत मीक्सीङ, उत्कृष्ट तीज गीत एरेञ्जर, उत्कृष्ट तीज गीत सम्पादक, उत्कृष्ट तीज गीत छायाँकार, उत्कृष्ट तीज गीत मोडल (पुरुष), उत्कृष्ट तीज गीत मोडल (महिला), उत्कृष्ट तीज गीत नृत्य निर्देशक, उत्कृष्ट तीज गीत भिडियो निर्देशन, उत्कृष्ट तीज गीत नव गायिका, उत्कृष्ट तीज गीत संयुक्त गायन, उत्कृष्ट तीज दोहोरी गीत शब्द, उत्कृष्ट तीज दोहोरी गीत लय, उत्कृष्ट तीज दोहोरी गीत गायक, उत्कृष्ट तीज दोहोरी गीत गायिका, उत्कृष्ट तीज दोहोरी गीत, उत्कृष्ट तीज गीत शब्द, उत्कृष्ट तीज गीत लय, उत्कृष्ट तीज गीत गायिका, उत्कृष्ट तीज गीत लगायतका १९ विधामा परेका स्रष्टा सर्जकको मनोनयन सार्वजनिक गरिएको हो । सर्वोत्कृष्ट तीज सन्देशमूलक गीत, पब्लिक च्वाइस अवार्ड, इनकरेजमेन्ट अवार्ड, जुरी अवार्डलगायतका विभिन्न विधामा काठमाण्डौमा तेश्रो तीज म्यूजिक अवार्डमा पुरस्कृत गरिएको हो ।






