स्थानीय निकाय पुनंसरचना
को विषय देशभर चलिरहेको छ । प्राय जसो जिल्लाहरुबाट जिल्लाको पुनंसंरचनाको खाका आयोगमा पुगेको छ । यस्तै स्थानीय निकाय को चुनावको पनि त्यतिकै चर्चा परिचर्चा चलिनैरहेको छ । त्यसै सन्दर्भमा दैलेखमा अँझै देखिएको सिमाँकन बिवाद र स्थानीय निकायको चुनावको विषयमा नेकपा एमाले दैलेखका जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा संग धमाका दैनिकले गरेको कुराकानीको सम्पादित अंशः
जिल्लाको पुर्नसंरचनाको विषयमा नेकपा एमाले दैलेखको भूमिका कस्तो रह्योे ?
जिल्लाको पुर्न संरचनामा हाम्रो भूमिका निकै राम्रो, निश्पक्ष रह्यो । जनताले पाएक पर्ने स्थान, आवश्यकताका, धार्मिक, साँस्कृतिक, प्राकृतिक स्रोत साधनहरुको अधिकतम प्रयोग हुनुपर्नेमा हाम्रो अडान थियो । आयोगले पहिलो पटक चिठी पाठाएपछि जिल्ला बिकास समिति दैलेखका स्थानीय बिकास अधिकारी हरि प्याकुरेल सहितको पुर्न संरचना समिति सँगै सर्बदलिय बैठक लगातार २(३ महिना सम्म चल्यो । सभासद् संयन्त्र, प्राविधिक समिति सबैको सहमतिमा पहिला ८ वटा ईकाईहरु को तयारी खाका सर्वसहमतीका आधारमा केन्द्रमा पठायौं । त्यतीवेला आठविस, रामाघाट, दुल्लू, नारायण, गोगनपानी, ठाटीकाधँ, ज्वाला नगरपालिका र मालिका, नौमूले , बेस्तडा र लालीगुराँस गाउँपालिका हुने गरि सर्बसम्मत निर्णय भएको थियो ।
जिल्लाको संयन्त्रले ११ वटा सम्म बनाउँदा राम्रो हुने सुझाव आयोगलाई गरेअनुसार फेरी आयोगले ८ देखि ११ वटा इकाई बनाउन सकिने भनी गरेको दोस्रो परिपत्र अनुसार पुनः व्यापक छलफल संगै केही असमझदारीका बाबजुत जिल्लाको प्राविधिक समितिले ११ वटा इकाई बनाउने सिफारिस आयोग समक्ष पेश गरेको छ । समय अन्तिम भएकोले केही असमझदारीहरु जिल्लाको संयन्त्र, सभासद र जिम्मेवार व्यक्तिहरुको रहेको थियो । पुनः गाउँ स्तर र जिल्लास्तरबाट धेरै प्रतिक्रियाहरु आउन थाले । पठाईएको ११ ईकामा सेवासुविधा नमिलेको भन्दै रामाघाटका बासिन्दाले बिरोध गरे, आठविस १०–११ पनि नछुट्टीने भनेर आन्दोलन गर्ने खालको आवाज आयो, यसैगरि ५ र ६ इलाका पनि नछुट्टीने घोषणा गर्र्यो, पहिलो ८ वटा इकाई हुँदा प्रस्ताव गरिएको ज्वाला मालिका गाउँ पालिकाले आफु अरुसँग निमल्ने जस्ता कुराहरु बाहिर आउन थालेपछि झनै समस्या हुने भएको भन्दै भोलीपल्ट पुनः सर्वदलिय बैठक बसेर १० वटा ईकाईको अन्तिम खाका केन्द्रमा पठाएका छौं । अवको अन्तिम निश्कर्ष १० वटै हुनुपर्ने माग रहेको छ । १० वटा ईकाईमा आठविस, रामाघाट, नारायण, दुल्लु, लाँलीगुरास नगरपालिका, भैरवी, ज्वाला (मालिका, महावु, नौमूले, बेस्तडा गाउँपालिका बनाउने निर्णय भयो । यो निर्णय व्यवहारिक र सवैलाई मान्य हुने आफुहरुको ठम्याई रहेको हाम्रो पार्टीले महसुस गरेको छ ।
सिमाँकनलाई आफु अनुकुल र प्रतिकुल सँगै पार्टीले जित्ने हार्ने भन्ने तर्फ आँकलन गरिएकोले समस्या आएको भनिन्छ नी ?
यो हल्ला गलत हो । सेवा सुविधा सहितको गाउँ पालिका र नगर पालिका बनाउदाँ जनसंख्या भुगोल, धार्मीक, साँस्कृतिक, ऐतिहाँसिक कुरालाई ख्याल गरेर नेकपा एमालेले निर्णय गरेको हो । हामी जनताको पक्षको लागि सुविधाको लागि जिल्लाको सिमा निर्धारणमा लागेका हौं । जित हारको सवाल चुनावमा गर्ने बिषय हो ।
पार्टी संगठनको काम कसरी अगाडी बढाउनु भएको छ ?
नेकपा एमाले दैलेखको नियमित बैठक जारी छ । ४ महिने संगठन सुदृढीकरण अभियान लिएर अगाडी बढीरहेका छौ । संविधान कार्यान्वयनका लागि जन परिचालन मार्फत बिभिन्न अभियानहरु संचालन गरिएका छन् । कात्तिक २४ गते पुर्ण बैठक समेत सम्पन्न भयो । बैठकमा प्रदेश नंं ६ का सह संयोजक यामलाल कडेंलको पनि सहभागीता रहेको थियो । १० वटा टोली बनाएर इलाका नंं. १ मा उपाध्यक्ष प्रेम थापा, इलाका नंं. २ मा हिक्मत वि.क., इलाका नंं. ३ मा लोमन शर्मा, इलाका नंं. ४ मा तिलक रिजाल, इलाका नंं. ५ र ६ मा जंग बहादुर शाही, इलाका ७ मा हर्क बहादुर खड्का, दुल्लुमा बरुनाथ योगी, इलाका ८ मा प्रेम बुढा र इलाका ९,१० र ११ मा सचिवालय सदस्य सुर्य बहादुर शाही र धिर बहादुर शाहीको संयोजकत्वमा टोली खटाइएको छ । यो अभियानमा पार्टीको आन्तरिक अबस्था सुदृढ गर्ने, गाउँ कमिटि बैठक आयोजना गर्ने, भेला गर्ने , प्रशिक्षण गर्ने, संगठित सदस्यता नविकरण, जनवर्गीय संगठनका विधान अनुरुप गठन, पुर्नगठन गर्दै सशक्त परिचालन, विकास निर्माणका कुराको अनुगमनका साथै नयाँ पूर्वाधार विकासका ठोस योजना ल्याएर अगाडी बढिरहेका छौ । जिल्लको सम्बृद्धि र आगामी चुनावमा बिजयी हुनका लागि विशेष योजना लिएर अगाडी बढ्ने भएका छौ ।
स्थानीय निकाय निर्वाचनको तयारी के छ ?
पार्टी एकताबद्ध भएर परिचालित गरिएको छ । पार्टी भित्रको आन्तरिक प्रतिश्पर्धाको कुरामा सामान्य तया खेमाहरु देखिने कुरा स्वभाविक भएपनि चुनावका बेला एमाले सँधै एक भएर आगाडी बढेको बिगतको ईतिहाँस अहिले पनि कायम गर्दै स्थानीय चुनावको पुर्ण तयारीमा एमाले लागिसकेको छ । तपाँईको पत्रिका मार्फत नेकपा एमालेले सक्रिय भूमिका निर्वाह गरेर स्थानीय संरचनाको कुरा टुँगोमा पु¥याएको छ । यो सँगै नेकपा एमाले दैलेख स्थानीय चुनावको तयारीमा जुटी सकेको पनि जानकारी गराउन चाहन्छु ।
स्थानीय निकायको चुनावको तयारी सँगै पार्टीका अन्य गतविधिहरुको गाउँ–गाउँमा परिचालनका लागि सबै कुराको अध्ययन अवलोकन, म आफैले गरेको छु । अभियानमा खटेर लागेको आधारमा स्थानीय निकाय निर्वाचनमा पनि जिम्मेवारी दिने तयारीमा नेकपा एमाले दैलेख लागेको छ ।
सचिवालयको बैठकले अभियानको अन्तिममा २ वटा निर्वाचन क्षेत्रमा २ वटा बिशाल जनसभाहरु हुनेछन् । भेला गर्नुभन्दा अगाडी अगुवा कार्यकर्ता भेला केन्द्रिय नेताको उपस्थितीमा हुनेछ । पार्टीका सबै अभियानमा खट्न पनि आग्रह गरिएको छ ।
धमाका दैनिकले सिमाँकन लगायतका बिषयहरुमा आम नागरिकहरुलाई जानकारी गराउने अवसर दिएकोमा हार्दिक धन्यवाद दिन चाहान्छु ।







