देश, धर्म, राष्ट्रियताको कसरी रक्षा गर्न सकिन्छ भनेर आम नेपालीहरुले आफुले आफुलाई प्रश्न गर्ने बेला आयो – बस्नेत

(देशको आपतकालिन अवस्था, मुलुकमा देखिएको राष्ट्रियताको संकट, देश र जनताको लागि भनेर राजनीति गर्ने नेताहरुमा देखिएको अदुरदर्शीता, धर्मको नाममा देखिएका चलखेल लगायतका बिषयसँगै शिव सेना नेपालले थालेको “छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्दै सभ्य समाजको निर्माणमा जुट्ने ” अभियान लगायतका बारेमा धमाका दैनिकका सम्पादक बिष्णु शर्मा र शिव सेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत बीच गरिएको कुराकानीको  )
तपाईको परिचय सँगै अहिलेको अभियानको बारेमा बताइदिनुहोस् न ?
धन्यवाद यो महत्वपुर्ण अवसरका लागि ः मेरो नाम अनिल बस्नेत शिव सेना नेपालको केन्द्रिय अध्यक्ष । अहिले हामी “एक नेपाल एक नीति, धर्म नीति ” स्वतन्त्र, स्वच्छ, समृद्ध , शान्त र स्वस्थ नेपाल नेपाल निर्माण हुनुपर्दछ भन्ने अभियानको निरन्तरतामा छौं । आपत विपतमा परेका आम नेपालीहरुको रक्षा गर्ने अभियान पनि चलिरहेको छ । हिन्दु धर्मको रक्षा गर्ने अभियान पनि सँग सँगै लिएका छौं । त्यो सँगै मुलुकमा देखिएको राष्ट्रियताको संकट, देश र जनताको लागि भनेर राजनीति गर्ने नेताहरुमा देखिएको अदुरदर्शीता, धर्मको नाममा देखिएका चलखेल लगायतका बिषयहरुमा शिव सेना नेपालले संगठीत रुपमा खवरदारी गर्दै आएको छ । interviewआगामी फागुन २७ गते हामीले लाखौं नेपालीहरुको उपस्थितीमा “छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्दै सभ्य समाजको निर्माण गरौं ” “धर्मको नाममा भएका बिकृति बिरुद्ध शंखनाद गरौं ” भन्ने मुल नारा लिएर बृहत कार्यक्रमको आयोजना गरेका छौं । उक्त कार्यक्रममा गोरक्षनाथ अवतार राहुलेश्वर आनन्द गुरुदेवको उपस्थिती हुने भएको छ । सम्पूर्ण हिन्दु धर्ममा आस्था राख्ने व्यक्तिहरुले यो अभियानमा साथ दिन सक्नुहुने छ ।
हिन्दुु धर्ममा बिभेद हुन्छ भनेर हल्ला चलाइएका बेला तपाँईहरु जसले सनातन हिन्दु धर्म एउटा मात्र नीति पनि भन्नु भा छ । छुवाछुत र जातिय बिभेदको अन्त्य गर्ने मुल नारा समेत ल्याउनु भएको छ, यो अभियानकै रुपमा जाने हो ?
एकदमै राम्रो कुरा उठाउनु भएको छ । हामी सनातन हिन्दु धर्म मान्ने मानिसहरुले अहिले मात्र हैन पृथ्वीको उत्पतीकालदेखि सुर्यलाई सुर्य देवता भनेर पुज्ने गरेका छौं , हावालाई वायु देवता भनेर पुज्ने गरेका छौं अव भन्नुस सुर्य र वायुले कसैलाई ताप दिने कुरामा बिभेद छ, हावाले कसैलाई बिभेद गरेको छ । हिन्दु धर्मले कहिल्यै पनि कसैलाई बिभेद गरेको छैन् । अहिले यो वा त्यो बाहनामा सोझा र गरिव नेपाली जनताहरुलाई प्रलोभनमा फसाएर धर्म परिवर्तन भनेर नारा बनाइएको छ यो धर्म होइन यो त बिदेशीहरुको राजनीति हो । उनीहरुले नेपाली जनताहरुलाई मन्द बिष रोप्ने प्रयास गरेका छन् । नेपालमा कहिल्यैपनि शान्ति नहोस् भन्ने चाहना हो, त्यस्ता बिदेशी शक्तिहरुको नियत र सोच फरक छ जुन कुराको हामीले चिरफार गर्नु छ । शान्त नेपालको स्थापनामा लाग्नुपर्ने छ । यो अभियान भनेको नेपालका सवै हिन्दुधर्ममा आवद्ध हुने नेपालीहरुको अभियान हो । अव हरेक नेपालीहरुले आफुले आफैलाई प्रश्न गर्नुपर्ने बेला आएको छ, देश, धर्म, राष्ट्रियताको कसरी रक्षा गर्न सकिन्छ भनेर, अवपनि तपाँइहरु जागरुक हुन सक्नु भएन् भने भोलीका सन्ततीहरुले तपाँइ हामी सवैलाई सराप्नेछन् । अव ठिक समय आएको छ । जनताहरु जागरुक हुनुपर्ने समय सुरु भयो म सवैलाई आव्हान गर्दछु शान्त नेपाल निर्माणमा सवैको हातेमालो जरुरी छ ।
देश चलाउने नेताहरुले यस्तो कुराको ख्याल गर्नुपर्ने होइन र ? मुलुक धर्म निरपेक्ष घोषणा भैसक्यो ?
यो सवै कुरा नेताहरुको अदुरदर्शीताका कारण भएको हो । जनताले छानेका नेताहरुमा कुर्चीको स्वार्थ कति रहेछ र राष्ट्रियताको भाव कति रहेछ भनेर बिगतदेखि अहिलेसम्मका धेरै इतिहासहरुले देखाएको छ । जनताले धेरै आशा गरेर जनप्रतिधिहरुलाई पठाउनु भएको हो तर जनताको भावना नबुझेरै धर्म निरपेक्षता घोषणा गर्नु भनेर पठाएको जस्तो मलाई लाग्दैन् । यो सव कुर्चीको खेलभित्र परेर नेताहरु ख्याल गर्नु भएन । खरिद बिक्रिका खेलहरु भएको कुरा संचारमाध्यामहरुमै बाहिर आएका छन् मैले धेरै भन्नुपर्ने देखिदैन् । गणतन्त्र स्थापना पश्चात धेरै परिवर्तनको आशा जनताहरुले गरेका थिए तर अहिले जनताहरुमा निराशा छाएको छ । देश दिनप्रतिदिन संकटमा पर्दै गएको छ । हामी युवाहरुलाइ भनिरहेका छौं अव युवा शक्तिहरुले जागरुकता देखाउनुपर्ने वेला आएको छ । जनतलाइ नसोधेर गरिएका कतिपय निर्णयहरु सच्चाउनुपर्ने देखिएको छ । सनातन धर्मले मात्र देश संकटबाच बचाउन सकिन्छ भन्ने हाम्रो बुझाई छ । अहिले राष्ट्र र राष्ट्रियता संकटमा पर्दै गएको छ । राष्ट्र आमा हुन् यसको संरक्षण जरुरी छ ।
अव मुलुकले समेत स्वच्छ छवीको राजनीतिक व्यक्तित्वको खोजी गरिरहेको छ । राजनीति राष्ट्रसेवाको भावमा गर्नुपर्दछ । अव हरेक नागरिक, नेता, राष्ट्रसेवक कर्मचारी सवैले सुद्ध आचरणका साथ आफ्नो नीति के हो, जनताप्रति निर्वाह गर्ने आफ्नो धर्म के हो, राष्ट्रप्रति निर्वाह गर्नुपर्ने भूमिका के हो यतीमात्र कुराको खोजीगर्न सकेमा देश संकटबाच बच्न सक्छ सवैलाई यही आह्वान गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार