निखिल भन्छन “अब धेरै फिल्म खेल्दिन”

नायक निखिल उप्रेती अहिले पनि उत्तिकै व्यस्त छन । एकपछि अर्को फिल्मको अफर आइरहेकै छ । आफ्नै लगानी रहेको ‘रुद्र’ को सुटिङ क्रममा उनी यसपटक लामो समय चितवनमा थिए ।‘अब त्यति धेरै फिल्म खेल्ने चाहना छैन,’ उनले भने, ‘वर्षमा एकरदुई फिल्म आफैं बनाउँछु ।’ उनी सानैदेखि मार्सल आर्ट रुचाउँथे । ज्याकी च्याङ र ब्रुस्लीका फयान । फिल्ममा ज्याकी र ब्रुस्ली पनि दुब्लै देखिन्थे । त्यसपछि उनी मार्सल आर्टतिरै तानिए । ‘बिस्तारै राम्रै जिम्न्यास्टिक गर्न थालेँ,’ उनले भने, ‘मेरो जिम्न्याnikhil-upretyस्टिक हेरेर साथीहरूले फिल्ममा लाग्न सुझाव दिन्थे ।’सुझाव उनलाई ठीक लाग्दै गयो । २०४९ तिर फिल्म सम्बन्धी अध्ययन गर्न उनी मुम्बई हान्निए । प्राइभेट इन्स्टिच्युटबाट ग्रयाजुएसन गरे । उनीसँगै रोहित शेट्टी र रानी मुखर्जी पनि पढ्थे । दुवै उनका साथी थिए ।
‘छुट्टी हुँदा समुद्र किनारमा घुम्न गइन्थ्यो,’ उनले सम्झिए, ‘त्यो बेला समुद्र किनारमा जिम्न्यास्टिक किक देखाउने गर्थें । साथीहरू मलाई पनि सिकाइदे भन्थे ।’आफू पढिरहेकै इन्स्टिच्युटले पनि विद्यार्थीहरूलाई तालिम दिन आग्रह ग¥यो । तेक्वान्दो र उसुका यी खेलाडी यसपछि प्रशिक्षक पनि बने । ‘यसले मलाई जीवन धान्न सजिलो भयो,’ उनले पुराना दिन सम्झे, ‘त्यसपछि असिस्टेन्टको काम सुरु गरें ।’
निर्देशनमा सहायक भएर उनले ‘महाराणा प्रताप’ सिरियलमा काम गरे । पछि थुप्रै फिल्ममा फाइट डाइरेक्टरको असिस्टेन्टको अफर आउन थाल्यो । त्यही बेला उनले दक्षिण भारतका तीन फिल्ममा फाइटमा असिस्टेन्टको काम गरे । १७–१८ हिन्दी फिल्मको डाइरेक्सनमा असिस्टेन्ट गरे ।
‘करिश्मा कपुरको समेत डुब्लिकेट गरें,’ उनले भने, “हम तो मोहब्बत करेगा” फिल्मको एउटा सिनमा ।’ हिन्दी फिल्महरूमा उनी एक्सन सिनमा नायकनायिकाको डुब्लिकेट बन्ने पनि गर्थे । उनका अनुसार, उनले गर्न सक्ने काम अरूले सक्दैननथे । जीवनमा पहिलोपटक मैले ‘देवता’ फिल्ममा मिथुन दा (मिथुन चक्रवर्ती) लाई एक्सन भनेर अर्डर गरेको थिएँ’ उनले भने । मुम्बईको व्यस्ततापछिको खाली समयमा उनी नेपाल आउँथे । त्यही बेला पवन मैनालीसँग उनको भेट भयो । दुवैको गृहजिल्ला सर्लाही, मैनाली निखिलका साथीको घरमा भाडामा बस्थे । ‘एक दिन म छतमा बसेर मार्सल आर्टको प्राक्टिस गरिरहँदा मैनालीले देख्नुभएछ,’ उनले भने, ‘उहाँले नयाँ फिल्म बनाउँदा अफर गर्छु भन्नुभयो ।’
नभन्दै मुम्बई फर्किएको एक वर्षपछि मैनालीको फोन आयो । यो फिल्म ‘पिँजडा’ को कुरा थियो । विसं। २०५७ को समय । ‘पिँजडाको एक्सनमा खुब मिहिनेत गरेँ नि, घाउचोट धेरै लाग्यो,’ उनले भने, ‘पहिलोपटक मैले कान्तिपुर पब्लिकेसन्सको सात तलामाथिबाट हामफालेर फिल्मी क्षेत्रमा नयाँ एक्सनको सुरुवात गराएको थिएँ । त्यो फिल्म दर्शकहरूले अत्यधिक मन पराइदिनुभयो ।’
त्यसपछि नेपाली फिल्ममा अफर आउने क्रम बढ्यो । ‘अहिले पनि त्यही रफ्तारमा अभिनय गरिरहेको छु,’ उनले भने, ‘अभिनय गरेका फिल्म १ सय ३५ पुगे ।’
उनले अभिनय गरेका अहिलेसम्मका प्रायः सबै फिल्म द्वन्द्वप्रधान छन । २०६० तिर ‘मायाको जाल’ मा मुग्लिनको पुलमाथि हिँड्ने जोखिम मोले । ‘बिनासेफ्टी मुग्लिनको पुल वारपार गर्नु मेरो पागलपन नै थियो,’ उनले भने, ‘जोखिम छँदै थियो, त्यसमा पनि नौ रिटेक दिएर अभिनय गरेँ ।’
उनले ‘कर्तव्य’ मा भोटेकोसीमा बन्जी जम्प हानेको पनि सम्झे । ‘त्यसपछि मेरो ट्रेडमार्क बन्दै गयो,’ उनले भने, ‘एक्सनको लहरै आयो ।’ कुनै एक वर्षमा १६ वटासम्म फिल्म खेलेका उनी ‘४–५ वर्षपछि पुनः फिल्मी क्षेत्रमा आउँदा पनि दर्शकको माया उस्तै रहेको’ मा मक्ख छन । अहिले पनि उनी एक्सन फिल्ममै अभिनय गरिरहेका छन । केही फिल्मको सुटिङ क्रममा भएका घटना उनी कहिल्यै भुल्दैनन । ‘पिँजडा’ मा सात तलामाथिबाट हामफाल्नु, ‘मायाको जाल’ मा मुग्लिनको पुलमा बेतुकले हिँड्नु, ‘धड्कन’ मा हेलिकप्टरबाट जम्प गर्नु, ‘सन्तान’ मा २० फिट अग्लो होर्डिङ बोर्ड फोरेर बाइक अर्को तिर निकाल्नु, ‘भाग्य विधाता’ मा सुटिङ गर्दा दाहिने खुट्टा भाँचिनुजस्ता घटनाले उनलाई सधैं झस्काउँछन । ‘हरेक मान्छे मृत्युसँग डराउँछ, तर आफूलाई डर लागेको चिज ऊ हेर्न चाहन्छ,’ उनको अनुभवले भन्छ, ‘स्टन्टमा पनि त्यही आभास हुन्छ । जति धेरै स्टन्ट, डेथ त्यति नै नजिक हुन्छ । मृत्युलाई नजिकबाट अनुभव गर्न पाउनुको आनन्द नै अलग छ ।’ अहिले उनले अभिनय गरेका ‘किङ’, ‘निर्भय,’ ‘संरक्षण,’ ‘राधे’ फिल्म रिलिजको तयारीमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार